Trending
Prev Story
Next Story

किसानलाई धान थन्क्याउने चटारो

Onlinekhabar •
November 15, 2026 • 02:30 AM
3
3 reads 0 reactions

२९ कात्तिक, तेह्रथुम । तेह्रथुमका गाउँघरमा यतिबेला धान काट्ने, सुकाउने र भित्र्याउने कामले किसानलाई भ्याइ नभ्याइ छ । असार–साउनमा रोपेको धान पाकेर खेतभरि पहेँलिएको छ । वर्षभरि गरेको मेहनतको फल घरभित्र्याउने समय आएसँगै तेह्रथुमका किसानलाई …

किसानलाई धान थन्क्याउने चटारो

२९ कात्तिक, तेह्रथुम । तेह्रथुमका गाउँघरमा यतिबेला धान काट्ने, सुकाउने र भित्र्याउने कामले किसानलाई भ्याइ नभ्याइ छ । असार–साउनमा रोपेको धान पाकेर खेतभरि पहेँलिएको छ । वर्षभरि गरेको मेहनतको फल घरभित्र्याउने समय आएसँगै तेह्रथुमका किसानलाई धान थन्क्याउने चटारो परेको छ ।

किसानका लागि यो समय खुसीसँगै चिन्ताको पनि हो । खेतमा पाकेर पहेँलिएको धान समयमै भित्र्याउन नसके वर्षा, हावाहुरी र अन्य प्राकृतिक प्रकोपले क्षति पुर्याउने डर उत्तिकै छ । त्यसैले बिहानको झिसमिसेदेखि साँझ नपरेसम्म किसान खेतबारीमै व्यस्त देखिन्छन् ।

कोही कचिया लिएर धान काटिरहेका छन् त कोही काटेको धान बोकेर खलियानसम्म पुर्याउन व्यस्त छन् । कतै धानका बिटा लगाइँदै छ भने कतै दाउनी गरेर धान र पराल छुट्याउने काम भइरहेको छ । म्याङलुङ नगरपालिका–५ का किसान खेम लिम्बूका अनुसार पछिल्लो समय गाउँमा कृषि काम गर्ने मानिस पाउन कठिन हुँदै गएको छ ।

पहिले गाउँका युवा, महिला र पुरुष मिलेर सामूहिक रूपमा खेतीपाती गर्ने चलन थियो। अहिले रोजगारीका लागि युवा पुस्ता विदेशिने र शहर पस्ने क्रम बढेपछि गाउँमा खेतबारीको काम गर्ने उमेर ढल्केका मानिस मात्रै बढी छन् । नगद दिएर कामदार खोज्दा पनि सहजै नपाइने अवस्था रहेको लिम्बूले बताए । धान काट्ने मौसममा गाउँघरमा देखिने अर्मपर्मको परम्परा अझै कायम छ । एकअर्काको खेतमा पालैपालो काम सघाउने चलनले किसानलाई केही राहत दिएको छ । तर परिवारका सदस्य नै कम हुँदै गएपछि पुरानो श्रम संस्कृतिले पनि सबै समस्या समाधान गर्न सकेको छैन । पहिले छिमेकी र आफन्त मिलेर एकै दिनमा धेरै खेतको धान काट्ने गरिन्थ्यो। अहिले भने थोरै जनशक्तिका भरमा धेरै काम सक्नुपर्ने बाध्यता छ ।

म्याङलुङ नगरपालिका–६ की किसान विरुदा बुढाथोकीलाई यतिबेला बिहानदेखि बेलुकासम्म खेतमै बिताउनुपरेको छ । पाकेको धान खेतमै राखिरहँदा मौसम बिग्रिने डर हुन्छ । त्यसैले थकान र उमेरको पर्वाह नगरी उहाँ बाली भित्र्याउने काममा जुटि रहेका छन् ।

‘बिहानै खेत पुगिन्छ, बेलुका घर फर्किँदा शरीर थाकेर चुक्छ, तर बाली बचाउनुपर्छ भन्ने हुटहुटीले सास फेर्नसमेत फुर्सद हुँदैन,’ उनी भन्छिन् । धान काट्ने मौसमसँगै गाउँघरमा पहिले देखिने रमाइलो वातावरण पनि अहिले केही बदलिएको छ । कुनै समय धान काट्ने र दाउनी गर्ने क्रममा किसानहरू सामूहिक रूपमा जुट्थे। कामसँगै लोकभाका गाउने, हाँसोठट्टा गर्ने र एकअर्कालाई सघाउने चलन थियो। धान काट्दै, बोकेर खलियानसम्म पुर्‍याउँदै र दाउनी गर्दै बित्ने दिनले गाउँमा छुट्टै रौनक ल्याउँथ्यो।

किसान रविन्द्र लिम्बूका अनुसार अहिले पनि धान काट्ने र थन्क्याउने क्रममा पुरानो संस्कृतिको झल्को देखिन्छ । तर पहिलेको जस्तो सामूहिक सहभागिता र सहजता भने छैन ।

‘धान काट्दै, बोक्दै, गीत गाउँदै खेतमा रमाउने पुरानै माहोल त छ,’ उनले भने , ‘तर हतारो, अभाव र चिन्ताले अहिलेको मेहनत अरू वर्षजस्तो सहज छैन ।’

तेह्रथुमका ग्रामीण बस्तीमा अझै पनि धेरै परिवारको जीविकोपार्जनको मुख्य आधार कृषि नै हो । धान खेती उनीहरूको खाद्यान्न सुरक्षासँग प्रत्यक्ष जोडिएको छ । तर पछिल्लो समय युवा जनशक्तिको पलायन, खेतीयोग्य जमिन बाँझिने क्रम र कृषि श्रमको बढ्दो अभावले परम्परागत खेती कम हुँदै गएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
बाँदरकाे हैरानीले अदुवाखेतीमा रमाए भोजपुरका किसान

बाँदरकाे हैरानीले अदुवाखेतीमा रमाए भोजपुरका किसान

भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन्।

#किसान
Compare →
Hamro Patro News
2h ago
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि किसानले अदुवा...

#किसान
Compare →
Ekantipur
17h ago
आइतबार वर्षाको सम्भावना, धान जोगाउन किसानलाई सुझाव

आइतबार वर्षाको सम्भावना, धान जोगाउन किसानलाई सुझाव

सुदूरपश्चिमको तराईका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने भए पनि मुख्य प्रभाव पहाडी र हिमाली भूभागमा रहने विभागले जनाएको छ ।

#किसान #धान
Compare →

Related Stories

Business & Economy
Build #2612