Trending
Prev Story
Next Story

चीनले सेयर बजारमा लगानी बढाउन ल्यायो नयाँ योजना, ४०० अर्ब युआन थपिने अनुमान

Nagarik News •
November 23, 2026 • 02:42 PM
3
3 reads 0 reactions

चीनको धितोपत्र नियामक निकायको स्वीकृतिमा सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जले मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गर्ने भएका छन्। यो व्यवस्था नोभेम्बर ३० देखि लागू हुनेछ।

चीनले सेयर बजारमा लगानी बढाउन ल्यायो नयाँ योजना, ४०० अर्ब युआन थपिने अनुमान

चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन र लगानीकर्ताको विश्वास बढाउन विभिन्न नयाँ उपाय घोषणा गरेको छ। यसअन्तर्गत ऋण लिएर सेयर खरिद गर्ने लगानीकर्ताले सुरुवाती रूपमा जम्मा गर्नुपर्ने न्यूनतम रकम घटाउने निर्णय गरिएको छ।

चीनको धितोपत्र नियामक निकायको स्वीकृतिमा सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जले मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गर्ने भएका छन्। यो व्यवस्था नोभेम्बर ३० देखि लागू हुनेछ।

यस निर्णयबाट सैद्धान्तिक रूपमा करिब ४०० अर्ब युआन (झन्डै ५९ अर्ब ५८ करोड अमेरिकी डलर) थप रकम सेयर बजारमा लगानीका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।

मार्जिन कारोबार भनेको लगानीकर्ताले धितोपत्र दलालबाट ऋण लिएर सेयर खरिद गर्ने प्रक्रिया हो। यस्तो कारोबारमा लगानीकर्ताले आफ्नै तर्फबाट जम्मा गर्नुपर्ने न्यूनतम रकम घटाउँदा ऋण लिएर सेयर खरिद गर्न सहज हुन्छ।

विशेषज्ञहरूका अनुसार मार्जिन अनुपात घटाउनु चीनको सेयर बजारमा प्रतिकूल आर्थिक अवस्थाको प्रभाव कम गर्न प्रयोग गरिने प्रमुख नीतिगत उपायमध्ये एक हो। विगतमा पनि यस्तो अनुपात घटाउँदा मार्जिन कारोबार र सेयर खरिदबिक्री गतिविधि बढेको थियो।

यसैबिच, सांघाई र सेन्जेन स्टक एक्सचेन्जले विभिन्न शुल्कमा छुट दिने व्यवस्था पनि घोषणा गरेका छन्। यसअन्तर्गत बजारमा सहभागी संस्थाले तिर्नुपर्ने कारोबार एकाइ प्रयोग शुल्क मिनाहा गरिनेछ।

यसअघि नै लागू गरिएको सूचीकृत कम्पनीहरूको सूचीकरण शुल्क तथा ऋणपत्र कारोबारसम्बन्धी शुल्क छुटको व्यवस्थालाई पनि थप दुई वर्ष निरन्तरता दिइने भएको छ। यो व्यवस्था सन् २०२८ सम्म कायम रहनेछ।

सेन्जेन स्टक एक्सचेन्जले सोही दिन चीनको प्रविधि तथा विकासमुखी कम्पनीहरूको बजार मानिने चाइनानेक्स्टमा सेयर कारोबारका लागि बजार निर्माता प्रणाली लागू गर्ने नियमको मस्यौदामाथि सार्वजनिक राय माग्न सुरु गरेको छ।

बजार निर्माता प्रणालीमा निश्चित संस्थाले सेयर खरिद र बिक्रीका लागि नियमित रूपमा मूल्य प्रस्ताव गर्छन्। यसले बजारमा सेयरको माग र आपूर्ति सहज बनाउनुका साथै कारोबार बढाउन, मूल्यमा हुने उतारचढाव कम गर्न र बजारको स्थायित्व सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चीनका प्रमुख सेयर बजार सूचकहरू पछिल्ला केही दिनयता ओरालो लागिरहेका बेला यी उपाय सार्वजनिक गरिएका हुन्। यसअघि शुक्रबार अमेरिकी सेयर बजारमा आएको ठुलो गिरावटले पनि विश्वभरका लगानीकर्तामा चिन्ता बढाएको थियो।

यसै महिनाको सुरुवातमा चीनको केन्द्रीय बैंकले पनि पुँजी बजारलाई सहयोग पुर्‍याउने उद्देश्यले थप नीतिगत सहजीकरण गरेको थियो।

