Trending
Prev Story
Next Story

'सुदूरपश्चिम साहित्य महोत्सव' मंसिर २६ देखि

Ekantipur •
November 22, 2026 • 09:03 AM
3
3 reads 0 reactions

नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा आयोजना गर्ने दुईदिने महोत्सवमा सुदूरपश्चिमको साहित्य, सिर्जना, पर्यापर्यटन, शिक्षा, सेती–महाकालीका कथा, भूगोल, इतिहास, समाज र संस्कृति लगायतका विषयमा अन्तरसंवाद तथा विमर्श गरिनेछ ।

'सुदूरपश्चिम साहित्य महोत्सव' मंसिर २६ देखि

नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा आयोजना गर्ने दुईदिने महोत्सवमा सुदूरपश्चिमको साहित्य, सिर्जना, पर्यापर्यटन, शिक्षा, सेती–महाकालीका कथा, भूगोल, इतिहास, समाज र संस्कृति लगायतका विषयमा अन्तरसंवाद तथा विमर्श गरिनेछ ।

काठमाडौँ — सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र सामाजिक विविधतालाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने 'सुदूरपश्चिम साहित्य महोत्सव–२०८३' आयोजना गर्ने भएको छ।

मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा आयोजना हुने महोत्सवमा सुदूरपश्चिमको साहित्य, सिर्जना, पर्या–पर्यटन, शिक्षा, सेती–महाकालीका कथा, भूगोल, इतिहास, समाज र संस्कृतिलगायतका विषयमा अन्तरसंवाद तथा विमर्श गरिनेछ।

महोत्सवमा डेढ दर्जनभन्दा बढी सत्र सञ्चालन हुनेछन् । सुदूरपश्चिमका मौलिक ज्ञान, लोकसाहित्य, भाषा, संस्कृति र सामाजिक अनुभवलाई उजागर गर्नुका साथै यहाँको साहित्यिक सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

महोत्सवमा प्रदेशका नौवटै जिल्लाका कवि तथा गजलकारको सहभागितामा कविता र गजल साँझ आयोजना गरिनेछ। यस्तै, हुड्केली, छलिया, होरी, देउडा र सखियालगायतका मौलिक सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने कार्यक्रम छ। साहित्य लेखन कार्यशाला, पुस्तक विमोचन तथा साहित्य, इतिहास र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुति पनि महोत्सवका आकर्षण रहनेछन्।

महोत्सवमा लेखक, साहित्यकार, बुद्धिजीवी, संस्कृतिकर्मी, शिक्षाविद्, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ। गोपाल हमाल, हेमराज पन्त,  लोकबहादुर विष्ट, पद्मराज जोशी, गोकर्ण अवस्थी, उमादेवी वादी, रक्षा बम, इन्दु थारू, राज सरगम, तुलसी शर्मा, मिलन पाण्डे, महेशविक्रम शाह, केशव दाहाल, विप्लव प्रतीक, राजकुमार बानियाँ, अस्मिता विष्ट, शैलेन्द्र अधिकारी, बाबु त्रिपाठी, विश्व सिग्देल र प्रज्वल अधिकारी लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ।

महोत्सवमा आख्यानकार नारायण ढकालले 'नेपाली साहित्य हिँडेको बाटो' शीर्षकमा विद्वत् प्रवचन दिने कार्यक्रमसमेत रहेको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा महोत्सवका केन्द्रीय संयोजक दीपक सापकोटाले महोत्सवले सुदूरपश्चिमका सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनमा योगदान पुर्‍याउने बताए । प्रदेशको मौलिक पहिचान र सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउन महोत्सव कोशेढुंगा बन्ने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
20h ago
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म

जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुद...

#सुदूरपश्चिम #देखि
Compare →
Bizshala
8h ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#सुदूरपश्चिम
Compare →
Nagarik News
20h ago
मुन्सीको शतकमा सुदूरपश्चिम बन्यो एनपिएल सिजन-३ च्याम्पियन

मुन्सीको शतकमा सुदूरपश्चिम बन्यो एनपिएल सिजन-३ च्याम्पियन

लगातार तेस्रो प्रयासमा उपाधि खडेरी तोड्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

#सुदूरपश्चिम
Compare →

Related Stories

Education & Youth
Build #2612