भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन् ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) रु २० हजारका दरले कारोबार भइरहेको छ । गत वर्ष यही समयमा चिराइतो प्रतिमन रु २५ हजारदेखि रु ३० हजारसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष प्रतिमन रु पाँच हजारदेखि रु १० हजारसम्म मूल्य घटेको उहाँको भनाइ छ ।
Read full story at source ( barnanmedia.com )