Trending
Prev Story
Next Story

१०औं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मीको विजयी सुरुआत

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions 4 comments

८ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी …

१०औं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मीको विजयी सुरुआत

८ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमै समेटेको थियो । कोशीले निर्धारित इनिङ्स पूरा गर्नुअघि नै सबै विकेट गुमाएको थियो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन् । ३६ बलको सामना गरेकी उनले एक छक्का र पाँच चौका प्रहार गरिन् । रुविना महलाले पाँच तथा सिर्जनाकुमारी राजवंशीले चार रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

कोशीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी यमुना थारुले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले दुई ओभर मेडन राख्दै ६ रन मात्र खर्चिइन् । मनीषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक-एक विकेट लिए ।

६६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १३.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । आर्मीका लागि ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । २८ बल खेलेकी उनले तीन चौका प्रहार गरिन् ।

त्यस्तै रुबी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् ।

कोशीका कप्तान रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन् । उत्कृष्ट बलिङ प्रदर्शन गरेकी आर्मीकी यमुना थारु खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।

महिला क्रिकेटको उद्घाटन खेलमा जित निकाल्दै आर्मीले दशौँ राष्ट्रिय खेलकुदमा आफ्नो उपाधि यात्राको सुरुवात गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6h ago
दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी

दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ।

#आर्मी #कोशी #खेलकुद
Compare →
Ekantipur
9m ago
दसौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र आर्मीको विजयी सुरुवात

दसौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र आर्मीको विजयी सुरुवात

एपीएफले लुम्बिनीलाई १५८ रनले हराउँदा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । दुवै विभागीय टोलीले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरे ।

#आर्मी #क्रिकेट #खेलकुद
Compare →
Hamro Patro News
2d ago
नेपाली क्रिकेटको माहोलमा रमाएर फर्किएकी येशा सागर

नेपाली क्रिकेटको माहोलमा रमाएर फर्किएकी येशा सागर

क्रिकेटको मैदानमा जित र हारको फैसला हुन्छ। खेलाडीहरू जितको खुसी वा हारको पीडा बोकेर घर फर्किन्छन्। तर कहिलेकाहीँ मैदानबाट यस्तो मान्छे पनि फर्किन्छ, जसले न कुनै रन बनाएको हुन्छ, न विकेट लिएको हुन्छ...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2621