Trending
Prev Story
Next Story

उग्रतारा देहीजाँतमा अमरगढीमा सार्वजनिक बिदा

Ekantipur •
November 23, 2026 • 06:32 AM
6
6 reads 0 reactions

मंसिर ८ गते नगर क्षेत्रका वडा कार्यालय, शिक्षण तथा स्वास्थ्य संस्था र सेवा केन्द्रहरू बन्द रहने नगरपालिकाले जनाएको छ।

उग्रतारा देहीजाँतमा अमरगढीमा सार्वजनिक बिदा

मंसिर ८ गते नगर क्षेत्रका वडा कार्यालय, शिक्षण तथा स्वास्थ्य संस्था र सेवा केन्द्रहरू बन्द रहने नगरपालिकाले जनाएको छ।

डडेल्धुरा — डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा लाग्ने देहीजाँतका अवसरमा अमरगढी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले मंगलबार मंसिर ८ गते नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने भएको हो।

अमरगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै देहीजाँतका दिन नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा सेवा केन्द्रहरूमा बिदा रहने जनाएको छ।

नगरपालिकाले प्रत्येक वर्ष उग्रतारा मन्दिरमा लाग्ने देहीजाँतका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ। सोही परम्पराअनुसार यस वर्ष पनि मंसिर ८ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

देहीजाँत उग्रतारा मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका अवसरमा लाग्ने डडेल्धुराको प्रसिद्ध धार्मिक मेला हो। मेलामा डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट श्रद्धालु तथा दर्शनार्थीहरू आउने गर्छन्। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्तराज पन्तले बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
मुसिकोट नगरपालिकामा आज सार्वजनिक बिदा

मुसिकोट नगरपालिकामा आज सार्वजनिक बिदा

७ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरकार्यपालिकाको बैठकले बैकुण्ठ चतुर्दशीका दिन पर्ने मालिकाको पूर्णिमा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको वडानम्बर–६ कुर्घामा रहेको मालिका मन्दिरमा पूर्णिमा मेला …

#नगरपालिका #बिदा
Compare →
Nagarik News
4d ago
मंसिर ४ गते सुन्दरबजार नगरपालिकामा सार्वजनिक बिदा

मंसिर ४ गते सुन्दरबजार नगरपालिकामा सार्वजनिक बिदा

सुन्दरबजार नगरपालिकाले हरिबोधनी एकादशीका अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

#नगरपालिका #बिदा
Compare →
Hamro Patro News
6d ago
सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आगामी मङ्सिर ८ गते लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्र...

#उग्रतारा
Compare →

Related Stories

Health & Wellness
Build #2612