Trending
Prev Story
Next Story

मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशक पदमा आवेदन खुला

Nagarik News •
November 23, 2026 • 04:55 AM
4
4 reads 0 reactions

इच्छुक तथा योग्य उम्मेदवारले व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र र कार्यानुभवको प्रमाणित प्रतिलिपिसहित विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पेस गर्नुपर्नेछ।

मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशक पदमा आवेदन खुला

मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयले सूचना जारी गर्दै ग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, ग्राजुएट स्कुल अफ एजुकेसन, ग्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, ग्राजुएट स्कुल अफ ल, ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट र ग्राजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका लागि एक-एक जना डिन माग गरेको हो।

त्यस्तै, विश्वविद्यालयअन्तर्गतका अनुसन्धान निर्देशनालय र पाठ्यक्रम विकास निर्देशनालयका लागि एक–एक जना निर्देशक नियुक्त गर्न दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ।

मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ तथा विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनिक नियमावली, २०६९ (आठौँ संशोधन) मा भएको कानुनी व्यवस्थाबमोजिम योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदाधिकारी छनोट गर्न लागिएको विश्वविद्यालयले स्पष्ट पारेको छ।

उच्च शिक्षा क्षेत्रमा विगतमा हुँदै आएको राजनीतिक भागबन्डा र नियुक्तिको पुरानो परम्परा तोड्दै योग्यता, क्षमता र खुला प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गर्ने महत्वपूर्ण पहलका रूपमा यस प्रक्रियालाई हेरिएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र र कार्यानुभवको प्रमाणित प्रतिलिपिसहित विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पेस गर्नुपर्नेछ।

प्रकाशित: ७ मंसिर २०८३ १०:४० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
मध्यपश्चिम विश्वविद्यालयले खुलायो डिन र निर्देशक पदमा दरखास्त

मध्यपश्चिम विश्वविद्यालयले खुलायो डिन र निर्देशक पदमा दरखास्त

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सात वटा ग्राजुएट स्कुलका डिन तथा दुई वटा निर्देशनालयका कार्यकारी निर्देशक पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त...

#विश्वविद्यालय #डिन #मध्यपश्चिम
Compare →
Onlinekhabar
2d ago
मप विश्वविद्यालयद्वारा ७ डीन र २ निर्देशक पदमा दरखास्त आह्वान

मप विश्वविद्यालयद्वारा ७ डीन र २ निर्देशक पदमा दरखास्त आह्वान

७ मंसिर, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सात वटा ग्र्याजुएट स्कुलका डीन र दुई वटा निर्देशनालयका कार्यकारी निर्देशक पदहरूमा दरखास्त आह्वान गरेको छ । लामो समयदेखि रिक्त रहेका यी पद पूर्तिका लागि विश्वविद्यालयले सोमबार औपचारिक रूपमा …

#विश्वविद्यालय #निर्देशक #पदमा
Compare →
Ekantipur
1w ago
महेन्द्र नारायण निधि सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

महेन्द्र नारायण निधि सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

निधि भवनको सबै भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । स्थापनाको ९ वर्षदेखि भाडाकै घरमा रहेको विश्वविद्यालयले अत्याधुनिक र धेरै भवनसहितको संरचना पाएको हो ।

#विश्वविद्यालय
Compare →

Related Stories

Education & Youth
Build #2612