Trending
Prev Story
Next Story

'विजय दिवस' को अवसर पारेर स्वदेश फर्कने शेख हसिनाको योजना

Ekantipur •
November 24, 2026 • 07:03 AM
11
11 reads 0 reactions

पाकिस्तानसँगको सन् १९७१ को मुक्ति युद्ध अन्त्य भएको दिन अर्थात् 'विजय दिवस' को अवसर पारेर हसिना फर्किन लागेको उनका प्रवक्ताले मंगलबार रोयटर्सलाई जानकारी दिएका छन्

'विजय दिवस' को अवसर पारेर स्वदेश फर्कने शेख हसिनाको योजना

पाकिस्तानसँगको सन् १९७१ को मुक्ति युद्ध अन्त्य भएको दिन अर्थात् 'विजय दिवस' को अवसर पारेर हसिना फर्किन लागेको उनका प्रवक्ताले मंगलबार रोयटर्सलाई जानकारी दिएका छन्

नयाँ दिल्ली — भारतमा दुई वर्षभन्दा बढी समयदेखि निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ तारिखमा स्वदेश फर्किने योजना बनाएकी छन् ।

पाकिस्तानसँगको सन् १९७१ को मुक्ति युद्ध अन्त्य भएको दिन अर्थात् 'विजय दिवस' को अवसर पारेर उनी फर्किन लागेको उनका प्रवक्ताले मंगलबार रोयटर्सलाई जानकारी दिएका छन् ।

यद्यपि, बंगलादेश सरकारले भने उनलाई सुपुर्दगी प्रक्रियामार्फत मात्र स्वदेश फिर्ता ल्याउन सकिने अडान दोहोर्‍याएको छ ।

७९ वर्षीया हसिनाले स्वदेश फर्किने निश्चित मिति तोकेको यो पहिलो पटक हो । बंगलादेशमा उनको पार्टीमाथि प्रतिबन्ध लगाइएको छ ।

यसै महिनाको सुरुमा उनले नयाँ राहदानी र अन्य कागजातका लागि निवेदन दिएपनि सरकारले उनलाई राहदानी नदिने बताएको थियो । अहिले हसिनाको पार्टी अवामी लिग र सरकार समर्थकबीच झडप र  हिंसा चलिरहेको छ ।

सन् २०२४ को अगस्टमा भएको जनविद्रोहपछि हसिना भागेर दिल्ली पुगेकी थिइन् । त्यसको केही महिनामै उनको राहदानीलगायतका कागजात रद्द गरिएको थियो ।

अहिले तिनै कागजातको माग गर्नुका साथै हसिनाले बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान 'विमान बंगलादेश एयरलाइन्स' मार्फत आफ्नो स्वदेश फिर्तीको व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गरेकी छन् ।

'शेख हसिनालाई सन् २०२४ अगस्ट ५ मा बंगलादेशकै विमानमा राखेर भारत ल्याइएकाले अब दिल्लीबाट ढाका फर्किनका लागि पनि सरकारले नै हवाई यातायातको व्यवस्था गरिदिनुपर्छ,' उनका प्रवक्ता सैयद मोजाम्मेल अलीले एक विज्ञप्तिमार्फत भनेका छन् ।

'यस्तो परिस्थितिमा संविधानविपरीत देश निकाला गरिएकाले डिसेम्बर १६ को विजय दिवसका अवसरमा उनको बंगलादेश फिर्ती सम्भव बनाउनु अब सरकारकै दायित्व हो,' विज्ञप्तिमा उल्लेख छ ।

तर, बंगलादेश सरकारले भने उनलाई भारतले सुपुर्दगी गरेमा मात्र फिर्ता ल्याइने स्पष्ट पारेको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनमाथि घातक दमन गर्न आदेश दिएको अभियोगमा बंगलादेशको एक अदालतले गत वर्ष उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले भने निर्वासनबाटै ती आरोपहरूको खण्डन गर्दै आएकी छन् ।

'हसिना एक दोषी ठहरिएकी अपराधी र फरार आतंककारी हुन्,' बंगलादेशका परराष्ट्र राज्यमन्त्री हुमायुन कबिरले रोयटर्ससँग भने ।

'उनलाई सुपुर्दगी सन्धिका माध्यमबाट, हतकडी लगाएर र कडा निगरानीमा मात्र स्वदेश फर्काउन सकिन्छ,' कबिरले थपे ।

यस विषयमा भारतको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपि, गत अप्रिलमा भारतीय विदेश मन्त्रालयले हसिनालाई सुपुर्दगी गर्ने बंगलादेशको अनुरोधमाथि अध्ययन भइरहेको र नयाँ सरकारसँग रचनात्मक सहकार्य गर्दै द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन चाहेको बताएको थियो ।

विमानको व्यवस्था गरिदिन हसिनाले गरेको आग्रहबारे राज्यमन्त्री कबिरले भने, 'बंगलादेशले यस्ता भ्रमपूर्ण मागमाथि कुनै सुनुवाइ गर्ने छैन ।'

हसिनालाई मृत्युदण्डको सजाय सुनाउने बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका प्रमुख अभियोजक अमिनुल इस्लामले एक दोषी ठहरिएकी फरार व्यक्तिले सरकारबाट स्वदेश फिर्तीको व्यवस्थाको अपेक्षा गर्नु अनुचित भएको बताए ।

यसअघि आइतबार बंगलादेशका एक मन्त्रीले रोयटर्ससँग कुरा गर्दै हसिना स्वदेश फर्किएमा उनलाई पक्राउ गरी जेल चलान गरिने वा उनलाई फिर्ता ल्याउन विमान पठाउनेबारे भारतसँग कुनै औपचारिक छलफल नभएको बताएका थिए ।

सन् २०२४ मा हसिनालाई सत्ताच्युत गर्ने गरी भएको उक्त आन्दोलनका क्रममा करिब १ हजार ४ सय जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन्।...

#हसिना #स्वदेश #शेख
Compare →
Onlinekhabar
5d ago
शेख हसिनाको बंगलादेश फिर्तीसँग जोडिएका सवाल-जवाफ

शेख हसिनाको बंगलादेश फिर्तीसँग जोडिएका सवाल-जवाफ

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन् । डिसेम्बर १६ बंगलादेशमा विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ …

#हसिना #शेख
Compare →
Hamro Patro News
1w ago
कर सप्ताह सुरु

कर सप्ताह सुरु

राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको...

#दिवस #अवसर
Compare →
Arthasansar
6h ago
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदानसहित सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदानसहित सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम

गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक...

#अवसर
Compare →
Nagarik News
1d ago
हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने

हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छिन्।

#हसिना
Compare →

Related Stories

World News
Build #2625