Trending
Prev Story
Next Story

विदेश जाने सांसदहरूले कति पाउँछन् भ्रमण भत्ता ?

Onlinekhabar •
November 18, 2026 • 10:31 AM
2
2 reads 0 reactions

२ मंसिर, काठमाडौं । कानुनतः विदेश जाँदा सांसदहरूले भ्रमण भत्ता पाउँछन् । यससम्बन्धी व्यवस्था संघीय संसद्‌का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा छ । यो ऐनको दफा ९ मा दैनिक तथा …

विदेश जाने सांसदहरूले कति पाउँछन् भ्रमण भत्ता ?

२ मंसिर, काठमाडौं । कानुनतः विदेश जाँदा सांसदहरूले भ्रमण भत्ता पाउँछन् । यससम्बन्धी व्यवस्था संघीय संसद्‌का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा छ । यो ऐनको दफा ९ मा दैनिक तथा भ्रमण भत्तासम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘संघीय संसद्‌को कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमण गर्दा पदाधिकारी वा सदस्यलाई प्रचलित कानुन बमोजिमको दैनिक तथा भ्रमण भत्ता दिइनेछ ।’

प्रतिनिधिमण्डलको नेताको रुपमा विदेश जाँदा थप भत्ता दिइन्छ । यसबारे यो ऐनको दफा ६ मा भनिएको छ, ‘पदाधिकारी वा सदस्यले प्रतिनिधि मण्डलको नेताको रुपमा विदेश जाँदा आफूले पाउने दैनिक भत्ताको पचास प्रतिशत थप रकम नेता भत्ता बापत पाउनेछ ।’

भत्ताको दररेट र वैदेशिक भ्रमणको विस्तृत कार्यविधि भने ‘भ्रमण खर्च नियमावली, २०६४’ मा छ । यो नियमावलीको नियम १४ मा विदेश भ्रमण खर्च र दैनिक भत्ता सम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘कुनै पदाधिकारी वा कर्मचारीलाई सरकारी कामको सिलसिलामा विदेशमा भ्रमणमा पठाउँदा सो भ्रमणको खर्च ब्यहोर्ने स्रोत र नेपाल सरकारको स्रोतबाट विदेशमा भ्रमणमा पठाइने भएमा निजले यस नियमावली बमोजिम पाउने दैनिक भत्ता, भ्रमण खर्च, पकेट खर्च, तथा भैपरी आउने खर्च जस्ता कुन कुन सुविधा पाउने हो सो खुलाइ भ्रमणमा खटाउनु अघि निर्णय गर्नु पर्नेछ ।’

कुनै पदाधिकारी वा कर्मचारीले सरकारी कामको सिलसिलामा विदेशमा यात्रा गर्नुपर्दा अति विशिष्ट तह र नेपाल सरकारले तोकेको पदाधिकारी वा कर्मचारीले विजिनेस क्लास र सो बाहेकका अन्य पदाधिकारी वा कर्मचारी भए इकोनोमि क्लासको हवाई टिकटको भ्रमण खर्च पाउनेछ ।

नियमावलीको नियम १४ को उपनियम (४) मा भनिएको छ, ‘कुनै पदाधिकारी एवं कर्मचारीलाई अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, बैठक, तालिम, अध्ययन भ्रमण र अन्य कुनै सरकारी कामको सिलसिलामा विदेश जाँदा अनुसूची-५ मा व्यवस्था भएबमोजिमको दरले दैनिक भत्ता दिइनेछ ।’

अनुसूची ५ अनुसार विशिष्ट तहमा पर्ने संघीय सांसदहरूले विदेश जाँदा प्रतिदिन २२५ -अमेरिकी डलर भत्ता पाउँछन् । सभामुख तथा राष्ट्रिय सभा अध्यक्ष जस्ता अति विशिष्ट तहका पदाधिकारीका लागि २५० अमेरिकी डलर तोकिएको छ ।

सांसदहरूको पारिश्रमिक, भत्ता तथा सुविधा बापतको रकम संसदको सचिवालयबाट भुक्तानी हुन्छ । यससम्बन्धी व्यवस्था संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २० मा छ । जहाँ भनिएको छ, ‘पदाधिकारी र सदस्यले यस ऐन बमोजिम पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापतको रकम सङ्घीय संसदको सचिवालयबाट पाउनेछन् ।’

