Trending
Prev Story
Next Story

जाजरकोटका ऐतिहासिक रातो र सेतो दरबार पुनर्निर्माण हुने

Ekantipur •
November 14, 2026 • 06:32 AM
3
3 reads 0 reactions

वसन्त पञ्चमीदेखि काम थाल्ने लक्ष्य, तीन संरचनाका लागि ४८ करोड रुपैयाँ स्वीकृत

जाजरकोटका ऐतिहासिक रातो र सेतो दरबार पुनर्निर्माण हुने

वसन्त पञ्चमीदेखि काम थाल्ने लक्ष्य, तीन संरचनाका लागि ४८ करोड रुपैयाँ स्वीकृत

जाजरकोटका ऐतिहासिक रातो दरबार, सेतो दरबार र जिल्ला अदालत भवन पुनर्निर्माण हुने भएका छन् । २०८० कात्तिक १७ गतेको भूकम्पबाट क्षतिग्रस्त यी संरचनाको पुनर्निर्माणका लागि ४८ करोड रुपैयाँ बजेट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले बताएका छन् ।

बुढाका अनुसार सेतो दरबारका लागि २० करोड, रातो दरबारका लागि आठ करोड र जिल्ला अदालत भवनका लागि २० करोड रुपैयाँ स्वीकृत भएको छ । आवश्यक स्वीकृति प्राप्त भइसकेकाले छठ पर्वलगत्तै ठेक्का प्रक्रिया अघि बढाउने र सम्भवतः २०८३ सालको वसन्त पञ्चमीदेखि निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको उनले बताएका छन् ।

विगतमा पटकपटक बजेट विनियोजन भए पनि स्रोत सुनिश्चितता नहुँदा पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन । आफू निर्वाचित भएपछि जिल्लास्थित कार्यालय, सम्बन्धित महानिर्देशकको कार्यालय, संसद् र मन्त्रालयसम्म निरन्तर पहल तथा ताकेता गरेपछि पुनर्निर्माणका लागि बजेट स्वीकृत भएको बुढाको भनाइ छ ।

जाजरकोटको खलंगामा रहेका यी दरबार बाइसे राज्यकालीन इतिहाससँग जोडिएका महत्त्वपूर्ण सम्पदा हुन् । तत्कालीन जाजरकोट राज्यको शासन सञ्चालनसँग सम्बन्धित रातो दरबारको निर्माणकालबारे ऐतिहासिक स्रोतमा फरक विवरण पाइन्छ ।

सेतो दरबार भने राजा इन्द्रनारायण शाहको पालामा वि.सं. १८५२ मा निर्माण भएको ऐतिहासिक विवरण छ । यी दरबारबाट जाजरकोटका राजाहरूले शासन सञ्चालन गरेका थिए । राजतन्त्रको अन्त्यपछि सरकारी प्रयोजनमा प्रयोग हुन थालेका दरबारमा लामो समय सरकारी कार्यालय सञ्चालन हुँदै आएका थिए ।

सेतो दरबारले यसअघि पनि पटकपटक भूकम्पको क्षति बेहोरेको थियो । वि.सं. १९९० को महाभूकम्पपछि भक्तपुरका नेवार समुदायका कालीगढको सहयोगमा यसको पुनर्निर्माण गरिएको थियो । वि.सं. २०४५ को भूकम्पबाट क्षति पुगेपछि २०५१ सालमा पुनः मर्मत तथा पुनर्निर्माण गरिएको थियो ।

पछिल्लो पटक २०८० को भूकम्पले दुवै दरबारमा क्षति पुर्‍याएपछि भवन प्रयोग गर्न जोखिमपूर्ण बनेका थिए । लामो समय पुनर्निर्माण हुन नसक्दा संरचना थप जीर्ण बनेका छन् । २०८३ भदौमा सेतो दरबारको एक भागसमेत भत्किएको थियो ।

सरकारले सेतो दरबारलाई देशका सय पर्यटकीय गन्तव्यको सूचीमा समेत समावेश गरेको छ । पुनर्निर्माण गर्दा भवनको मौलिक स्वरूप, परम्परागत वास्तुकला र सांस्कृतिक पहिचान जोगाइने बुढाले बताएका छन् । ऐतिहासिक सम्पदाको संरक्षणसँगै जाजरकोटको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत

भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत

२८ कार्तिक, सुर्खेत । भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक जाजरकोट दरबार र जिल्ला अदालत भवन पुनर्निर्माण हुने भएको छ । १७ कात्तिक २०८० को जाजरकोट भूकम्पबाट क्षतिग्रस्त यी संरचनाहरूको पुनर्निर्माणका लागि बजेट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले …

#दरबार #पुनर्निर्माण #जाजरकोट
Compare →
Nagarik News
4h ago
भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

कला, संस्कृति र वास्तुकलाको जीवन्त संग्रहालय भक्तपुर दरबार क्षेत्र पुग्ने जोकोहीलाई एउटै प्रश्नले रोमाञ्चित बनाउँछ

#दरबार
Compare →
Hamro Patro News
1d ago
कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल

कोप–३१ मा राष्ट्रसंघ प्रमुखसँग नेपालको बाढीपछिको पुनर्निर्माण र जलवायु वित्तबारे छलफल कोप–३१ को साइडलाइनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी ...

#पुनर्निर्माण
Compare →
Bizshala
1w ago
प्रधानमन्त्री राहत कोषबाट पूर्वाधार पुनर्निर्माणमा १० अर्ब दिने तयारी

प्रधानमन्त्री राहत कोषबाट पूर्वाधार पुनर्निर्माणमा १० अर्ब दिने तयारी

काठमाण्डौ । सरकारले हालैको बाढी–पहिरोबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप...

#पुनर्निर्माण
Compare →

Related Stories

National (Nepal)
Build #2612