Trending
Prev Story
Next Story

इरानी सर्वोच्च नेता भन्छन्- राष्ट्रिय सुरक्षाका लागि जनसंख्या वृद्धि  अनिवार्य

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले जनसंख्या वृद्धि र राष्ट्रिय सुरक्षाबीच गहिरो सम्बन्ध रहेको बताएका छन् । राष्ट्रिय जनसंख्या पुरस्कारको चौथो संस्करणका अवसरमा उनले जनसंख्या वृद्धि राष्ट्रिय सुरक्षाका लागि अनिवार्य रहेको बताएका हुन् । ‘जनसंख्या वृद्धि अनिवार्य …

इरानी सर्वोच्च नेता भन्छन्- राष्ट्रिय सुरक्षाका लागि जनसंख्या वृद्धि  अनिवार्य

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले जनसंख्या वृद्धि र राष्ट्रिय सुरक्षाबीच गहिरो सम्बन्ध रहेको बताएका छन् । राष्ट्रिय जनसंख्या पुरस्कारको चौथो संस्करणका अवसरमा उनले जनसंख्या वृद्धि राष्ट्रिय सुरक्षाका लागि अनिवार्य रहेको बताएका हुन् ।

‘जनसंख्या वृद्धि अनिवार्य छ । यसले राष्ट्रको क्षमता साकार पार्न, वैज्ञानिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक अवसर सिर्जना र विस्तार गर्न मात्र नभई शत्रुका धम्की र खराब नियतको सामना गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ,’ खामेनीले एक्समा लेखेका छन् ।

उनले कम उमेरमै विवाह गर्न र परिवार केन्द्रित संस्कृतिलाई प्रोत्साहन गर्नसमेत आग्रह गरेका छन् ।

आफ्ना पूर्ववर्ती तथा पिता आयतुल्लाह अली खामेनी युद्धको सुरुवाती आक्रमणमा मारिएपछि मोजतबा खामेनीले मार्चको सुरुवातमा इरानको सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका थिए । त्यसयता उनी सार्वजनिक रूपमा देखा परेका छैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो छ : प्रधानमन्त्री वालेन्द्र

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो छ : प्रधानमन्त्री वालेन्द्र

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । उनले नेपाल–भारतबीच विकासको साझेदारी सुरु भएको पनि बताए ।

#रहे #बताए
Compare →
Hamro Patro News
3d ago
कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

कञ्चनपुर- : सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले कञ्चनपुरमा यस वर्ष १ दश...

#वृद्धि
Compare →
Nagarik News
1d ago
सिंगापुरमा तलब वृद्धि, दक्ष जनशक्तिलाई बढी लाभ हुने

सिंगापुरमा तलब वृद्धि, दक्ष जनशक्तिलाई बढी लाभ हुने

रोजगारदाता कम्पनी र नयाँ रोजगारी खोजिरहेका व्यक्तिको तलब अपेक्षाबीच ठूलो अन्तर देखिएको एक सर्वेक्षणले जनाएको छ।

#वृद्धि
Compare →

Related Stories

Politics & Governance
Build #2621