भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि किसानले अदुवाखेतीलाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन् ।
भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवाखेती गर्न थालेको बताउनुभयो । जमिनमुनि गाँना हुने भएकाले अदुवा बाँदरबाट सुरक्षित बाली रहेको उहाँको भनाइ छ । व्यावसायिक रूपमा खेती गर्नसके अदुवाबाट परम्परागत खाद्यबालीभन्दा राम्रो आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )