Trending
Prev Story
Next Story

सम्बन्ध विच्छेदको विवाद टुंग्याउन पूर्वपत्नीलाई ९४४ अर्ब दिन तयार अर्बपति

Nagarik News •
November 23, 2026 • 04:12 PM
4
4 reads 0 reactions

यो विवाद सन् २०१७ मा सुरु भएको थियो। सन् १९८८ मा विवाह गरेका चेइले त्यसबेला रोसँग सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएका थिए।

सम्बन्ध विच्छेदको विवाद टुंग्याउन पूर्वपत्नीलाई ९४४ अर्ब दिन तयार अर्बपति

दक्षिण कोरियाको एसके ग्रुपका अध्यक्ष चेइ ताए-वोनले सम्बन्ध विच्छेदपछि सम्पत्ति बाँडफाँटको विषयमा चलिरहेको विवाद टुंग्याउन पूर्वपत्नीलाई ९४४ अर्ब वन (करिब ७० करोड १० लाख अमेरिकी डलर) तिर्न प्रस्ताव गरेका छन्।

चेइले सोमबार सर्वोच्च अदालतलाई विवाद समाधानका लागि सहमतिको प्रस्ताव अघि बढाउन आग्रह गरेका हुन्। उनले पूर्वपत्नी तथा आर्ट सेन्टर नाबीकी निर्देशक रो सो-योङलाई तल्लो अदालतले तोकेको सम्पूर्ण रकम तिर्न तयार रहेको बताएका छन्।

चेइका प्रतिनिधिहरूका अनुसार लामो समयदेखि चलिरहेको विवाद अन्त्य गर्ने उद्देश्यले यस्तो प्रस्ताव गरिएको हो। तर, यसको अर्थ मुद्दा टुंगिसकेको भने होइन। सर्वोच्च अदालतले सहमतिको प्रस्ताव अघि सारेमा कुनै पनि पक्षले निर्णय प्राप्त गरेको दुई साताभित्र आपत्ति जनाउन सक्छन्। दुवै पक्षले आपत्ति नजनाएमा उक्त सहमतिले अन्तिम फैसलासरह कानुनी मान्यता पाउनेछ।

यो विवाद सन् २०१७ मा सुरु भएको थियो। सन् १९८८ मा विवाह गरेका चेइले त्यसबेला रोसँग सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएका थिए। सुरुमा तल्लो अदालतले एसके ग्रुपमा रहेको चेइको सेयरलाई उनको व्यक्तिगत सम्पत्ति मानेको थियो। अदालतले दम्पतीको सम्पत्ति बाँडफाँटमा रोको हिस्साबापत ६६ अर्ब ५० करोड वन तिर्न आदेश दिएको थियो।

तर, सन् २०२४ मेमा पुनरावेदन अदालतले चेइको एसके सेयरलाई पनि वैवाहिक सम्पत्तिको बाँडफाँटमा समावेश गर्नुपर्ने फैसला गर्‍यो। त्यसपछि रोले पाउने रकम बढाएर १.३८ ट्रिलियन वन पुर्‍याइएको थियो।

सर्वोच्च अदालतले सन् २०२५ अक्टोबरमा उक्त मुद्दा पुनः सुनुवाइका लागि पुनरावेदन अदालतमा पठाएको थियो। रोका पिता तथा दक्षिण कोरियाका पूर्वराष्ट्रपति रो ताए-वूले उपलब्ध गराएको भनिएको अवैध रकमलाई एसके ग्रुपको विकासमा रोको योगदानका रूपमा गणना गर्न नमिल्ने सर्वोच्च अदालतको ठहर थियो। यद्यपि, छुट्टै क्षतिपूर्तिबापत रोले पाउने दुई अर्ब वनको फैसला भने यथावत् राखिएको थियो।

यसपछि सियोल उच्च अदालतले सन् २०२६ जुलाईमा पुनः फैसला गर्दै चेइको एसके ग्रुपको सेयरलाई वैवाहिक सम्पत्तिको बाँडफाँटमा समावेश गर्नुपर्ने ठहर गरेको थियो। तर, रोले पाउने रकम घटाएर ९४४ अर्ब वन कायम गरिएको थियो।

