Trending
Prev Story
Next Story

पाकिस्तान ‘ए’ विरुद्ध ३१ रनमै नेपालको आधा टोली आउट

Nagarik News •
November 24, 2026 • 02:26 PM
20
20 reads 0 reactions

एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालको आधा टोली ३१ रनमै पेभेलियन फर्किएको छ।

पाकिस्तान ‘ए’ विरुद्ध ३१ रनमै नेपालको आधा टोली आउट

एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालको आधा टोली ३१ रनमै पेभेलियन फर्किएको छ।

दसौं ओभरमै ५ प्रमुख विकेट गुमाएपछि नेपाल संकटमा परेको हो। दसौं ओभरको अन्तिम बलमा बशीर अहमद आउट भएसँगै नेपालले पाँचौं विकेट गुमायो।

१९ बलमा २ चौकासहित ११ रन बनाएका अहमदलाई पाकिस्तान ‘ए’ का बलर मोहम्मद हसनैनले माज सदाकतको हातबाट क्याच आउट गराए। हसनैनको यो तेस्रो विकेट हो। उनले ५ ओभरमा मात्र ९ रन खर्चेर ३ विकेट लिएका छन्।

यसअघि नेपालको शीर्ष क्रम सस्तैमा समेटिएको थियो। तेस्रो ओभरमै मोहम्मद इमरानले ओपनर कुशल भुर्तेललाई १ रन र देव खनाललाई ८ रनमा पेभेलियन फर्काए।

लगत्तै छैटौं ओभरमा मोहम्मद हसनैनले इशान पाण्डे र लोकेश बमलाई शून्यमै आउट गरेपछि नेपाल १५-४ को नाजुक अवस्थामा पुगेको थियो।

ताजा अवस्थामा नेपालले १०.२ ओभरमा ५ विकेट गुमाएर ३१ रन बनाएको छ।

क्रिजमा ओपनर मायन यादव २५ बलमा १ चौकासहित ८ रन बनाएर टिकिरहेका छन् भने उनलाई साथ दिन पवन सर्राफ क्रिजमा आएका छन्।

पाकिस्तान ‘ए’ का लागि मोहम्मद इमरानले ५.२ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिएका छन्।

यसअघि कतारको दोहामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट भएको थियो।

प्रकाशित: ८ मंसिर २०८३ २०:११ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
पाकिस्तान ‘ए’ विरुद्ध नेपालको ब्याटिङ धराशायी, १५ रनमै ४ विकेट पतन

पाकिस्तान ‘ए’ विरुद्ध नेपालको ब्याटिङ धराशायी, १५ रनमै ४ विकेट पतन

एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ सुरुवातमै धराशायी भएको छ। छैटौं ओभरमै नेपालले १५ रन जोड्दा ४ प्रमुख विकेट गुमाइसकेको छ। ...

#पाकिस्तान #ओभर #विकेट
Compare →
Ekantipur
1d ago
रशिदको पाकिस्तान ‘ए’ विरुद्ध सानदार बलिङ, नेपाललाई जितका लागि १ सय ६९ रनको लक्ष्य

रशिदको पाकिस्तान ‘ए’ विरुद्ध सानदार बलिङ, नेपाललाई जितका लागि १ सय ६९ रनको लक्ष्य

कतारमा भइरहेको प्रतियोगितामा रशिदले ८ ओभरमा ३९ रन खर्चेर पहिलो पटक ५ विकेट लिएका हुन् ।

#पाकिस्तान #ओभर #विकेट
Compare →
Onlinekhabar
5d ago
पाकिस्तानविरुद्ध नेपाल ७२ रनमा अलआउट, प्रतियोगिताबाट बाहिरियो

पाकिस्तानविरुद्ध नेपाल ७२ रनमा अलआउट, प्रतियोगिताबाट बाहिरियो

८ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपाल बाहिरिएको हो । पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको …

#पाकिस्तान #विकेट
Compare →

Related Stories

Sports
Build #2635