Trending
Prev Story
Next Story

कोरला नाकामा दैनिक पुग्छन् सय बढी पर्यटक

Nagarik News •
November 23, 2026 • 12:00 PM
3
3 reads 0 reactions

समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका अवलोकन गर्न दैनिक १०० बढी पर्यटक पुग्ने गरेका छन्।

कोरला नाकामा दैनिक पुग्छन् सय बढी पर्यटक

समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका अवलोकन गर्न दैनिक १०० बढी पर्यटक पुग्ने गरेका छन्।

हिउँदयामको चिसो मौसममा समेत जोमसोम–कोरला सडकमार्ग हुँदै उक्त सङ्ख्या आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) न्हेचुङले जनाएको छ।

पछिल्लो केहीवर्ष यता नेपाल–चीन उत्तरी कोरला नाका आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय केन्द्र बन्दै गएको छ।

जोमसोमदेखि कोरला नाकासम्मको ११० किलोमिटर दूरी तय गर्दै पर्यटकहरु कोरला नाका अवलोकनका लागि आउने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले जानकारी दिए।

सडकमार्ग हुँदै कोरला नाका आएका पर्यटकहरुको बीओपी न्हेचुङ चेकपोस्टले दैनिक अभिलेख राख्ने गरेको सशस्त्र प्रहरी निरीक्षक धितालले जानकारी दिए।

भारतीय नाकाबन्दीपछि नेपाल–चीन कोरला नाकामा  पर्यटकीय चहलपहल सुरु हुन थालेको हो। राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुन थालेपछि कोरलानाका अवलोकन गर्न पर्यटकहरु उपल्लो मुस्ताङ पुग्ने गरेका छन्।

हिउँदयाम सुरु भएसँगै उपल्लो मुस्ताङको तापक्रम माइनसमा झर्न थालेको छ। नाका क्षेत्रमा झनै अत्यधिक चिसो बढेको छ।

यद्यपि अत्यधिक चिसोको प्रवाह नगरी आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेका छन्। गर्मीयाममा भने कोरला नाका अवलोकन गर्ने उल्लेख्ख सङ्ख्यामा पर्यटकहरु त्यहाँ पुग्ने गर्छन्।

कोरला नाका अवलोकन गर्न पुगेका पर्यटकहरुले नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित २४ नं सिमास्तम्भ नजिक फोटो भिडियो र टिकटक आदि बनाउने गर्छन्। हिउँदयामको मौसममा कोरला नाकामा पर्यटक तथा व्यापारिक चहलपहलको रौनक देखिन्छ।

कोरला नाकामा पर्यटक लक्षित करिब १०० बढी त्रिपालमुनि व्यापार गर्न बसेका स्थानीयहरु छन्। उनीहरु दैनिक आलोपालो सवारी सङ्ख्याको अनुपात मिलाएर नाकामा आएका पर्यटकहरुलाई चिनियाँ सामान बिक्री गर्ने गर्छन्।

गत असोज ११ गतेको भारी हिमपातले कोरला नाकाको सीमाक्षेत्रमा हिउँ पग्लिएर हिलाम्मे भएकाले सवारीसाधन, मालवाहक कन्टेनर र पर्यटकहरुलाई निकै असहज भएको छ।

कोरला नाका अवलोकन गर्न आउने पर्यटकहरुले चीनतर्फको ठूला–ठूला भौतिक संरचना देखेर खिन्न हुने गर्छन्।

नेपालतर्फ भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुख्खा बन्दरगाह एकीकृत सुरक्षा पोस्टलगायत व्यापारिक प्रतिष्ठानका पूर्वाधार नहुँदा नेपालतर्फको व्यवस्थापनमा चुनौती बनेको छ।

कोरला नाकामा विद्युत्, इन्टरनेटको सुविधा नहुँदा त्यहाँ पुग्ने पर्यटकलाई समस्या देखिएको लोमान्थाङ–५ का तेञ्जिङ गुरुङले दुखेसो सुनाए।

नाकामा बोरिङबाट पानी निकाल्ने व्यवस्था गरिएको भए पनि अझै कोरलानाकामा खानेपानीको समस्या यथावत रहेको उहाँको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको पहुँच पुर्‍याएपनि नाकामा विद्युत् वितरण हुन नसकेकाले पर्यटक, कन्टेनर चालक र स्थानीय व्यापारीहरुलाई समस्या रहेको उनको भनाइ छ।रासस

प्रकाशित: ७ मंसिर २०८३ १७:४५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
कोरला नाकामा बढ्न थाले पर्यटक

कोरला नाकामा बढ्न थाले पर्यटक

७ मङ्सिर, मुस्ताङ । समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका अवलोकन गर्न दैनिक १०० बढी पर्यटक पुग्ने गरेका छन् । हिउँदयामको चिसो मौसममा समेत जोमसोम–कोरला सडकमार्ग हुँदै उक्त सङ्ख्या आन्तरिक …

#कोरला #पर्यटक #नाका
Compare →
Bizshala
1d ago
कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी, भन्सारको वार्षिक लक्ष्य पनि नाघ्यो

कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी, भन्सारको वार्षिक लक्ष्य पनि नाघ्यो

काठमाण्डौ । चीनसँग जोडिएको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को संख्या ह्वात्तै...

#कोरला #नाका
Compare →
Hamro Patro News
1d ago
कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात

कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात

कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात रसुवागढी नाका बन्द भएपछि कोरलानाबाट आयात बढ्दा मुस्ताङ भन्सारले चार महिनामै १२ अर्ब ५५ करोड रुपैयाँ राजस्व उठायो। मंसिर ६, २०८३ रासस नेपा...

#कोरला #नाका
Compare →
Ekantipur
21h ago
तातोपानीबाट डेढ लाखमा आइपुग्ने सामान कोरलाबाट ल्याउँदा ६ लाखसम्म लाग्न थाल्यो

तातोपानीबाट डेढ लाखमा आइपुग्ने सामान कोरलाबाट ल्याउँदा ६ लाखसम्म लाग्न थाल्यो

महँगो ढुवानी, चालक अभाव र हिउँले सडक चिप्लो हुँदा व्यापार थप प्रभावित हुनुका साथै व्यवसायीले दु:ख भोग्नुपरेको छ । कोरला नाका पनि चिसो बढेसँगै बन्द हुने हुनाले व्यवसायीलाई अर्को चिन्ता छ

#कोरला #नाका
Compare →

Related Stories

World News
Build #2612