Trending
Prev Story
Next Story

विश्व बजारमा नेपाली चियाको पहिचान बढाउन कन्याममा पहिलो चिया महोत्सव

Nagarik News •
November 23, 2026 • 04:20 PM
4
4 reads 0 reactions

नेपाली अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउने प्रयासस्वरूप पर्यटकीय कन्याम चिया बारीमा प्रथम सूर्योदय चिया महोत्सव सम्पन्न भएको छ।

विश्व बजारमा नेपाली चियाको पहिचान बढाउन कन्याममा पहिलो चिया महोत्सव

नेपाली अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउने प्रयासस्वरूप पर्यटकीय कन्याम चिया बारीमा प्रथम सूर्योदय चिया महोत्सव सम्पन्न भएको छ। ‘चियाको राजधानी’का रूपमा चर्चित कन्यामस्थित चिया परीक्षण तथा प्रवर्धन केन्द्र परिसरमा २ दिने महोत्सव सञ्चालन गरिएको थियो।

महोत्सवमा सूर्योदय नगरपालिकामा सञ्चालित अर्थोडक्स चिया उद्योगबाट उत्पादित विभिन्न गुणस्तरका चियाको स्वाद सहभागीलाई चखाइएको छ। स्थानीय दूध, कृषिउपज र हस्तकलाका स्टलसमेत राखिएका थिए। विभिन्न ठाउँबाट पर्यटक र चिया पारखी महोत्सवमा सहभागी भएको आयोजक सूर्योदय नगरपालिकाले जनाएको छ।

त्यसै अवसरमा कन्यामबाट विभिन्न मनोरम दृश्यावलोकन गर्दै अन्तुडाँडासम्म पुग्न सकिने ‘चियाबारी पदमार्ग’मा दौड प्रतियोगितासमेत आयोजना गरिएको थियो। पुरुषतर्फको साढे १२ किमी दौड प्रतियोगितामा ओखलढुंगाका प्रिथी राई पहिलो भए। इलामका राजेन्द्र लिम्बू दोस्रो र पाँचथरका ग्याल्जेन गुरुङ तेस्रो भए। उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाए। महिलातर्फको दौडमा सूर्योदय नगरका तेजकुमारी मुखिया पहिलो, सोनिका थापामगर दोस्रो र सरला राई तेस्रो भए। उनीहरूले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे।

महोत्सवको उद्घाटन कोशी प्रदेशकी पर्यटन, वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बूले गरिन्। चिया, दूध र अन्य कृषि उत्पादनको गुणस्तर प्रचारप्रसार गर्दै पर्यटकलाई चिया बारीभित्र पनि पैदल हिँड्ने पदमार्गबारे जानकारी दिनु महोत्सवको मुख्य उद्देश्य रहेको कार्यवाहक मेयर दुर्गाकुमार बरालले बताए। अन्तु, कन्याम, फिक्कलमात्र होइन, गाउँ–गाउँका आकर्षक पर्यटकीय क्षेत्रको प्रचारमा सहयोग पुगेको उनले बताए। साढे २५ किलोमिटरको चियाबारी पदमार्ग निर्माणको काम चालु वर्ष सम्पन्न हुने क्रममा छ।

महोत्सवको पहिलो दिन सांस्कृतिक झाँकी प्रदर्शन गरियो। चियाको स्वाद परीक्षण, रैथाने खानाका परिकार अवलोकन, विभिन्न ब्रान्डका चियाको सोकेसिङ, सूर्योदयका पर्यटकीय क्षेत्रको जानकारीमूलक स्टल अवलोकन र चियाबारी पदमार्ग महोत्सवका मुख्य आकर्षण थिए।

चियाबारी पदमार्ग हाइकिङ, ‘जलवायु परिवर्तनको सामना: दिगो चिया खेती र चिया कृषकको जगेर्ना’ विषयमा सरोकारवालाबिच संवाद भएको छ। इलाम जिल्लामा झापा र भारततिरबाट पर्यटक भित्रिने मुख्य सडक नै सूर्योदय नगरपालिकामा पर्छ। महोत्सवले सूर्योदयलाई मात्र नभई सिंगो जिल्लाकै पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको आयोजक सूर्योदय नगरले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८३ २२:०५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
पर्यटन प्रवर्धनका लागि आजदेखि इलाममा सूर्योदय चिया महोत्सव

पर्यटन प्रवर्धनका लागि आजदेखि इलाममा सूर्योदय चिया महोत्सव

दुई दिनसम्म हुने महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

#चिया #महोत्सव #सूर्योदय
Compare →
Hamro Patro News
5h ago
रोयल इन्फिल्डको सांस्कृतिक महोत्सव ‘हन्टरहुड’

रोयल इन्फिल्डको सांस्कृतिक महोत्सव ‘हन्टरहुड’

रोयल इन्फिल्डको सांस्कृतिक महोत्सव ‘हन्टरहुड’ रोयल इन्फिल्डले आगामी १२ डिसेम्बरमा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको बताएको छ । मंसिर ७, २०८३ कान्तिपुर संवाददाता का...

#महोत्सव
Compare →
Onlinekhabar
3d ago
देवघाटधाम प्रचारका लागि आजदेखि गण्डकी परिक्रमा महोत्सव

देवघाटधाम प्रचारका लागि आजदेखि गण्डकी परिक्रमा महोत्सव

७ मंसिर, तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । त्यस क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई संवर्द्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले …

#महोत्सव
Compare →

Related Stories

Business & Economy
Build #2612