Trending
Prev Story
Next Story

कार्तिक पूर्णिमामा कपिलवस्तुका ७ पालिकाले दिए बिदा

Nagarik News •
November 23, 2026 • 12:13 PM
3
3 reads 0 reactions

कार्तिक शुक्ल पूर्णिमाको अवसरमा सोमबार कपिलवस्तुका ७ पालिकाले बिदा दिएका छन्।

कार्तिक पूर्णिमामा कपिलवस्तुका ७ पालिकाले दिए बिदा

कार्तिक शुक्ल पूर्णिमाको अवसरमा सोमबार कपिलवस्तुका ७ पालिकाले बिदा दिएका छन्। १० पालिका रहेको कपिलवस्तुमा ७ पालिकाले बिदा दिएको हो।

पूर्णिमा र नाहान मेलाका लागि भन्दै, कृष्णनगर कपिलवस्तु र शिवराज नगरपालिका एवं मायादेवी, शुद्धोदन यशोधरा र वीजयनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।

यस्तै बुद्धभूमी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सन्दीप पाण्डेयले समेत सूचना जारी गर्दै वडामा समेत स्थानीय बिदा दिएका छन्। कार्तिक पूर्णिमाका दिन जिल्लाको १९स्थानमा मेला लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पालिकाहरूले आइतबार सूचना जारी गर्दै पालिकाका सबै कार्यालय र विद्यालय बन्द हुने बताएका छन्। अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द हुने जनाइएको छ।

कार्तिक शुक्ल पूर्णिमाका दिन सदरमुकाम तौलिहवानजिक रामघाटमा ठूलो मेला लाग्ने गर्छ। त्यस्तै लक्ष्मणघाट, सीताघाट, बर्गदीघाट र सन्तघाटमा पनि मेला लाग्ने गर्छ।

तराईमा कार्तिक शुक्ल पूर्णिमालाई ठूलो पर्वका रूपमा मानिन्छ। कपिलवस्तुका १० पालिका मध्ये बुद्धभूमी बाणगंगा र महाराजगन्ज नगरपालिकाले भने बिदा दिएको छैन।

प्रकाशित: ७ मंसिर २०८३ १७:५८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
मुसिकोट नगरपालिकामा आज सार्वजनिक बिदा

मुसिकोट नगरपालिकामा आज सार्वजनिक बिदा

७ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरकार्यपालिकाको बैठकले बैकुण्ठ चतुर्दशीका दिन पर्ने मालिकाको पूर्णिमा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको वडानम्बर–६ कुर्घामा रहेको मालिका मन्दिरमा पूर्णिमा मेला …

#पूर्णिमा #पालिका #बिदा
Compare →
Hamro Patro News
1d ago
पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ । महानगरपालिकाले मङ्सिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । स...

#पालिका
Compare →
Ekantipur
3d ago
एमालेबाट निर्वाचित पालिका प्रतिनिधिलाई ओलीको निर्देशन : मुस्कानसहितको सेवा दिनुस्

एमालेबाट निर्वाचित पालिका प्रतिनिधिलाई ओलीको निर्देशन : मुस्कानसहितको सेवा दिनुस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनका लागि तयारीमा रहन भन्दै कहीँकतै विगतमा कमजोरी भएका रहेछन् भने हतारहतार मिलाउन निर्देशन दिए ।

#पालिका
Compare →

Related Stories

Education & Youth
Build #2612