Trending
Prev Story
Next Story

अयोध्याबाट आउन लागेको रेल र तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागतको तयारी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

७ मंसिर, जनकपुधाम। नेपाल-भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने जनकपुरधाम अयोध्या रेलसेवा प्रारम्भको तयारी छ । राजकीय भारत भ्रमणमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्दैछन्। उद्घाटनसँगै …

अयोध्याबाट आउन लागेको रेल र तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागतको तयारी

७ मंसिर, जनकपुधाम। नेपाल-भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने जनकपुरधाम अयोध्या रेलसेवा प्रारम्भको तयारी छ । राजकीय भारत भ्रमणमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्दैछन्।

उद्घाटनसँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामको लागि प्रस्थान गर्ने छ । यसले दुई देशको रोटीबेटी सम्बन्धलाई थप बलियोसँगै धार्मिक तथा सांस्कृतिक तीर्थाटनमा ठूलो टेवा पुग्ने विश्वास छ । अयोध्या अर्थात् भगवान रामको जन्मभूमि र आदर्शनारी जानकीको ससुराल हो भने जनकपुरधाम जानकीको माइत र रामको ससुराल। यसले त्रेताकालीन सम्बन्धलाई प्रगाढ बनाउने विश्वास लिइएको छ।

उद्घाटनसँगै जनकपुरधाम आउन लागेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई भव्य स्वागतको तयारी पनि छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार अयोध्याबाट हिडेको रेल मंगबार बिहान सवा ९ बजे जनकपुरधाम आइपुग्ने समय तालिका छ । जनकपुर रेल्वे स्टेशनमा आइपुग्ने रेललाई ठाउँठाउँमा स्वागतको तयारी छ।

सरयू कमला एक्सप्रेसको १७ डब्बामा एक हजार बढी तीर्थ यात्री आउने अनुमान गरिएको छ । ‘रेल्वे स्टेशनमा रेल र आउनु हुने तीर्थ यात्रीलाई जनकपुरधाम बासीसहित हामीले भव्य रुपमा स्वागत गर्ने तयारी छ । त्यसको लागि विभिन्न प्रवन्धसँगै यहाँ सांस्कृतिक कार्यक्रम पनि राखेका छौं’ उनले अनलाइखबरसँग भने ।

उनका अनुसार यहाँ स्वागत सत्कार पश्चात तीर्थ यात्रीहरु जानकी मन्दिर लगायतमा पूजाआजा तथा दर्शन गर्ने छन् । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार यहाँ आउने पर्यटकहरूलाई दर्शन पूजाको व्यवस्था गरिएको छ । मन्दिरमा हुनेहरूलाई स्वागत समेत गरिने उनको भनाइ छ ।

‘अयोध्याबाट आउनु हुने श्रद्धालुहरुलाई जानकी मन्दिरमा दर्शन पूजाको व्यवस्थापनमा हामी जुटेका छौं । उहाँहरुलाई हामीले स्वागत पनि गर्छौं’ उनले भने । केही मन्दिरहरु घुमेर तीर्थ यात्रीहरु पुन: साढे १२ बजेसम्म रेल्वे स्टेशनमा फर्किनु पर्ने छन्। तीथ यात्रीलाई स्टेशनमा खाजाको व्यवस्था गरिँदै छ । खाजा खुवाएर पुन: उनीहरुलार्य बिदाइ गर्ने तालिका रहेको सञ्चालक प्रबन्धक पराजुलीले बताए ।

‘रेल दिउँसो १ बजेसम्म फर्किने समय तालिका छ । तीन घण्टाको अवधिमा यात्रुहरु जति सक्नु हुन्छ उहाँहरु जनकपुरधामको अवलोकन गरेर फेरि फर्किनुपर्ने हुन्छ’ उनले भने ।

रेल आउने तयारीको लागि सुरक्षा तथा ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले पनि तयारी गरिरहेको छ ।

‘रेल आउँदा दिनुपर्ने सुरक्षा र ट्राफिक व्यवस्थापनको कामको तयारीमा हामी लागिरहेका छौं’ धनुषाका सहाक प्रमुख जिल्ला अधिकारी भुदेव झाले भने ।

आज सुरु भएको रेल सेवा संचालनका लागि गत कात्तिक १९ गते परीक्षण गरिएको थियो । अयोध्याबाट डब्ल्यु डी पी ४ डी ४०४०३ नम्बरको दुई इञ्जिन र सात बोगी भएको भारतीय विशेष रेल भारत जयनगरदेखि जनकपुरधामको कुर्था स्टेशनसम्म परीक्षण गरिएको थियो ।

अहिले रेल सप्ताहिक रुपमा यो भारतीय रेलले सुविधा दिने छ । पर्यटकको संख्या बढ्दै गए पुन: यसबारे नेपाल र भारत पक्षले पुनर्विचार गर्ने जनाएको छ ।

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1h ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#बालेन-शाह #अयोध्या #जनकपुरधाम
Compare →
Bizshala
1h ago
जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

काठमाण्डौ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ।...

#बालेन-शाह #अयोध्या #भारत
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

#बालेन-शाह #जनकपुरधाम #भारत
Compare →
Ekantipur
2h ago
गुड्यो अयोध्या–जनकपुर रेल

गुड्यो अयोध्या–जनकपुर रेल

रामायण सर्किटअन्तर्गत सुरु भएको रेलले तीर्थयात्रीलाई सहजता दिने र मिथिला चित्रकलालाई नेपाल–भारतमा नयाँ बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ।

#भारत #अयोध्या #रेल
Compare →
Hamro Patro News
7h ago
आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता:  हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता: हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमण आज महत्वपूर्ण कूटनीतिक मोडमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँदिल्लीमा हुने उच्चस्तरीय वार्ताले नेपाल–भार...

#बालेन-शाह #भारत
Compare →

Related Stories

World News
Build #2612