Trending
Prev Story
Next Story

कंगोमा इबोला प्रभावित क्षेत्रनजिकै भीषण भिडन्त, प्रतिकार्य प्रयास अवरुद्ध

Ekantipur •
November 23, 2026 • 07:03 AM
4
4 reads 0 reactions

र गत मे १५ मा महामारी घोषणा भएयता ११ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ

कंगोमा इबोला प्रभावित क्षेत्रनजिकै भीषण भिडन्त, प्रतिकार्य प्रयास अवरुद्ध

र गत मे १५ मा महामारी घोषणा भएयता ११ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ

किन्शासा — प्रजातान्त्रिक गणतन्त्र कंगोको इटूरी प्रान्तस्थित एक अस्पतालनजिकै भएको भीषण भिडन्तका कारण इबोला प्रतिकार्य प्रयास अवरुद्ध भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् ।

आइतबार उनले भिडन्तका कारण स्वास्थ्यकर्मी तथा सहायता साझेदारहरू २४ घण्टाभन्दा बढी समयदेखि प्रसूति कक्षभित्र आश्रय लिन बाध्य भएको जानकारी दिए ।

सामाजिक सञ्जाल 'एक्स' मार्फत टेड्रोसले इबोला संक्रमण सुरु भएको क्षेत्रनजिकै झडप भइरहेको बताए । यसले बिरामी, तिनका परिवार र स्वास्थ्यकर्मीलाई 'गम्भीर जोखिम' मा पारेको उनको भनाइ छ ।

गत अक्टोबरको अन्त्यदेखि पूर्वी कंगोभर आक्रमणका घटना बढेको र त्यसले इबोला प्रतिकार्यमा गम्भीर असर पारेको उनले उल्लेख गरे ।

टेड्रोसका अनुसार डब्लूएचओले स्वास्थ्य संस्थामा फसेका कर्मचारीको सुरक्षित उद्धारका लागि मानवीय साझेदारहरूसँग समन्वय गरिरहेको छ । साथै उनले अस्पतालका कर्मचारी, बिरामी र स्वास्थ्य संस्थाको सुरक्षाका लागि अपिलसमेत गरेका छन् ।

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलालाई महामारी घोषणा  गरिएको ६ महिना बितिसक्दा पनि यो भाइरस अझै नियन्त्रणबाहिर छ । त्यहाँ संक्रमित र मृतकको संख्या तिव्र गतिमा बढिरहेको छ ।

सरकारी तथ्यांकअनुसार गत मे १५ मा महामारी घोषणा भएयता ११ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो शनिबार सार्वजनिक गरिएको स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार कंगोमा हालसम्म ११ हजार ६१३ जनामा इबोला संक्रमण पुष्टि भएको छ । मंसिर ६, २०८३ क...

#इबोला #कंगो
Compare →
Nagarik News
1w ago
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।

#भीषण
Compare →

Related Stories

World News
Build #2612