Trending
Prev Story
Next Story

विश्व मधुमेह दिवस: चालीस प्रतिशतलाई मधुमेह भएको थाहै हुँदैन

Nagarik News •
November 14, 2026 • 05:49 AM
3
3 reads 0 reactions

विश्वका ४० प्रतिशत मानिसलाई आफूलाई मधुमेह लागेको थाहा नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्व मधुमेह दिवस: चालीस प्रतिशतलाई मधुमेह भएको थाहै हुँदैन

तपाईंलाई पनि मधुमेह भएको हुन सक्छ। तपाईंले कि परीक्षण गर्नुभएको छैन कि त देखिएका लक्षणप्रति बेवास्ता गरिरहनुभएको छ। विश्वका ४० प्रतिशत मानिसलाई आफूलाई मधुमेह लागेको थाहा नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनले विश्व मधुमेह दिवसका अवसरमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

समयमै मधुमेह पहिचान नहुने बिरामीको संख्या उल्लेखनीय रहेको इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशी बताउँछन्। उनका अनुसार शरीरमा मधुमेह भएकामध्येमा ५० प्रतिशत बिरामीमा सुरुमै लक्षण नदेखिने हुनाले अहिले पनि मधुमेहले अन्य अंगमा असर गरेपछि मात्र उपचारमा आइपुग्छन्।

उनी भन्छन्, ‘कतिपय आँखा वा मिर्गौलामा असर गरेपछि या अन्य रोगले सताएपछि मधुमेह जाँच गर्न आउँछन्, त्यतिबेला ढिला भइसकेको हुन्छ’, उनले भने। पछिल्लो समय वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्ने चलनका कारण समयमै परीक्षण गर्नेको संख्या बढ्दै गएको डा. जोशीको अनुभव छ।

वीर अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. दीपक मल्लको अनुभवमा यो विभागमा उपचारमा पुगेकामध्येमा ५० प्रतिशत बिरामी ढिला गरी परीक्षण गर्न पुगेका छन्। उनीहरू शल्यक्रिया गर्नुअघि शरीरको स्वास्थ्य परीक्षण गर्ने क्रममा मिर्गौला, आँखा, खुट्टा र नशामा असर गरिसकेपछि मात्र उपचारमा आइपुग्ने उनको भनाइ छ। डा. मल्ल भन्छन्, ‘अरू रोगको शल्यक्रिया गर्न ठिक्क पारेको बेला स्वास्थ्य परीक्षण गर्दा मधुमेह भएको थाहा भएपछि हाम्रो विभागमा आइपुग्छन्’, उनले भने।

पछिल्लो समय सामाजिक सञ्जालको प्रभावका कारण युवा पुस्ताले समयमै मधुमेह परीक्षण गर्न थालेको उनको अनुभव छ। तर दैनिक व्यस्त जीवनशैली भएका, व्यायाम नगर्ने र गलत जीवनशैली अपनाइरहेका युवा पुस्ता भने युवा उमेरमै मधुमेहको सिकार भएको पाइएको उनी बताउँछन्। स्वास्थ्य परीक्षण गर्न जानेहरू उपत्यकाभित्रकै बढी भएको उनले जानकारी दिए।

चिकित्सकका अनुसार शरीरमा मधुमेह भएमा सुरुमै लक्षण नदेखिने तर लक्षण देखिने बेलासम्म शरीरका अन्य अंगमा असर गर्न थालिसकेको हुन्छ। शरीरमा मधुमेह सुरु भएको पाँच वर्षभित्रै थाहा भएमा शरीरका अन्य अंगमा असर गर्दैन। सकेसम्म सुरुकै अवस्थामा स्वास्थ्य परीक्षण गर्दा थाहा भएमा यसको असरबाट बच्न सकिन्छ र यसलाई उपचारबाट नियन्त्रणमा राख्न सकिन्छ। मधुमेह नियन्त्रण भएमा यसले निम्त्याउने जटिलताबाट बच्न सकिने डा. जोशी सुझाउँछन्। मधुमेह सुरुमै नियन्त्रण नभएमा आँखाको दृष्टि गुम्ने, मिर्गौला बिग्रने, खुट्टाको नशामा असर गर्ने, कुनै घाउ भएपछि छिटो निको नहुने र हृदयघात हुने जोखिम हुन्छ।

डा. मल्लका अनुसार परिवारमा कसैलाई मधुमेह छ भने टाइप१ मधुमेह हुन्छ। ती व्यक्तिले सानै उमेरमा मधुमेह परीक्षण गर्नुपर्छ। मोटोपना, आरामदायी जीवनशैली र व्यायाम नगर्ने, गलत जीवनशैली भएका व्यक्तिमा टाइप२ प्रकारको मधुमेह हुन्छ। परिवारका सदस्यमा मधुमेह नभए पनि ३० वर्ष पुगेपछि वर्षमा एकपटक लक्षणविना नै मुधुमेहको परीक्षण गरेमा यसको असरबाट बच्न सकिन्छ।

घरिघरि पिसाब लाग्नु, मुख सुक्खा हुनु, खुट्टा पोल्ने, झम्झमाउने, थकाइ लाग्ने, भिडिओ एक्सरे गर्दा कलेजोमा फ्याटीलिभर देखिएमा, आँखा धमिलो हुने जस्ता लक्षण देखिएमा मधुमेहले सुरुको चरण पार गरिसकेको हुन्छ। यीमध्ये कुनै पनि लक्षण देखिएमा मधुमेह हुन सक्छ। यसको मुख्य उपाय भनेकै नियमित मधुमेह परीक्षण नै हो।

प्रकाशित: २८ कार्तिक २०८३ ११:३४ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3h ago
आज विश्व मधुमेह दिवस मनाइँदै

आज विश्व मधुमेह दिवस मनाइँदै

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो ।

#मधुमेह #दिवस
Compare →
Onlinekhabar
6h ago
आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच …

#मधुमेह #दिवस
Compare →
Hamro Patro News
7h ago
आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

काठमाडौँ । २८ कात्तिकः आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथा...

#मधुमेह #दिवस
Compare →

Related Stories

Health & Wellness
Build #2612