तर, आफूखुशी भ्रमणमा गएकोमा वा पठाइएकोमा भ्रमणबाट फर्केपछि गरेको दाबी बमोजिम त्यस्ता खर्चहरू भने दिइने छैन ।

यदि भ्रमणको निमन्त्रणा गर्ने विदेशी सरकार वा संस्थाले नै खाने, बस्ने र यातायातको सम्पूर्ण खर्च बेहोरेको छ भने पनि राज्यकोषबाट पूर्ण दैनिक भत्ता उपलब्ध गराइँदैन । त्यस्तो अवस्थामा नियमावली बमोजिम आंशिक (पकेट) खर्च मात्र पाउने व्यवस्था छ ।

यससम्बन्धी व्यवस्था ‘भ्रमण खर्च नियमावली, २०६४’ को नियम १४ को उपनियम ७ मा छ । जहाँ भनिएको छ, ‘उपनियम (४) बमोजिमको अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, तालिम, वार्ता वा बैठकमा जाने पदाधिकारी वा कर्मचारीलाई आयोजकको तर्फबाट बस्नको मात्र प्रबन्ध भएकोमा त्यस्तो पदाधिकारी वा कर्मचारीले खाना र पकेट खर्च बापत दैनिक भ्रमण भत्ताको तीस प्रतिशत र खान बस्न मात्र प्रबन्ध भई पकेट खर्च उपलब्ध नगराएकोमा दैनिक पच्चीस अमेरिकी डलर पाउनेछ ।’

यसरी खाना खर्च वा पकेट खर्च उपलब्ध गराउँदा आयोजक संस्थाको तर्फबाट त्यस्तो खर्च उपलब्ध नगराएको प्रमाणित कागजात पेश गरेको अवस्थामा मात्र नेपाल सरकारको राजय कोषबाट भुक्तानी दिइनेछ ।

यदि कसैले गलत सूचना दिएर भ्रमण भत्ता लिए कारबाही हुन्छ । यससम्बन्धी व्यवस्था ‘भ्रमण खर्च नियमावली, २०६४’ को नियम २३ मा छ ।

जहाँ भनिएको छ, ‘यस नियमावली बमोजिम पाउने सुविधा लिने प्रयोजनको लागि भ्रमण गर्ने कुनै पदाधिकारी वा कर्मचारीले झुट्टा विवरण पेश गरी भुक्तानी लिएको ठहरेमा झुट्टा विवरण पेश गरी भुक्तानी लिएको रकमको दोब्बर रकम निज सरकारी सेवामा रहेको भए निजले पाउने तलबबाट कट्टा गरी लिइनेछ र निजलाई कारबाही समेत गरिनेछ ।’

यसअनुसार र।कम कट्टा नगरेमा त्यस्तो कट्टा नगर्ने पदाधिकारी वा कर्मचारीको तलबबाट असुल उपर गर्नु पर्ने र त्यस्तो कर्मचारीलाई विभागीय कारबाही समेत गर्न सकिने व्यवस्था पनि यसमै छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्री बालेन नोभेम्बर २२ देखि भारतको दुईदिने राजकीय भ्रमणमा जाने

प्रधानमन्त्री बालेन नोभेम्बर २२ देखि भारतको दुईदिने राजकीय भ्रमणमा जाने

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी नोभेम्बर २२ र २३ (मंसिर ६ र ७) गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा नेपाल ...

#भ्रमण #जाने
Compare →
Bizshala
1h ago
बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालले झन्डै साढे १७ अर्ब रुपैयाँ लागतको ग्यास...

#भ्रमण
Compare →
Nagarik News
5h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्।

#भ्रमण
Compare →
Ekantipur
22h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा पश्चिम सेतीले प्राथमिकता पाउला?

प्रधानमन्त्रीको भारत भ्रमणमा पश्चिम सेतीले प्राथमिकता पाउला?

तीन दशकदेखि निर्माणको प्रतीक्षामा रहेको पश्चिम सेती आयोजना अघि बढे सुदूरपश्चिमको ऊर्जा, पूर्वाधार र आर्थिक विकासमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ।

#भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612