राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा उल्लेख गरेको सुन भोटेकोशी बाढीपीडितलाई सहयोग गर्नुपर्ने बताएका छन्।
उनले नेताका लागि सुनको खासै ठूलो मूल्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो सम्पत्ति विवरणमा देखाएको सुन बाढीपीडितलाई दिने घोषणा गर्नुपर्ने बताएका हुन्।
'एउटा नेताको लागि सुनको खासै ठूलो मूल्य हुँदैन। प्रम बालेन्द्र साह र गृम सुदन गुरुङले सम्पति विवरणमा बुझाएको सुन विवरण भोटेकोशी बाढी पिडितका लागि दिएको घोषणा गर्नुपर्यो,' सामाजिक सञ्जालमार्फत उनले भनेका छन्।
खनालले साधारण नागरिकले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेर सहयोग गरे पनि प्रधानमन्त्री र गृहमन्त्रीले व्यक्तिगत रूपमा सहयोग गरेको नसुनिएको टिप्पणी गरेका छन्।
उनले प्रश्न गर्दै भनेका छन्, 'साधारण नागरिकले प्रम राहत कोषमा रकम जम्मा गरे। तर यिनीहरूले कतै व्यक्तिगत सहयोग गरेको सुनिएन। तर यिनीहरूको यत्रो सुन के काममा प्रयोग हुन्छ?'
प्रकाशित: ७ मंसिर २०८३ ०८:२६ सोमबार