Trending
Prev Story
Next Story

मप विश्वविद्यालयद्वारा ७ डीन र २ निर्देशक पदमा दरखास्त आह्वान

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

७ मंसिर, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सात वटा ग्र्याजुएट स्कुलका डीन र दुई वटा निर्देशनालयका कार्यकारी निर्देशक पदहरूमा दरखास्त आह्वान गरेको छ । लामो समयदेखि रिक्त रहेका यी पद पूर्तिका लागि विश्वविद्यालयले सोमबार औपचारिक रूपमा …

मप विश्वविद्यालयद्वारा ७ डीन र २ निर्देशक पदमा दरखास्त आह्वान

७ मंसिर, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सात वटा ग्र्याजुएट स्कुलका डीन र दुई वटा निर्देशनालयका कार्यकारी निर्देशक पदहरूमा दरखास्त आह्वान गरेको छ ।

लामो समयदेखि रिक्त रहेका यी पद पूर्तिका लागि विश्वविद्यालयले सोमबार औपचारिक रूपमा सूचना प्रकाशित गर्नै आवेदन दिन आह्वान गरेको हो ।

विश्वविद्यालयको ऐन तथा नियमावली बमोजिम रिक्त रहेका ती पदहरूमा खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरिने विश्वविद्यालयले जनाएको छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र (मंसिर १३ गते राति १२ः००) उम्मेदवारहरूले दरखास्त दिनुपर्ने बताइएको छ ।

विश्वविद्यालयले ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, ग्र्याजुएट स्कुल अफ एजुकेसन, ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ, ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, ग्र्याजुएट स्कुल अफ ल, ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्ट र ग्र्याजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी का लागि एक–एक जना डिन माग गरिएको हो ।

यस्तै अनुसन्धान निर्देशनालय र पाठ्यक्रम विकास निर्देशनालयका लागि पनि एक–एक जना कार्यकारी निर्देशक पदमा आवेदन माग गरिएको छ । इच्छुक र योग्य उम्मेदवारहरूले सम्बन्धित विषयको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, प्रमाणित कार्य अनुभवको प्रतिलिपि, वैयक्तिक विवरण (बायोडाटा) तथा विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्य योजना पेस गर्नुपर्ने विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
मध्यपश्चिम विश्वविद्यालयले खुलायो डिन र निर्देशक पदमा दरखास्त

मध्यपश्चिम विश्वविद्यालयले खुलायो डिन र निर्देशक पदमा दरखास्त

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सात वटा ग्राजुएट स्कुलका डिन तथा दुई वटा निर्देशनालयका कार्यकारी निर्देशक पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त...

#विश्वविद्यालय #वटा #निर्देशक
Compare →
Ekantipur
2d ago
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

सूचना अनुसार इच्छुक योग्य व्यक्तिले २०८३ मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ ।

#दरखास्त #आह्वान
Compare →
Nagarik News
2d ago
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ।

#दरखास्त #आह्वान
Compare →
Arthasansar
1w ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#दरखास्त #आह्वान
Compare →

Related Stories

Education & Youth
Build #2612