Trending
Prev Story
Next Story

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक मंसिर २६ गते काठमाडौंमा हुने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

७ मंसिर, काठमाडौं । रोयल इन्फिल्डले आफ्नो सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बर १२ (मंसिर २६) मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो । भारतका …

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक मंसिर २६ गते काठमाडौंमा हुने

७ मंसिर, काठमाडौं । रोयल इन्फिल्डले आफ्नो सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बर १२ (मंसिर २६) मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो ।

भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको हन्टरहुड संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने महोत्सव हो । काठमाडौंमा आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहनेछ ।

दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय चर्चित र्‍यापर डिभाइन मुख्य आकर्षणका रूपमा रहनेछन् । उनले नेपाली र्‍यापर साकारसँगै प्रस्तुति दिनेछन् । त्यस्तै, नेपाली ब्यान्ड कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीले पनि सांगीतिक प्रस्तुति दिनेछन् । नेपाल हिपहप फाउन्डेसनको सहभागिताले नेपाली हिपहप संस्कृतिलाई समेत महोत्सवमा विशेष स्थान दिइने कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकलको सहरी जीवनशैली र व्यक्तिगत अभिव्यक्तिको अवधारणाबाट सुरु गरिएको हन्टरहुडलाई युवा, कलाकार, स्केटर तथा सिर्जनात्मक समुदायलाई जोड्ने उत्सवका रूपमा विकास गरिएको कम्पनीको भनाइ छ । काठमाडौंको मौलिक कला, संगीत र बढ्दो सहरी संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले नेपाललाई आयोजना स्थलका रूपमा छनोट गरिएको हो ।

महोत्सवमा संगीतसँगै स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल र बास्केटबललगायतका गतिविधि पनि सञ्चालन हुनेछन् । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहकार्यमा स्केटपार्कका गतिविधि सञ्चालन गरिनेछ । स्केटरहरूका लागि ‘क्यास फर ट्रिक्स’ चुनौतीसमेत राखिएको छ । यसमा सहभागीले आफ्नो सीप प्रदर्शन गरी पुरस्कार जित्न सक्ने आयोजकले जनाएको छ।

त्यस्तै, एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा फ्रिस्टाइल फुटबल, बास्केटबल, रियाक्सन क्याच, हिट द क्यान र गिल्ली डण्डालगायतका खेल सञ्चालन हुनेछन् । आयोजकका अनुसार यी गतिविधिमा दर्शकले समेत सहभागी हुन पाउनेछन् ।

नेपाली परम्परागत कला र आधुनिक सिर्जनात्मक प्रस्तुतिलाई पनि महोत्सवमा समेटिएको छ । लाखे नाच, भैरव तथा काली नृत्य र ओटाकु जात्राको कस्प्ले प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकको अपेक्षा छ । यसका साथै टोट ब्याग प्रिन्टिङ, क्याप कस्टमाइजेसन, चार्म निर्माण र परम्परागत मुखौटा बनाउने कार्यशालासमेत सञ्चालन हुनेछन् । सहभागीले ट्याटु तथा फेस पेन्टिङको अनुभव पनि लिन सक्नेछन् ।

स्थानीय फेसन तथा सिर्जनात्मक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा विशेष फ्ली मार्केटसमेत रहनेछ । उक्त बजारमा विभिन्न नेपाली ब्रान्डका पोसाक, एसेसरिज तथा सिर्जनात्मक उत्पादनसँगै रोयल इन्फिल्डका पोसाक र एसेसरिज उपलब्ध हुनेछन् ।

खानाका पारखीका लागि पनि विभिन्न परिकार तथा पेय पदार्थका स्टल राखिनेछन् । आयोजकका अनुसार महोत्सवले संगीत, कला, संस्कृति, खेलकुद, फेसन र खानाको विविधतालाई एउटै थलोमा प्रस्तुत गर्नेछ ।

कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालबाट खरिद गर्न सकिनेछ । टिकटको मूल्य ३५० रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
4h ago
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा, डिसेम्बर १२ मा आयोजना हुने

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा, डिसेम्बर १२ मा आयोजना हुने

काठमाडौं। रोयल इन्फिल्डले आफ्नो सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने भएको छ।...

#काठमाडौं #हन्टरहुड #महोत्सव
Compare →
Ekantipur
1d ago
'सुदूरपश्चिम साहित्य महोत्सव' मंसिर २६ देखि

'सुदूरपश्चिम साहित्य महोत्सव' मंसिर २६ देखि

नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा आयोजना गर्ने दुईदिने महोत्सवमा सुदूरपश्चिमको साहित्य, सिर्जना, पर्यापर्यटन, शिक्षा, सेती–महाकालीका कथा, भूगोल, इतिहास, समाज र संस्कृति लगायतका विषयमा अन्तरसंवाद तथा विमर्श गरिनेछ ।

#आयोजना #महोत्सव #मंसिर
Compare →
Hamro Patro News
9h ago
यस्तो छ तपाईँको आज

यस्तो छ तपाईँको आज

काठमाडौं- आज २०८३ मंसिर ७ गते सोमवार, तद्अनुसार २३ नोभेम्बर २०२६, नेपाल संवत् ११४७ कछलाथ्व चतुर्दशी । आज कार्तिक शुक्ल चतुर्दशी, वरियान गर भरणी, बैकुण्ठ चतुर्दशी, रुद्री जुर्ने साइत, सूर्योदय बिहान...

#काठमाडौं #मंसिर
Compare →
Nagarik News
9h ago
गण्डकी परिक्रमा महोत्सव आजदेखि

गण्डकी परिक्रमा महोत्सव आजदेखि

प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ।

#आयोजना #महोत्सव
Compare →

Related Stories

National (Nepal)
Build #2612