चेइले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। पछि उनले आफ्नो चुनौतीलाई २४४ अर्ब वनमा सीमित गरेका थिए। रोले भने उक्त फैसलाविरुद्ध छुट्टै पुनरावेदन गरेकी थिइनन्।

चेइले पूर्वपत्नीलाई सम्पूर्ण रकम तिर्न गरेको प्रस्तावसँगै एसके ग्रुपको मुख्य कम्पनी एसके इंकमा उनको सेयर स्वामित्व थप घट्न सक्ने विषय पनि चर्चामा आएको छ।

यसै महिनाको सुरुमा चेइले भुक्तानीका लागि रकम जुटाउन एसके इंकका १६ लाख ५० हजार कित्ता सेयर बिक्री गरेका थिए। उक्त बिक्रीपछि कम्पनीमा उनको सेयर हिस्सा १७.७६ प्रतिशतबाट घटेर १५.४९ प्रतिशतमा झरेको छ। यद्यपि, उनी अझै कम्पनीका सबैभन्दा ठुला सेयरधनी हुन्।

तर, एसके ग्रुपले सेयर बिक्रीपछि पनि कम्पनीमाथि चेइको नियन्त्रण कमजोर नहुने दाबी गरेको छ। कम्पनीले उनको मताधिकार र सम्बन्धित पक्षहरूको सेयर हिस्सालाई आधार बनाउँदै यस्तो दाबी गरेको हो।

एसके ग्रुपका एक अधिकारीले भने, ‘सेयर बिक्रीपछि सबैभन्दा ठुलो सेयरधनीसँग मताधिकार भएको २०.८ प्रतिशत सेयर छ। सम्बन्धित पक्षहरूको सेयरसमेत जोड्दा यो हिस्सा ३०.५ प्रतिशत हुन्छ।’

उनले कम्पनीको स्थिर व्यवस्थापन कायम राख्ने क्षमता यथावत् रहेको पनि बताएका छन्।

चेइले सर्वोच्च अदालतमा गरेको प्रस्ताव स्वीकार भएमा र दुवै पक्षले त्यसमा आपत्ति नजनाएमा सन् २०१७ देखि चल्दै आएको सम्बन्ध विच्छेद तथा सम्पत्ति बाँडफाँटसम्बन्धी लामो कानुनी विवाद अन्त्य हुन सक्छ।

प्रकाशित: ७ मंसिर २०८३ २१:५७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
‘प्रधानमन्त्रीकाे भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आशा जगायो’

‘प्रधानमन्त्रीकाे भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आशा जगायो’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भारतको दुईदिने राजकीय भ्रमणले नेपालभारत सम्बन्धमा नयाँ सम्भावनाको ढोका खोलेको सरकारले निष्कर्ष निकालेको छ । लामो समयदेखि अपेक्षित सम्बन्ध सुधारको दिशा...

#सम्बन्ध
Compare →
Arthasansar
8h ago
बालेनले भने: नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ

बालेनले भने: नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले...

#सम्बन्ध
Compare →
Ekantipur
16h ago
एनभिडियाका पूर्व सीईओसँगको सम्बन्धका बेला एलिस चिनियाँ गुप्तचर अधिकारीको सम्पर्कमा थिइन् : न्युयोर्क टाइम्स

एनभिडियाका पूर्व सीईओसँगको सम्बन्धका बेला एलिस चिनियाँ गुप्तचर अधिकारीको सम्पर्कमा थिइन् : न्युयोर्क टाइम्स

जेन्सेन हुआङसँग प्रेम सम्बन्धमा रहेकै बेला एलिसले चीनको राज्य सुरक्षा मन्त्रालयका एक अधिकारीसँग एक वर्षभन्दा बढी सम्पर्क राखेको प्रतिवेदनमा उल्लेख छ।

#सम्बन्ध
Compare →
Bizshala
1d ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#सम्बन्ध
Compare →
Onlinekhabar
3d ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकार– दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्किएको छ

प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकार– दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्किएको छ

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको दुई दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेको सरकारले बताएको छ । भ्रमण सकेर प्रधानमन्त्री शाह फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर …

#सम्बन्ध
Compare →

Related Stories

Technology
Build #2612