Trending
Prev Story
Next Story

अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के छन् ?

Nagarik News •
November 23, 2026 • 12:57 PM
3
3 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो।

अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के छन् ?

नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस स्थापना हुने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो।

प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए। "नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ," उनले भने।

त्यसपछि सम्बोधन गरेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले पनि नेपाललाई प्राविधिक शिक्षाको हब बनाउने विश्वास व्यक्त गर्दै भारतीय विद्यार्थीहरूसमेत नेपालमा अध्ययन गर्न आउने वातावरण निर्माण गरिने बताए।

प्रधानमन्त्री शाहले भने, "आगामी दिनमा भारतीय विद्यार्थी नेपालमा स्थापना हुने आईआईटीमा अध्ययन गर्न आउने वातावरण बनाउनेछौँ।"

नेपाल सरकारले आफ्नो बजेट र नीति तथा कार्यक्रममार्फत विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई नेपालमै क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको थियो। प्रधानमन्त्री शाहको भारत भ्रमणमा भएको यो सहमतिसँगै सरकारको उक्त नीतिगत प्रतिबद्धता अब कार्यान्वयनको चरणमा प्रवेश गरेको हो।

यस सहकार्यलाई नेपालमा एउटा विदेशी शैक्षिक संस्था थपिने विषयका रूपमा मात्र नहेरी समग्र इन्जिनियरिङ शिक्षा, अनुसन्धान र नवप्रवर्तनको वातावरण बलियो बनाउने आधारका रूपमा लिनुपर्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए।

"स्वदेशमै उत्कृष्ट इन्जिनियर, अनुसन्धानकर्ता, नवप्रवर्तक र प्रविधि उद्यमी उत्पादन गर्न सक्ने बलियो शैक्षिक इकोसिस्टम निर्माण गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको हो," मन्त्री पोखरेलले भने, "नेपालको उच्च शिक्षा र दक्ष प्राविधिक जनशक्ति विकासको यात्रामा यो एक महत्त्वपूर्ण सुरुवात हो। यसरी नै विश्वका अन्य प्रतिष्ठित शैक्षिक संस्थाहरुसँग पनि सहकार्य हुनेछ।"

छात्रवृत्ति विस्तारदेखि व्यावसायिक तालिम केन्द्रसम्मका सहमति

प्रधानमन्त्री शाहको भारत भ्रमणका अवसरमा जारी संयुक्त दृष्टिकोण पत्रमा शिक्षा तथा सीप विकासका अन्य महत्वपूर्ण विषयहरू पनि समेटिएका छन्।

संयुक्त दृष्टिकोण पत्रअनुसार हाल सञ्चालनमा रहेका छात्रवृत्ति योजनाहरूलाई विस्तार गर्दै अब नेपाली विद्यार्थीहरूका लागि कानुन (ल), प्रविधि (टेक्नोलोजी) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक तथा नयाँ विषयहरूमा थप छात्रवृत्ति र तालिमका अवसरहरू प्रदान गरिनेछ।

यसैगरी, दुई देशका शैक्षिक तथा तालिम संस्थाहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै प्राध्यापक (फ्याकल्टी) र विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिने बताइएको छ।

नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्न भारतको सहयोगमा एक व्यावसायिक तालिम केन्द्र (भोकेसनल ट्रेनिङ इन्स्टिच्युट) स्थापना गरिने भएको छ। उक्त केन्द्रमार्फत नेपाली युवाहरूलाई उत्पादन (म्यानुफ्याक्चरिङ), सेवा (सर्भिसेज) र उद्यमशीलताका क्षेत्रमा आवश्यक व्यावहारिक सीप तथा तालिम प्रदान गरिनेछ।

त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 'नालन्दा केन्द्र' स्थापना गरी नालन्दा विश्वविद्यालयसँग सहकार्य गरिने, नेपालमा आईसीएआर (ICAR) सेन्टर अफ एक्सिलेन्स स्थापना गर्दै दुई देशका कृषि विश्वविद्यालयहरूबीच सम्बन्ध विस्तार गरिने तथा प्रमुख मेडिकल संस्थानहरूबीच विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख छ।

प्रकाशित: ७ मंसिर २०८३ १८:४२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4h ago
भारतले नेपालका लागि घोषणा गर्‍यो २ खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज

भारतले नेपालका लागि घोषणा गर्‍यो २ खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज

नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् ।

#वालेन्द्र #शाह #भारत
Compare →
Bizshala
7h ago
नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा उद्योग परिसंघको सक्रियता, नयाँदिल्लीमा नेपाली राजदूतसँग छलफल

नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा उद्योग परिसंघको सक्रियता, नयाँदिल्लीमा नेपाली राजदूतसँग छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणका क्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)ले दुई देशबीच...

#शाह #भारत #सहकार्य
Compare →
Hamro Patro News
6h ago
नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

प्रधानमन्त्री वालेन्द्र साह मङ्सिर ६ र ७ गते (नोभेम्बर २२–२३, २०२६) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको यो पहिलो औपचारिक भारत भ्रमण हो । यो भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम व...

#वालेन्द्र #भारत
Compare →

Related Stories

World News
Build #2612