चीनको केन्द्रीय बैंकले नोभेम्बर ३ मा धितोपत्र, कोष तथा बिमा कम्पनीका लागि उपलब्ध गराइएको सट्टापट्टा सुविधाअन्तर्गत तेस्रो चरणको कारोबार सञ्चालन गरेको थियो। यसमा ३१ वटा धितोपत्र तथा कोष कम्पनी सहभागी भएका थिए। उक्त कारोबारको कुल रकम १०० अर्ब युआन रहेको थियो।

यो सुविधाले वित्तीय संस्थालाई आफूसँग भएका ऋणपत्र तथा सेयरजस्ता सम्पत्ति धितोका रूपमा प्रयोग गरेर बढी तरल सम्पत्ति प्राप्त गर्न सहयोग गर्छ। यसबाट उनीहरूको सेयर बजारमा लगानी गर्ने क्षमता बढ्ने अपेक्षा गरिएको छ।

त्यस्तै, कम्पनीहरूलाई आफ्नै सेयर पुनः खरिद गर्न तथा प्रमुख सेयरधनीलाई थप सेयर खरिद गर्न बैंकमार्फत उपलब्ध गराइने पुनः कर्जा सुविधाको ब्याजदर पनि १.२५ प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरिएको छ। नोभेम्बर ४ देखि लागू भएको यस व्यवस्थाले सेयर खरिद तथा पुनः खरिदका लागि ऋण लिन सहज बनाउने अपेक्षा गरिएको छ।

चीन सरकारले पछिल्ला नीतिगत कदममार्फत सेयर बजारमा लगानी बढाउने, लगानीकर्ताको विश्वास कायम राख्ने र बजारलाई स्थिर बनाउने प्रयास गरिरहेको छ। एजेन्सी

प्रकाशित: ७ मंसिर २०८३ २०:२७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
ज्येष्ठ नागरिक तथा बाल हेरचाहमा सहयोग बढाउन चीनले निर्धारण गर्‍यो सन् २०३० का लक्ष्यहरू

ज्येष्ठ नागरिक तथा बाल हेरचाहमा सहयोग बढाउन चीनले निर्धारण गर्‍यो सन् २०३० का लक्ष्यहरू

चीनले सन् २०३० सम्ममा ज्येष्ठ नागरिक र बालबालिकाको हेरचाह गर्ने सुविधाहरूको स्तरोन्नति गर्न नयाँ उपायहरू ल्याउने भएको छ । तीव्र गतिमा बढिरहेको वृद्ध जनसङ्ख्या र घट्दो जन्मदरसँग तालमेल मिलाउन यो कदम चालिएको हो। सोमबार सार्वजनिक …

#चीन #बढाउन
Compare →
Bizshala
3d ago
हकप्रदको लोभमा शेयर किन्ने होडबाजी, ठूला लगानीकर्तालाई बाहिरिने अवसर बन्दैछ कि सानालाई पासो ?

हकप्रदको लोभमा शेयर किन्ने होडबाजी, ठूला लगानीकर्तालाई बाहिरिने अवसर बन्दैछ कि सानालाई पासो ?

काठमाण्डौ । शेयर बजारमा समग्र सूचक सुस्ताइरहेका बेला हकप्रद शेयर निष्कासनको चर्चाले केही कम्पनीको शेयर कारोबार...

#शेयर-बजार #लगानीकर्ता
Compare →
Ekantipur
9h ago
चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान

चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान

विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ ।

#चीन
Compare →
Hamro Patro News
1d ago
दूधको मूल्य बढाउन किसानको माग

दूधको मूल्य बढाउन किसानको माग

धनकुटाका किसानले दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, धनकुटाले पत्रकार सम्मेलन आयोजना गरी किसानले उत्पादन गरेको दूधको मूल्य बढाउन माग गरेको हो । किसानले हाल...

#बढाउन
Compare →
Arthasansar
2d ago
चाडपर्व पछिको पहिलो साता : सेयर बजारमा १ प्रतिशतको गिरावट, औषत कारोबार ४ अर्ब १६ करोड

चाडपर्व पछिको पहिलो साता : सेयर बजारमा १ प्रतिशतको गिरावट, औषत कारोबार ४ अर्ब १६ करोड

यस साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६४८.८९ विन्दुमा बन्द भएको नेप्से, यस साता...

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

Business & Economy
Build #2612