Trending
Prev Story
Next Story

किसानसँग ठगी गर्ने राइस मिल सञ्चालकलाई सिरहा प्रहरीले समात्यो, धनुषा प्रहरीले भगायो

Ekantipur •
November 21, 2026 • 05:32 AM
3
3 reads 0 reactions

किसानको ४५ लाख रुपैयाँभन्दा बढीको धानको भुक्तानी नदिएको आरोपमा पक्राउ परेका कुशेश्वर साहलाई प्रहरी कार्यालय नपुर्‍याई घर फर्काइएको पीडितहरूको भनाइ छ।

किसानसँग ठगी गर्ने राइस मिल सञ्चालकलाई सिरहा प्रहरीले समात्यो, धनुषा प्रहरीले भगायो

किसानको ४५ लाख रुपैयाँभन्दा बढीको धानको भुक्तानी नदिएको आरोपमा पक्राउ परेका कुशेश्वर साहलाई प्रहरी कार्यालय नपुर्‍याई घर फर्काइएको पीडितहरूको भनाइ छ।

सिरहा — धनुषा प्रहरीले नियन्त्रणमा लिएर हत्कडी लगाइसकेका ठगी तथा आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादीलाई छाडेको पाइएको छ । जनकपुर बस्दै आएका धनुषाको मिथिला बिहारी नगरपालिका–१ का ५४ वर्षीय कुशेश्वर साहलाई धनुषा प्रहरीले पक्राउ गरिसकेको अवस्थामा छाडिदिएको हो ।

उनीविरुद्ध गत साउनमा सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएको थियो । उनको सिरहाको मुसहरनियाँस्थित कौशल एग्रो राइस मिल छ । त्यस मिलमा धान दिएका किसानहरूले उनीमाथि मुद्दा दर्ता गरेका हुन् ।

२०८१ सालमा त्यस मिलमा सिरहाको कल्याणपुरका रामनाथ साहले २१ लाखको, कल्याणपुरकै प्रवेश साहले ४ लाखको, बरियारपट्टीका दीनेश साहले १० लाखको र त्यहीँका अशोक महतोले १० लाखको धान उधारोमा बेचेका थिए । तर, पटकपटक ताकेता गर्दा पनि पैसा पाएनन् ।

त्यसपछि उनीहरूले प्रहरीमा उजुरी गरे । तर, त्यसरी पनि पैसा नपाएपछि २०८१ पुसमा उनीहरू लहान प्रहरीमा प्रमाणसहित जाहेरी नै लिएर गए । तर, प्रहरीले दर्ता गर्न मानेन । ती किसानहरू जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै मधेश प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसम्म डेढ वर्षसम्म धाएपछि बल्ल प्रहरीले मुद्दा दर्ता गर्‍यो ।

सिरहा प्रहरीले त्यसयता कुशेश्वरलाई पक्राउ गर्न पटकपटक प्रयास गर्दै आएको छ । तर, धनुषा प्रहरीको निरन्तर असहयोगका कारण जनकपुरमा बस्दै आएका उनी अहिलेसम्म पक्राउ पर्न नसकेका हुन् । शुक्रबार लहानबाट सादा पोसाकमा दुई प्रहरी पीडितहरूलाई लिएरै जनकपुर गएका थिए ।

पिडारी चोक र मधेश भवनको बीचमा अवस्थित काली होटलछेउमै उनको घर छ । लहानबाट पुगेको प्रहरीले जनकपुरस्थित मुजेलिया प्रहरीसँग सहयोग माग्यो । तर, प्रहरी आएन । त्यसपछि करिब बिहान ११ बजेतिर घरअगाडि आएका कुशेश्वरलाई लहानका सादा पोसाकका प्रहरीले हत्कडी लगाएर राखिरहे ।

तर, पटकपटक फोन गरेपछि ४०–४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल पुगेको प्रहरीसँगै गएका पीडित रामनाथका छोरा रवीन्द्र साहले सुनाए । जबकि, मुजेलिया प्रहरी कार्यालयबाट त्यो ठाउँ करिब एक किलोमिटर मात्रै टाढा छ । लहानका प्रहरीलाई त्यहीँ छाड्दै कुशेश्वरलाई गाडीमा बसाएर मुजेलिया प्रहरी हिँड्यो ।

