Trending
Prev Story
Next Story

झुलाघाट मोटेरेबल पुल : मोदीले प्रतिबद्धता बिर्सिए, बालेनले सम्झाउन चाहेनन्

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
11
11 reads 0 reactions

९ मंसिर, धनगढी । महाकाली नगरपालिका–८ असिगडामा बनेको दार्चुलालाई भारतसँग जोड्ने मोटरेबल पुल सोमबार विधिवत रूपमा उद्घाटन भयो । भारतीय कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेडले ३२ करोड ९८ लाख भारतीय रुपैयाँमा निर्माण गरेको पुल प्रधानमन्त्री बालेन शाह …

झुलाघाट मोटेरेबल पुल : मोदीले प्रतिबद्धता बिर्सिए, बालेनले सम्झाउन चाहेनन्

९ मंसिर, धनगढी । महाकाली नगरपालिका–८ असिगडामा बनेको दार्चुलालाई भारतसँग जोड्ने मोटरेबल पुल सोमबार विधिवत रूपमा उद्घाटन भयो ।

भारतीय कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेडले ३२ करोड ९८ लाख भारतीय रुपैयाँमा निर्माण गरेको पुल प्रधानमन्त्री बालेन शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

दिल्लीबाट भर्चुअल माध्यमबाट पुल उद्घाटन हुने बेला दुवै देशका अधिकारीसहित वारिपारिका स्थानीयको पुल निर्माणस्थलमा उल्लेख्य उपस्थिति थियो । उनीहरूबीच मोटेरेबल पुलको माध्यमले दुई देशमा पहुँचमार्ग विस्तार भएको खुसीयाली भिन्नै थियो ।

तर, छिमेकी जिल्ला बैतडीको झुलाघाटमा भने वर्षौंदेखि निर्माणको चर्चा पाएको र भारतीय प्रतिबद्धता एवं प्राविधिक अध्ययनसमेत भइसकेको मोटेरेबल पुलको चर्चा त्यसै सेलायो ।

लामो समयदेखि पुल निर्माणका लागि खबरदारी र दबाबमूलक कार्यक्रम गर्दै आएका उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द समेतका बैतडीवासी प्रधानमन्त्री बालेनको भारत भ्रमणको एजेन्डामा यो पुल पर्छ भन्नेमा आशावादी थिए ।

त्यसका लागि उनीहरूले प्रधानमन्त्रीको भ्रमणअघि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य, रास्वपाका नेता–कार्यकर्तामार्फत सरकारसम्म आवाज पुर्‍याएका थिए । तीन दशकदेखि झुलाघाटमा मोटेरेबल पुल बन्ने सपना देख्दै आएका स्थानीयवासीमा फेरि निराशा छाएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण गर्दा पनि नरेन्द्र मोदी नै भारतका प्रधानमन्त्री थिए । मोदीले सम्बोधनका क्रममा झुलाघाट र डडेल्धुराको शीर्षमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । त्यो प्रतिबद्धताले बैतडीवासीमा आशाको सञ्चार भएको थियो ।

अहिले प्रधानमन्त्री बालेनको भ्रमणमा न भारतको पुरानो प्रतिबद्धता दोहोरियो न त नेपाल सरकारको प्राथमिकतामा झुलाघाट पर्‍यो । दुवै देशले झुलाघाट पुलको मुद्दा उच्चारणसम्म नगरेपछि संघर्षरत पक्ष निराश बनेको छ ।

यो पुल निर्माणका लागि संघर्ष गर्दै आएका उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष चन्दले झुलाघाट पुलको विषय दुवै देशको प्राथमिकतामा नपरेकोमा दु:ख व्यक्त गरे ।

‘झुलाघाटमा मोटेरेबल पुल निर्माण गर्न दुवै देशले उहिल्यै प्राविधिक अध्ययन गरिसकेका थिए । प्रधानमन्त्रीको भ्रमणबाट थप प्रक्रिया अघि बढ्ने हाम्रो अपेक्षा थियो,’ चन्दले निराश हुँदै भने, ‘तर प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दाले प्रवेश नै पाएन । यो हाम्रा लागि दु:खद कुरा हो ।’

चन्दले झुलाघाटमा पुल नबनेसम्म भारतमा रहेको आफ्नो ससुराली घर नजाने कसम खाएका छन् । करिब २५ वर्षदेखि आफू ससुराली नगएको उनले बताए । उनकै अगुवाइमा पुल निर्माणका लागि पटकपटक विभिन्न दबाबमूलक कार्यक्रम भइसकेका छन् ।

१८ जेठ २०८० मा दुई देशबीच झुलाघाट मोटेरेबल पुल निर्माणको विषयले औपचारिकता पाएको थियो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा समकक्षी नरेन्द्र मोदीले नेपालको सीमा सम्पर्क विस्तार गर्न महाकाली नदीमाथि झुलाघाट र शीर्षमा थप दुई वटा पुल निर्माण गर्ने घोषणा गरेका थिए ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा पनि भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमाथि झुलाघाट र शीर्षमा पक्की पुल निर्माण गर्ने सहमति भएको उल्लेख थियो ।

तर, दुई देशका प्रधानमन्त्रीस्तरबाट घोषणा भएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि पुल निर्माणको विषय अलपत्र छ । त्यो प्रतिबद्धतापछि प्राविधिक टोलीले निरीक्षण गर्दै ५०० मिटरभन्दा लामो पुलको प्रस्तावसमेत गरेको थियो ।

निरीक्षणका क्रममा नेपालतर्फ बैतडीको मौराभिर तथा सालघारी क्षेत्र र भारततर्फ पिथौरागढ जिल्लाको झुलाघाटस्थित एसएसबी क्याम्प आसपासको क्षेत्रलाई सम्भावित निर्माणस्थलका रूपमा हेरिएको थियो ।

यो स्थानमा करिब ५०० देखि ५१० मिटर लामो दुई लेनको मोटरेबल पुल निर्माण गर्ने प्रस्ताव अघि बढाइएको थियो ।

पुल निर्माणको प्रारम्भिक लागत भारतीय रुपैयाँ चार अर्ब ५० करोड आसपास अनुमान गरिएको विवरणसमेत सार्वजनिक भएको थियो । तर त्यसपछि थप प्रक्रिया अघि बढेको छैन ।

पुल निर्माणको प्रतिबद्धता जनाएका भारतीय प्रधानमन्त्री मोदी यो पटक मौन बसेपछि स्थानीयमा आशंका पैदा भएको छ । खासगरी पुरानो प्रतिबद्धता कार्यान्वयन नगर्ने भारतीय पक्षले नयाँ सम्झौता र प्रतिबद्धता कसरी कार्यान्वयन गर्ला भन्ने शंका गर्न थालिएको हो ।

यति मात्रै होइन, झुलाघाट पुल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिएको थियो । २०८० सालमै नेपाल–भारत सीमा समन्वय बैठकमा नेपाली पक्षले झुलाघाट मोटरेबल पुलको डीपीआर तयार गरी भारत सरकारलाई पठाइसकेको जानकारी पनि दिएको थियो । तर भारतीय पक्ष पुल निर्माणका लागि तयार नभएको बुझाइ स्थानीयस्तरमा छ ।

झुलाघाटमा मोटरेबल पुल निर्माण हुने विषय तीन दशकदेखि नै चर्चामा छ । सन् १९९८ अर्थात् २०५५ सालतिर पुल निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरियो । एक वर्षपछि सन् १९९९ मा करिब ९० मिटर लामो पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्दै सार्वजनिक पनि भएको थियो ।

त्यो बेला झुलाघाटमा ६ करोड ५० लाख रुपैयाँ लागतमा पुल बन्ने अध्ययन थियो । सन् २००० मा नेपाल र भारतबीच झुलाघाटमा मोटरेबल पुल निर्माण गर्ने सहमति भयो । तर सहमति भएको वर्षौं बित्दा पनि त्यसले मूर्त रूप लिन सकेको छैन ।

सन् २००६ मा पुन: करिब १०५ मिटर लामो पुल निर्माणको प्रस्ताव अघि बढाइएको थियो । तर प्रस्तावित स्थान पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजनाको सम्भावित डुबान क्षेत्रमा पर्ने भएपछि प्रक्रिया अगाडि बढ्न सकेन ।

पञ्चेश्वर परियोजनाको अनिश्चितता र पुल निर्माणस्थलको प्राविधिक जटिलताले झुलाघाट पुलको विषयलाई थप अन्योलमा पारेको देखिन्छ ।

२७ असोज २०७३ मा दिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको चौथो बैठकमा महाकाली नदीमाथि झुलाघाट, शीर्ष र दार्चुला क्षेत्रमा मोटरेबल पुल निर्माण गर्ने प्रस्तावबारे छलफल भएको थियो । दार्चुलामा एउटा पुल निर्माण भएर सञ्चालनमा आइसक्दासमेत झुलाघाटको सपना अधुरै रहेको छ ।

पुल निर्माणका लागि सरकारलाई दबाब दिन २०७६ सालमा स्थानीयवासी आन्दोलित भएका थिए । उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष चन्दकै नेतृत्वमा थालिएको आन्दोलनमा रिले अनसन, हस्ताक्षर संकलन र ज्ञापनपत्र बुझाउने काम भए ।

त्यो बेला १० हजार नागरिकको हस्ताक्षर संकलन गरी नेपाल सरकार र भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइएको थियो । बैतडीलाई भारतको उत्तराखण्ड पिथौरागढ जिल्ला जोड्ने महाकाली नदीको यो पुल निर्माण भए दुवै देशले लाभ लिन सक्नेछन् ।

देश दुई वटा भए पनि यहाँका नागरिकबीच पुस्तौँदेखि सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध जोडिएको छ । पुल बनेमा सहज आवागमन मात्र नभएर दुई देशको व्यापारिक, धार्मिक र पर्यापर्यटनको क्षेत्रमा समेत कोशेढुंगा सावित हुने देखिन्छ ।

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
12h ago
झुलाघाट मोटेरेबल पुल : मोदीले प्रतिबद्धता बिर्सिए, बालेनले सम्झाउन चाहेनन्

झुलाघाट मोटेरेबल पुल : मोदीले प्रतिबद्धता बिर्सिए, बालेनले सम्झाउन चाहेनन्

९ मंसिर, धनगढी । महाकाली नगरपालिका–८ असिगडामा बनेको दार्चुलालाई भारतसँग जोड्ने मोटरेबल पुल सोमबार विधिवत रूपमा उद्घाटन भयो । भारतीय कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेडले ३२ करोड ९८ लाख भारतीय...

#बालेन-शाह #पुल #भारतीय
Compare →
Nagarik News
1d ago
बालेन्द्रलाई ‘युवा आन्दोलनबाट प्रधानमन्त्री बन्नुभयो’ भन्दै भारतीय सांसदले मोदीमाथि उठाइन् प्रश्न

बालेन्द्रलाई ‘युवा आन्दोलनबाट प्रधानमन्त्री बन्नुभयो’ भन्दै भारतीय सांसदले मोदीमाथि उठाइन् प्रश्न

उनले थप लेखेकी छन्, ‘तपाईं युवा आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो। हेर्नुहोस्, हाम्रा प्रधानमन्त्रीले आफ्नै युवालाई कस्तो व्यवहार गर्छन्! लाजमर्दो!’

#बालेन-शाह #भारतीय #मोदी
Compare →
Ekantipur
2d ago
दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

भारत सरकारको पूर्ण आर्थिक अनुदानमा निर्माण भएको ११० मिटर लामो दुई लेनको पक्की मोटरेबल पुलले असिगडा र भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलको छारछुम क्षेत्रलाई जोड्छ ।

#पुल #उद्घाटन
Compare →
Bizshala
1d ago
देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारत भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम...

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
1d ago
दुई मन्त्रीसँगको फोटो सेयर गर्दै बालेनले लेखे - देश उभो लाउने टोली !

दुई मन्त्रीसँगको फोटो सेयर गर्दै बालेनले लेखे - देश उभो लाउने टोली !

प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2635