Trending
Prev Story
Next Story

इलामका किसानलाई धान थन्क्याउने चटारो

Hamro Patro News •
November 16, 2026 • 04:28 PM
3
3 reads 0 reactions

इलामका किसानलाई यतिबेला धान काटेर थन्क्याउने चटारो छ । खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानहरू धमाधम धान काट्ने, सुकाउने र भित्र्याउने काममा जुटेका छन् । तर गत कात्तिक २५ गते यता मौसममा आएको परिवर्...

1 / 2
Swipe Photos

इलामका किसानलाई यतिबेला धान काटेर थन्क्याउने चटारो छ । खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानहरू धमाधम धान काट्ने, सुकाउने र भित्र्याउने काममा जुटेका छन् । तर गत कात्तिक २५ गते यता मौसममा आएको परिवर्तनसँगै वर्षा हुने सम्भावनाले किसानको चिन्ता पनि बढाएको छ ।

धान पाकेर खेतमा झुलिरहेको अवस्थामा पानी परे धान भिज्ने, झर्ने र उत्पादनमा क्षति पुग्ने जोखिम भएपछि किसानहरू सकेसम्म छिटो धान भित्र्याउन लागिपरेका छन् । वर्षभरि खानका लागि उत्पादन गरेको धान भित्र्याउने समयमा मौसम प्रतिकूल बनेपछि किसानलाई थप चिन्ता भएको इलाम फाकफोकथुम गाउँपालिका आमचोकका भगीरथ भण्डारीले बताउनुभयो । उहाँलाई पनि यतिबेला धान थन्क्याउने चटारो छ । पाकेको धान काटेर सुरक्षित रूपमा घरमा भित्र्याउनुपर्ने समयमा मौसम बिग्रिएर पानी परे बाली नै नष्ट हुन सक्ने चिन्ता थपिएको उहाँले बताउनुभयो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
17h ago
धान काट्न व्यस्त छन् इलामका किसान

धान काट्न व्यस्त छन् इलामका किसान

इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ। तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन्।

#धान #किसान #इलाम
Compare →
Onlinekhabar
1d ago
किसानलाई धान थन्क्याउने चटारो

किसानलाई धान थन्क्याउने चटारो

२९ कात्तिक, तेह्रथुम । तेह्रथुमका गाउँघरमा यतिबेला धान काट्ने, सुकाउने र भित्र्याउने कामले किसानलाई भ्याइ नभ्याइ छ । असार–साउनमा रोपेको धान पाकेर खेतभरि पहेँलिएको छ । वर्षभरि गरेको मेहनतको फल घरभित्र्याउने समय आएसँगै तेह्रथुमका किसानलाई …

#धान #किसान #थन्क्याउने
Compare →
Ekantipur
1d ago
हात्ती प्रभावित क्षेत्रका किसानको धान काट्न जनप्रतिनिधि र सुरक्षाकर्मी खेतमै

हात्ती प्रभावित क्षेत्रका किसानको धान काट्न जनप्रतिनिधि र सुरक्षाकर्मी खेतमै

समयमै धान नभित्र्याए हात्तीले नष्ट गर्ने डरबीच सुरक्षा निकाय, जनप्रतिनिधिले खेतमै पुगेर किसानको दुःखमा साथ दिएका हुन् ।

#धान #किसान
Compare →

Related Stories

Technology
Build #2612