Trending
Prev Story
Next Story

नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

Ekantipur •
November 23, 2026 • 06:32 AM
5
5 reads 0 reactions

गिद्धको संरक्षण, अनुसन्धान तथा वातावरणीय शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले नवलपुरको कावासोती नगरपालिका–७ मा स्थापना गरिएको ‘जटायु लर्निङ सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको सञ्चालक डिबी चौधरीले बताए ।

नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

गिद्धको संरक्षण, अनुसन्धान तथा वातावरणीय शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले नवलपुरको कावासोती नगरपालिका–७ मा स्थापना गरिएको ‘जटायु लर्निङ सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको सञ्चालक डिबी चौधरीले बताए ।

नवलपुर — नेपालमै पहिलो पटक लोपोन्मुख प्रजातिमा पर्ने गिद्धबारे अध्ययन तथा अवलोकन गर्न छुट्टै सिकाइ केन्द्र सञ्चालनमा आएको छ ।

गिद्धको संरक्षण, अनुसन्धान तथा वातावरणीय शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले नवलपुरको कावासोती नगरपालिका–७ मा स्थापना गरिएको ‘जटायु लर्निङ सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको सञ्चालक डिबी चौधरीले बताए ।

चौधरीका अनुसार जटायु सिकाइ केन्द्रमा गिद्धको पारिस्थितिक महत्व, वातावरणीय सन्तुलनमा यसको भूमिका, संरक्षणका चुनौती र भइरहेका प्रयासबारे जानकारी दिने प्रदर्शनी तयार गरिएको छ । ‘यो लर्निङ सेन्टरमा गिद्धका बारेमा सबै खाले जानकारी पाइन्छ,’ चौधरीले भने, ‘यसले विद्यार्थी, अनुसन्धानकर्ता, संरक्षणकर्मी तथा सर्वसाधारणलाई गिद्ध संरक्षणबारे अध्ययन, अवलोकन र जानकारी हासिल गर्ने अवसर प्रदान गर्नेछ ।’

विगत २० वर्षदेखि गिद्धको अनुसन्धान तथा संरक्षणमा योगदान पु¥याउँदै आएको जटायु रेस्टुरेन्ट परिसरमा यो केन्द्र स्थापना गरिएको हो । जटायु रेस्टुरेन्टको अनुभवी टोलीले हासिल गरेको ज्ञान, सीप र अनुभवलाई वातावरणीय शिक्षासँग जोड्दै संरक्षणसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्य केन्द्रले राखेको चौधरीले बताए ।

केन्द्रमा तयार गरिएको प्रदर्शनीले गिद्धको महत्त्वसँगै जैविक विविधता र वातावरण संरक्षणको आवश्यकताबारे समेत जानकारी दिनेछ । ‘नेपालमा मात्र नभई विदेशमा पनि गिद्धबारे निकै चासो छ । विदेशबाट समेत गिद्धबारे जान्न निकै चासो देखिएपछि हामीले यो सिकाइ केन्द्र स्थापना गरेका हौँ,’ चौधरीले भने । विभिन्न साझेदार संस्था तथा संरक्षण क्षेत्रमा क्रियाशील व्यक्तिहरूको ज्ञान, अनुभव र सहयोगमा केन्द्र स्थापना गरिएको उनको भनाइ छ ।

ललितपुरको झम्सीखेलमा रहेको ’फोटो सर्कल’को आर्थिक एवं प्राविधिक व्यवस्थापनमा जटायु लर्निङ सेन्टर स्थापना भएको हो । फोटो सर्कलकी सृष्टि श्रेष्ठले लोपोन्मुख गिद्धको संरक्षणका लागि सिकाइ केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘वातावरण संरक्षणमा गिद्धको निकै महत्वपूर्ण भूमिका छ, यसबारे जनचेतना फैलाउन आवश्यक ठानेर नै हामीले यो सिकाइ केन्द्र स्थापना गरेका हौँ,’ श्रेष्ठले भनिन् ।

जटायु रेस्टुरेन्ट सञ्चालनको २० वर्षको अनुभव र त्यहाँ प्राप्त ज्ञानलाई सबैसँग बाँड्ने योजनाका साथ केन्द्र सञ्चालनमा ल्याइएको उनले स्पष्ट पारिन् । ‘गिद्धको संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका छ,’ उनले थपिन्, ‘यस ठाउँका विद्यार्थी तथा सर्वसाधारणलाई समेत संरक्षणमा निरन्तर लाग्ने प्रेरणा दिन सिकाइ केन्द्रको स्थापना गरेका हौँ ।’

कुनै समय अशुभको प्रतीक मानिने गिद्ध अहिले संरक्षणको सफल उदाहरण बन्दै गएको छ । सिनो खाने प्राणी भन्दै घृणाको दृष्टिले हेरिने गिद्धको संख्या घट्दै गएपछि पूर्वी नवलपरासीको कावासोती–१३ पिठौलीमा समुदायस्तरबाट सुरु भएको संरक्षण अभियानले दुई दशकमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

सन् २००६ मा पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्टले गिद्ध संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । दक्षिण एसियाकै पहिलो समुदायस्तरको गिद्ध संरक्षण केन्द्रका रूपमा स्थापित जटायु रेस्टुरेन्टले लोपोन्मुख गिद्धको संरक्षण, आहारा व्यवस्थापन र प्रजननमा सहयोग गर्दै आएको छ । स्थापना भएको वर्ष सन् २००६ मा यहाँ ७१ वटा गिद्ध गणना गरिएकोमा अहिले उक्त संख्या बढेर ५१७ पुगेको छ । त्यस्तै, सुरुवाती समयमा १७ वटा गुँड रहेकोमा अहिले बढेर १५० पुगेका छन् ।

नेपाल न्युज बैंक नेपालको निजी समाचार एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
सुन्दरीजलको होल्डिङ सेन्टर छाड्न  दबाब, बाढीपीडित भन्छन्, ‘कहाँ जाने, के गर्ने ?’

सुन्दरीजलको होल्डिङ सेन्टर छाड्न दबाब, बाढीपीडित भन्छन्, ‘कहाँ जाने, के गर्ने ?’

सुन्दरीजलको होल्डिङ सेन्टर छाड्न दबाब, बाढीपीडित भन्छन्, ‘कहाँ जाने, के गर्ने ?’ होल्डिङ सेन्टरमा आश्रय दिँदै आएका स्थानीय लामागुरुले तत्काल ठाउँ खाली गर्न भनेपछि पीडितहरू समस्यामा परेका हुन् । म...

#सेन्टर
Compare →
Nagarik News
3d ago
इन्डोनेसियाको डे-केयर सेन्टरकी प्रिन्सिपललाई पाँच वर्ष जेल, ५३ बालबालिकामाथि दु'र्व्यवहार गरेको ठहर

इन्डोनेसियाको डे-केयर सेन्टरकी प्रिन्सिपललाई पाँच वर्ष जेल, ५३ बालबालिकामाथि दु'र्व्यवहार गरेको ठहर

अदालतले अनितालाई ५१ करोड इन्डोनेसियाली रुपिया (करिब ३६ हजार सिंगापुर डलर) जरिवाना पनि सुनाएको छ।

#सेन्टर
Compare →
Onlinekhabar
1w ago
यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

३० कात्तिक, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे …

#कावासोती
Compare →

Related Stories

National (Nepal)
Build #2612