Trending
Prev Story
Next Story

हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने

Nagarik News •
November 24, 2026 • 06:44 AM
12
12 reads 0 reactions

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छिन्।

हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छिन्।

तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उनी फर्किएमा पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ।

विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत गएकी थिइन्। उनीमाथि प्रदर्शनका क्रममा सयौँ मानिस मारिएको घटनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो।

अदालतको फैसलालाई अस्वीकार गर्दै उनले स्वदेश फर्किएपछि कानूनी लडाइँ लड्ने बताउँदै आएकी छिन्।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई दोषी ठहर गरिएको र उनको सुपुर्दगीका लागि सरकारले भारतसँग माग गरिसकेको बताएका छन्। सरकारले आफ्नो अडान परिवर्तन नगर्ने उनको भनाइ छ।

हसिनाले मंगलबार डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गरेकी छिन्।

उनका प्रवक्ता सैयद मोजाम्मेल अलीले हसिना सन् २०२४ अगस्ट ५ मा बङ्गलादेशी विमानबाट भारत गएकाले स्वदेश फर्कने यात्राको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताए।

डिसेम्बर १६ बंगलादेशको विजय दिवस हो। सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि स्वतन्त्र भएको स्मरणमा यो दिवस मनाइन्छ।

हसिनाका सहयोगी अबु ओबैदा अरिनले उनले आफ्ना पिता तथा बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा हासिल भएको ऐतिहासिक विजयको सम्मान गर्दै यही दिन स्वदेश फर्कन चाहेको बताए।

उनले हसिनाको पुनरागमनपछि देश शान्ति, स्थिरता र समृद्धितर्फ अघि बढ्ने विश्वाससमेत व्यक्त गरे।

यस महिनाको सुरुमा एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हसिनाले कुनै पनि मूल्यमा डिसेम्बरमै स्वदेश फर्कने र मृत्युसमेतले आफूलाई घर फर्कनबाट रोक्न नसक्ने बताएकी थिइन्।

हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने समयसीमा गुमाइसकेको र सजाय रोक्ने कानूनी आधार नरहेको एक अभियोजकले यसअघि बताएका थिए।

बंगलादेशमा राष्ट्रपतिबाट क्षमादान पाउने व्यवस्था भए पनि हसिनाले त्यस्तो आग्रह गरेकी छैन। उनले अदालतको फैसलालाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएकी छिन्।

हसिनाको सत्ता पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए।

उनको नेतृत्वमा रहेको सरकारले हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएको थियो र फेब्रुअरीमा भएको निर्वाचनमा सहभागी हुन दिएको थिएन। त्यसपछि तारिक रहमान नेतृत्वको निर्वाचित सरकारले सत्ता सम्हालेको हो।

सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानी सैन्य नेतृत्वको पक्षमा रहेको जमात–ए–इस्लामी पार्टी भने फेब्रुअरीको निर्वाचनमा पुनः राजनीतिमा फर्किएको थियो।

अहिले उक्त पार्टी बंगलादेशको प्रमुख प्रतिपक्षी दल बनेको छ। हसिनाको शासनकालमा यस पार्टीका कैयौँ शीर्ष नेताहरूलाई युद्ध अपराधको आरोपमा मृत्युदण्ड दिइएको थियो।

हसिनाका पिता शेख मुजीबुर रहमानले पाकिस्तानविरुद्धको स्वतन्त्रता आन्दोलनको नेतृत्व गरको थिए। सन् १९७५ मा सैन्य ‘कू’ का क्रममा उनी र परिवारका अधिकांश सदस्यको हत्या भएको थियो। त्यसबेला देशबाहिर रहेकी हसिना र उनकी कान्छी बहिनी भने बाँचेका थिए।एपी

प्रकाशित: ८ मंसिर २०८३ १२:२९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन्।...

#हसिना #बंगलादेश #डिसेम्बर
Compare →
Ekantipur
5h ago
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री इस्लामले हसिना बंगलादेश फर्किए तत्काल पक्राउ गरी जेल पठाइने सरकारको अडान दोहोर्‍याएकी हुन् । उनले हसिना जहाँ गए पनि पक्राउबाट उम्कन नसक्ने बताइन् ।

#हसिना #बंगलादेश
Compare →

Related Stories

Education & Youth
Build #2624