कञ्चनपुर- : सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले कञ्चनपुरमा यस वर्ष १ दशमलव १९ प्रतिशतले धानको उत्पादकत्वमा वृद्धि भएको बताए । “यस वर्ष मौसम अनुकूल हु्नु,उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो”, उनले भने, यस वर्ष दुई लाख छ हजार १०८ मेट्रिकटन धान उत्पादन भएको छ ।”
गत वर्ष धानको उत्पादकत्व ० दशमलव २ ले बढेको थियो । गत वर्ष धानको उत्पादकत्व ४ दशमलव २ प्रति हेक्टर रहेकोमा यस वर्ष उत्पादकत्व वृद्धि भएर ४ दशमलव २५ पुगेको उनले बताए । गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसअघि कञ्चनपुरमा धानको उत्पादन एक लाख ९३ हजार ९८४ मेट्रिकटन रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )