महँगो ढुवानी, चालक अभाव र हिउँले सडक चिप्लो हुँदा व्यापार थप प्रभावित हुनुका साथै व्यवसायीले दु:ख भोग्नुपरेको छ । कोरला नाका पनि चिसो बढेसँगै बन्द हुने हुनाले व्यवसायीलाई अर्को चिन्ता छ
काठमाडौं — सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका बन्द भएपछि नेपाल–चीन व्यापारको चाप मुस्ताङको कोरला नाकामा बढेको छ । तर लामो दूरीका कारण तातोपानीको भन्दा ढुवानी खर्च चार गुणासम्म बढेको छ । तातोपानी हुँदै डेढ लाख रुपैयाँमा काठमाडौं आइपुग्ने सामान कोरला नाकाबाट ल्याउँदा ५ देखि ६ लाख रुपैयाँ खर्चिनुपरेको छ ।
महँगो ढुवानी, चालक अभाव र हिउँले सडक चिप्लो हुँदा व्यापार थप प्रभावित हुनुका साथै व्यवसायीले दु:ख भोग्नुपरेको छ । कोरला नाका पनि चिसो बढेसँगै बन्द हुने हुनाले व्यवसायीलाई अर्को चिन्ता छ ।