Trending
Prev Story
Next Story

आशिकाको असन्तुष्टि : भूकम्प पीडितको अवस्था अध्ययन गर्न छाडेर स्वकीयसहित सांसदहरू चीन भ्रमणमा

Nagarik News •
November 23, 2026 • 02:54 AM
4
4 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसदहरूको विदेश भ्रमणप्रति असन्तुष्टि जनाएकी छन्।

आशिकाको असन्तुष्टि : भूकम्प पीडितको अवस्था अध्ययन गर्न छाडेर स्वकीयसहित सांसदहरू चीन भ्रमणमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसदहरूको विदेश भ्रमणप्रति असन्तुष्टि जनाएकी छन्।

उनले रुकुम र जाजरकोटका भूकम्प पीडितले अहिलेसम्म राहत नपाएको हुन सक्ने भन्दै उनीहरूको अवस्थाबारे अध्ययन गर्न छाडेर सांसदहरू चीनमा भूकम्प कसरी आउँछ भन्ने अध्ययन गर्न गएको भन्दै व्यङ्ग्य गरेकी छन्।

उनले पुराना नेताहरूले यस्तै काम गर्दा गलत हुने तर नयाँ सांसदहरूले गर्दा कसरी उचित हुन्छ भन्दै प्रश्न गरिन्।

तामाङले सांसदहरूले विदेश भ्रमणमा जाँदा आफ्नो सचिवालयका सदस्यहरूलाई समेत सँगै लैजाने गरेको भन्दै त्यसप्रति पनि आपत्ति जनाएकी छन्।

'अब सांसदहरू कोही समितिबाट विदेश कोही विदेशको निमन्त्रणाले विदेश, रुकुम, जाजरकोटमा आजसम्म भूकम्प पीडितले राहत पाएको छैन होला त्यसको अध्ययन गर्न छोडेर चीनमा कसरी भूकम्प आउँछ? भनेर पोका पुन्तुरा बोकेर अध्ययनको लागि पुग्नु भाको छ। पुरानोले त्यही काम गर्दा बेठिक अनि हामी नयाँले गर्दा चाहिँ कसरी ठिक हुन सक्छ?' उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'सांसदहरू मात्र कहाँ हुन् र आफ्नो सचिवालयका सदस्यहरू समेत बोकेर लाने चलन रहेछ!'

प्रकाशित: ७ मंसिर २०८३ ०८:३९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
विदेश जाने सांसदहरूले कति पाउँछन् भ्रमण भत्ता ?

विदेश जाने सांसदहरूले कति पाउँछन् भ्रमण भत्ता ?

२ मंसिर, काठमाडौं । कानुनतः विदेश जाँदा सांसदहरूले भ्रमण भत्ता पाउँछन् । यससम्बन्धी व्यवस्था संघीय संसद्‌का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा छ । यो ऐनको दफा ९ मा दैनिक तथा …

#सांसद #विदेश #भ्रमण
Compare →
Hamro Patro News
6d ago
नारा सुशासनको, विदेश भ्रमणमा मन्त्री-सांसदहरूको लर्को

नारा सुशासनको, विदेश भ्रमणमा मन्त्री-सांसदहरूको लर्को

काठमाडौं– पुरानो राजनीतिक संस्कार बदल्ने र राज्य सञ्चालनमा नयाँ थिति बसाल्ने उद्घोषसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा पुगेपछि आफैंले आलोचना गर्दै आएको राजनीतिक प्रवृत्ति दोहोर...

#सांसद #विदेश #भ्रमण
Compare →
Ekantipur
2d ago
चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमण दलमा रहेका श्रीराम न्यौपानेले रोबोटले खेलिरहेको भिडियो फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ ।

#सांसद #चीन #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612