Trending
Prev Story
Next Story

महेन्द्र नारायण निधि सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

Ekantipur •
November 14, 2026 • 06:32 AM
3
3 reads 0 reactions

निधि भवनको सबै भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । स्थापनाको ९ वर्षदेखि भाडाकै घरमा रहेको विश्वविद्यालयले अत्याधुनिक र धेरै भवनसहितको संरचना पाएको हो ।

महेन्द्र नारायण निधि सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

निधि भवनको सबै भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । स्थापनाको ९ वर्षदेखि भाडाकै घरमा रहेको विश्वविद्यालयले अत्याधुनिक र धेरै भवनसहितको संरचना पाएको हो ।

जनकपुर — नेपाल सरकारले जनकपुरमा मुख्यालय रहेको राजर्षी जनक विश्वविद्यालयलाई महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन हस्तान्तरण गरेको छ । जनकपुरमा रहेको निधि भवनमा शैक्षिक र प्रशासनिक काम गर्नेगरी भवन हस्तान्तरण गरिएको हो ।

नेपाल सरकारको शुक्रबारको निर्णयअनुसार निधि भवनको सबै भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । स्थापनाको ९ वर्षदेखि भाडाकै घरमा रहेको विश्वविद्यालयले अत्याधुनिक र धेरै भवनको संरचना रहेको निधि भवन पाएको हो ।

विश्वविद्यालय र महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन दुवैको स्थापनामा भूमिका निर्वाह गरेका पूर्वमन्त्री एवं कांग्रेसका देउवा पक्षीय नेता विमलेन्द्र निधि शनिबार निधि भवनमा पुगेर विश्वविद्यालयका पदाधिकारीहरुसित खुसी साटासाट गरे । उनले आफ्नो इच्छा पनि यी दुवै संस्थालाई एउटै छातामुनि राख्ने रहेको र त्यसअनुसार नै संघीय सरकारले निधि भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेकामा खुसी व्यक्त गरे ।

विश्वविद्यालयले निधि भवनमा मिथिला संस्कृति र परम्परालाई बढावा दिने गतिविधि गर्ने जनाएको छ । विश्वविद्यालयले यसै वर्ष ३ वटा अन्तर्राष्ट्रिय सम्मेलन पनि निधि भवनमै आयोजना गर्ने भएको छ । निधि भवनमा अत्याधुनिक सभाहल, दुईतले प्रशासनिक भवन र अन्य संचरनाहरु छन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2h ago
यूएन पार्क अगाडिको एक भवनमा आगलागी

यूएन पार्क अगाडिको एक भवनमा आगलागी

२८ कात्तिक, काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालित थियो । केहीबेर अघिबाट लागेको आगो अहिले नियन्त्रणमा आएको छ । आगलागीको …

#भवन
Compare →
Hamro Patro News
3h ago
युएन पार्क अगाडिको भवनमा आगलागी

युएन पार्क अगाडिको भवनमा आगलागी

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं. १० को कार्यालयसँगै देब्रेपट्टि रहेको एक घरमा आगलागी भएको छ । शनिबार दिउँसो सो भवनमा आगलागी भएको हो । युएन पार्कको ठिक अगाडि अवस्थित उक्त भवनमा सेकुवालय नामक...

#भवन
Compare →
Nagarik News
22h ago
८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।

#भवन
Compare →

Related Stories

Education & Youth
Build #2612