Trending
Prev Story
Next Story

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

Nagarik News •
November 21, 2026 • 04:16 AM
3
3 reads 0 reactions

भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्।

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्। गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन्।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रति मन (४० केजी) २० हजार रुपैयाँका दरले कारोबार भइरहेको छ।

गत वर्ष यही समयमा चिराइतो प्रतिमन २५ हजारदेखि ३० हजार  रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए। गत वर्षको तुलनामा यस वर्ष प्रतिमन पाँच हजारदेखि १० हजार रुपैयाँसम्म मूल्य घटेको उनको भनाइ छ।

उनका अनुसार यस वर्ष चिराइतोको उत्पादन भने बढेको छ। टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको उनले बताए। उत्पादन बढे पनि बजार मूल्य घटेकाले किसानले अपेक्षाअनुसार आम्दानी लिन नसकेको उनको भनाइ छ।

यस वर्ष हालसम्म आफूले करिब २०० मन चिराइतो सङ्कलन गरिसकेको उनले बताए। आफ्नै घरमासमेत बिक्रीका लागि करिब १० मन चिराइतो रहेको राउतले बताए। उत्पादन भएको चिराइतो बजारमा बिक्री गर्न तयार भए पनि उचित मूल्य नपाउँदा किसानले अपेक्षित लाभ लिन नसकेको उनले बताए।

चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएकाले यस वर्ष मूल्य घटेको राउतको भनाइ छ।

राउतका अनुसार चिराइतोको बजार माग र बिक्रीको अवस्थाले किसानले पाउने मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ। बजार सहज नहुँदा उत्पादन बढेको अवस्थामासमेत किसानले राम्रो मूल्य पाउन नसक्ने समस्या रहेको उनले बताए।

चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्त्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो। यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो सङ्कलन गरेर बिक्री गर्ने गरेका छन्।

विशेषगरी ग्रामीण क्षेत्रका किसानका लागि चिराइतो आम्दानीको महत्वपूर्ण स्रोत बन्दै आएको छ।

चिराइतोखेती तथा सङ्कलनबाट किसानले खेतीपातीबाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन्। यसको उत्पादन, सङ्कलन, ओसारपसार र बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन् तर बजार मूल्यमा हुने उतारचढाव तथा निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ।

स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन र उचित मूल्य प्राप्त हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। उत्पादनअनुसार बजारको व्यवस्था हुन सके चिराइतोखेतीबाट ग्रामीण क्षेत्रमा अझ आम्दानी बढाउन सकिने किसानहरूको भनाइ छ।

प्रकाशित: ५ मंसिर २०८३ १०:०१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन् । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानी...

#चिराइतो #किसान #घटेपछि
Compare →
Onlinekhabar
2d ago
चितुवा र दुम्सी आतंकले किसान चिन्तित

चितुवा र दुम्सी आतंकले किसान चिन्तित

३ मंसिर, बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गङ्गाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो । दमेकको गौडा, भैँसेखर्क र टापुका २५ घर पशुपालन र खेती पातीमा निर्भर छन् …

#किसान #चिन्तित
Compare →
Ekantipur
4d ago
किवी उत्पादन आधै घटेपछि खोटाङका किसान चिन्तित

किवी उत्पादन आधै घटेपछि खोटाङका किसान चिन्तित

‘फूल फुल्ने बेला हावाले गर्दा यसपटक किवी उत्पादन धेरै नै घट्यो’ दोर्जी शेर्पा भन्छन्, ‘१२ हजार किलो उत्पादन हुनु पर्नेमा यो चोटी चार हजार किलो मात्र उत्पादन भयो ।’

#घटेपछि #किसान #चिन्तित
Compare →
Bizshala
2d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612