Trending
Prev Story
Next Story

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

Ekantipur •
November 24, 2026 • 07:03 AM
14
14 reads 0 reactions

संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए ।

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए ।

काठमाडौँ — संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले यस विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए । खड्काले राष्ट्रिय गौरवको आयोजना ढिलाइ हुँदा त्यसको असर मधेश प्रदेशमा मात्र सिमित नभई सिंगो देशलाई पर्ने बताए । अब सार्वजनिक लेखा समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ थियो । ठेक्का तथा टेन्डर रद्द हुँदा हुने आर्थिक नोक्सानीलाई मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

छलफलमा सांसद गणेश धिमालले कहिले ठेकेदारको त कहिले राज्यको कमजोरीले अन्योल भएको बताएका थिए । अर्का सांसद मनिष झाले टनेल ब्रेक थ्रु भइसकेको प्रोजेक्टमा मापदण्ड परिवर्तन भएको भन्दै छानबिन गर्न माग गरे ।

आयोजनाको बाँध र विद्युत् गृह निर्माणका लागि आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला गत कात्तिक १३ मा ठेक्का रद्द गरिएको थियो । प्राविधिक मूल्यांकनबाट छनोट भएका तीन चिनियाँ कम्पनीबीचको प्रतिस्पर्धा रोकिएपछि आयोजना थप अन्योलमा परेको छ ।

समितिले अब सम्बन्धित निकायबाट कागजात प्राप्त गरेपछि ठेक्का रद्ध गर्नुको कारण, अपनाइएको प्रक्रिया तथा आयोजनामा परेको प्रभावबारे थप अध्ययन र छलफल गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

८ मंसिर, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले यस विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल …

#कागजात #दिनभित्र #उपलब्ध
Compare →
Hamro Patro News
1d ago
सुनकोशी मरिन आयोजनाको ठेक्का रद्दबारे सात दिनभित्र कागजात बुझाउन निर्देशन

सुनकोशी मरिन आयोजनाको ठेक्का रद्दबारे सात दिनभित्र कागजात बुझाउन निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको...

#कागजात #सुनकोशी #आयोजना
Compare →
Nagarik News
8h ago
सुनकोसी-मरिनको ठेक्का रद्द विवाद : सात दिनभित्र कागज बुझाउन लेखा समितिको निर्देशन

सुनकोसी-मरिनको ठेक्का रद्द विवाद : सात दिनभित्र कागज बुझाउन लेखा समितिको निर्देशन

राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुख्य संरचना निर्माणका लागि अघि बढाइएको अर्बौं रुपैयाँको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने अन्तिम समयमा रद्द गरेपछि विवादमा तानिएको छ।

#ठेक्का #दिनभित्र #समितिको
Compare →
Bizshala
1d ago
कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत हेडवर्क्सलगायत संरचना निर्माणको...

#सुनकोशी #आयोजना #ठेक्का
Compare →

Related Stories

Politics & Governance
Build #2625