लहानका सादा पोसाकका प्रहरी र पीडितहरू जिल्ला प्रहरी कार्यालय, धनुषा पुगे । तर, धेरै बेरसम्म प्रहरी कुशेश्वरलाई लिएर त्यहाँ नआएपछि उनीहरू फेरि मुजेलिया प्रहरी पुगे । त्यहाँ पनि कुशेश्वर नभेटिएपछि पीडितहरूले सोधखोज गर्दा प्रहरीले छाड्नुपरेको जवाफ दियो ।

'कुशेश्वरलाई प्रहरीले गाडीमा बसाएपछि हामी ढुक्क भयौं, स्वास्थ्य परीक्षण गरेर जिल्ला प्रहरी कार्यालय ल्याउलान् भनेर हामी त्यहाँ गएर बस्यौं,' रवीन्द्रले कान्तिपुरसित भने, 'तर, त्यहाँ नआएपछि हामी मुजेलिया प्रहरी गयौं, त्यहाँको प्रहरीले माथिबाट फोन आएपछि छाडिदियौं भन्यो, धेरै दु:ख लाग्यो ।'

रवीन्द्रका अनुसार प्रहरीले कुशेश्वरलाई प्रहरी कार्यालय पनि नल्याई बाटोबाटै फर्काएर फेरि गाडीमै घरसम्म पुर्‍याइदिएको थियो । 'हामी फेरि उनको घर भएको ठाउँमा गयौं, त्यहाँ भिडभाड थियो, त्यहाँका मान्छेहरूले केही समयअघि प्रहरीले नै कुशेश्वरलाई घर ल्याइदिएको सुनाए, त्यहाँको सीसी क्यामेरामा सबै रेकर्ड छ,' रवीन्द्रले भने ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले पनि पक्राउ पुर्जीका आधारमा सिरहाबाट प्रतिवादी कुशेश्वरलाई समात्न प्रहरी जनकपुर गएको पुष्टि गरेका छन् । तर, उनी पछि फरार भएको भन्ने जानकारी आएको उनले बताए । 'हाम्रो प्रहरी मान्छे समात्न जनकपुर गएको हो, तर प्रतिवादी फरार भएको जानकारी आयो,' उनले भने, 'कसरी र कसको कमजोरीले फरार भए भन्ने विषयमा बुझ्ने काम भइरहेको छ ।'

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भने यस विषयमा केही प्रतिक्रिया दिन मानेनन् । यता, धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भने आफूलाई यस विषयमा धेरै कुरा थाहा नभएको बताएका छन् । 'सिरहाबाट प्रहरी यहाँ मान्छे समात्न आएको भनेर सुनेको थिएँ,' उनले भने, 'तर, मलाई डिटेल थाहा भएन ।'

मधेश प्रदेश प्रहरीका प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले पनि यस विषयमा आफूलाई सामान्य जानकारी मात्रै भएको बताए । 'यस विषयमा अलिकति मैले थाहा पाएँ,' उनले कान्तिपुरसित भने, 'एसपी साबलाई सोधेको छु ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान #धान
Compare →
Nagarik News
4d ago
किसानका पीडा : उत्पादन छ, मूल्य छैन

किसानका पीडा : उत्पादन छ, मूल्य छैन

सरकारले धानको न्यूनतम समर्थन मूल्य समयमै तोक्न थाले पनि किसानले त्यसको लाभ पाउन सकेका छैनन्।

#किसान #धान
Compare →
Hamro Patro News
4d ago
इलामका किसानलाई धान थन्क्याउने चटारो

इलामका किसानलाई धान थन्क्याउने चटारो

इलामका किसानलाई यतिबेला धान काटेर थन्क्याउने चटारो छ । खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानहरू धमाधम धान काट्ने, सुकाउने र भित्र्याउने काममा जुटेका छन् । तर गत कात्तिक २५ गते यता मौसममा आएको परिवर्...

#किसान #धान
Compare →
Onlinekhabar
22h ago
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

५ मङ्सिर, भोजपुर । भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य प्रतिमन (४० केजी) ५ हजारदेखि १० हजार रुपैयाँसम्म घटेको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका …

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612