Trending
Prev Story
Next Story

त्रिवि अनुसन्धान केन्द्रलाई गतिशिल बनाइन्छ : उपकुलपति थापा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
14
14 reads 0 reactions

८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले अनुसन्धान केन्द्रलाई गतिशिल बनाउने बताएका छन् । चारवटा अनुसन्धान केन्द्रका निर्देशकसँगको छलफलमा उपकुलपति थापाले अनुसन्धान केन्द्रलाई थप गतिशिल, समयसापेक्ष र अद्यावधिक बनाउने बताएका हुन् । …

त्रिवि अनुसन्धान केन्द्रलाई गतिशिल बनाइन्छ : उपकुलपति थापा

८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले अनुसन्धान केन्द्रलाई गतिशिल बनाउने बताएका छन् ।

चारवटा अनुसन्धान केन्द्रका निर्देशकसँगको छलफलमा उपकुलपति थापाले अनुसन्धान केन्द्रलाई थप गतिशिल, समयसापेक्ष र अद्यावधिक बनाउने बताएका हुन् ।

विगतमा त्रिभुवन विश्वविद्यालयको प्रतिष्ठा र गरिमाका रूपमा परिचित अनुसन्धान केन्द्रहरूलाई सोही हैसियतमा फर्काउन स्रोत र साधनयुक्त बनाउने, दक्ष मानवसंशाधन उपलब्ध गराउने र नीतिगत जटिलतालाई सम्बोधन गर्न त्रिवि नेतृत्व सकारात्मक भएको छ ।

बल्खुस्थित शिक्षा विकास तथा अनुसन्धान केन्द्र ( सेरिड) मा आयोजित छलफलमा उपकुलपति थापाले अनुसन्धान केन्द्रका निर्देशकहरूलाई अनुसन्धान केन्द्रका बारेमा विस्तृत जानकारी लिएका थिए ।

साथै अनुसन्धान केन्द्रले भोगिरहेका आर्थिक, भौतिक, प्रशासनिक, मानवसंशाधन लगायतका जटिलताहरूका बारेमा समीक्षा भएको थियो ।

कार्यक्रममा शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंह, रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी, नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा.मृगेन्द्रबहादुर कार्की, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक प्रा.डा अर्जुनकुमार बराल, व्यावहारीक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का कार्यकारी निर्देशक प्रा.डा मीना राजभण्डारी एवं शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरीड)का कार्यकारी निर्देशक प्रा.डा राजेन्द्र कुँवर, उपकुलपतिका सल्लाहकार डा.ज्योती तण्डुकार एवं उपकुलपति कार्यालयका प्रमुख डा. रेणुका बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
कमल थापालाई राप्रपाबाटै बहिष्कार

कमल थापालाई राप्रपाबाटै बहिष्कार

आसन्न महाधिवेशनकेन्द्रित देश दौडाहामा रहेका राजतन्त्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को रुपन्देही भेलामा पूर्व अध्यक्ष कमल थापा र बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे नेतृत्वबिरुद्ध खन...

#थापा
Compare →
Bizshala
3d ago
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी, सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले थाल्यो अनुसन्धान

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी, सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले थाल्यो अनुसन्धान

काठमाण्डौ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँविरुद्ध सम्पत्ति श...

#अनुसन्धान
Compare →
Nagarik News
3d ago
अमेरिकाको ‘एफबीआई’ को सूचना प्रणाली ह्याक, अनुसन्धान सुरु

अमेरिकाको ‘एफबीआई’ को सूचना प्रणाली ह्याक, अनुसन्धान सुरु

उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन्।

#अनुसन्धान
Compare →
Ekantipur
3d ago
कांग्रेस सभापति थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत भ्रमणमा

कांग्रेस सभापति थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थलगत भ्रमणमा

सभापति थापाले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित बस्ती तथा होल्डिङ सेन्टर पुगेर प्रभावितहरूसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम छ।

#थापा
Compare →

Related Stories

Education & Youth
Build #2625