Trending
Prev Story
Next Story

शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने, विमान पठाउन सरकारसँग अपिल

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
15
15 reads 0 reactions

८ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले १६ डिसेम्बरमा भारतबाट आफ्नो देश फर्कने घोषणा गरेकी छन् । १६ डिसेम्बरको दिनलाई बंगलादेशमा विजय दिवसको रूपमा मनाइन्छ । पाकिस्तानसँगको युद्धपछि सन् १९७१ मा यसै दिन बंगलादेशले …

शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने,  विमान पठाउन सरकारसँग अपिल

८ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले १६ डिसेम्बरमा भारतबाट आफ्नो देश फर्कने घोषणा गरेकी छन् ।

१६ डिसेम्बरको दिनलाई बंगलादेशमा विजय दिवसको रूपमा मनाइन्छ । पाकिस्तानसँगको युद्धपछि सन् १९७१ मा यसै दिन बंगलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो।

समाचार एजेन्सी एसोसिएटेड प्रेस एपीका अनुसार मंगलबार आफ्नो फिर्ताको मिति घोषणा गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय एयरलाइन मार्फत आफ्नो फिर्ताको व्यवस्था गर्न अपिल गरेकी छिन् ।

हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले एक विज्ञप्तिमा भनेका छन्, ‘५ अगस्ट २०२४ मा शेख हसिनालाई बंगलादेशको विमानबाट भारत ल्याइएको थियो । अब उनी दिल्लीबाट ढाकाको हवाई यात्राको व्यवस्था गर्न सरकारलाई अपिल गर्छिन् ।’

‘उनले बंगलादेश फर्कन १६ डिसेम्बरको दिन रोज्नु धेरै महत्त्वपूर्ण छ,’ हसिनाका सहयोगी अबु ओबैदा अरिनले एपीलाई भनेका छन् ।

हसिनाको फिर्ती पछि, उनको नेतृत्वमा बंगलादेश फेरि शान्ति, स्थिरता र प्रगतिको बाटोमा अगाडि बढ्ने कुरामा उनी विश्वस्त रहेको पनि अरिनले बताए ।

हसिना अगस्ट ५, २०२४ मा भारत आएकी थिइन् । त्यतिबेला विद्यार्थी आन्दोलनका कारण सयौं प्रदर्शनकारीको मृत्यु भएको कारणले गर्दा उनी १५ वर्षे शासन त्याग्न बाध्य भएकी थिइन् । मानवता विरुद्धको अपराधका लागि हसिनालाई उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उनले उक्त फैसला अस्वीकार गरेकी छिन् र बंगलादेश फर्किएपछि मुद्दाको आफ्नो पक्ष प्रस्तुत गर्ने बताउँछिन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने

हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छिन्।

#बंगलादेश #हसिना #डिसेम्बर
Compare →
Bizshala
1d ago
डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन्।...

#बंगलादेश #हसिना #शेख
Compare →
Ekantipur
5h ago
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री इस्लामले हसिना बंगलादेश फर्किए तत्काल पक्राउ गरी जेल पठाइने सरकारको अडान दोहोर्‍याएकी हुन् । उनले हसिना जहाँ गए पनि पक्राउबाट उम्कन नसक्ने बताइन् ।

#बंगलादेश #हसिना
Compare →

Related Stories

Politics & Governance
Build #2622