Trending
Prev Story
Next Story

संसदीय मैत्री समूहले विदेश भ्रमण गर्नुअघि सभामुखको सहमति लिनुपर्ने

Onlinekhabar •
November 18, 2026 • 09:31 AM
2
2 reads 0 reactions

२ मंसिर, काठमाडौं ।  संसदीय मैत्री समूहले विदेश भ्रमण गर्नु अघि सभामुखको सहमति लिनु पर्ने गरी कार्यविधि बनेको छ । ‘संसदीय मैत्री समूहको कार्यविधि २०८३’ को बुँदा नम्बर ९ मा विदेश भ्रमण गर्नु अघि सभामुखको सहमति …

संसदीय मैत्री समूहले विदेश भ्रमण गर्नुअघि सभामुखको सहमति लिनुपर्ने

२ मंसिर, काठमाडौं ।  संसदीय मैत्री समूहले विदेश भ्रमण गर्नु अघि सभामुखको सहमति लिनु पर्ने गरी कार्यविधि बनेको छ ।

‘संसदीय मैत्री समूहको कार्यविधि २०८३’ को बुँदा नम्बर ९ मा विदेश भ्रमण गर्नु अघि सभामुखको सहमति लिनु पर्ने व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘मैत्री समूहले विदेश भ्रमण गर्नु अघि वा विदेशी प्रतिनिधिमण्डललाई नेपाल भ्रमणको लागि आमन्त्रण गर्नु अघि सभामुखको सहमति लिनु पर्नेछ ।’

यसअघि नै संघीय संसदले संसदीय मैत्री समूह गठन गरिसकेको छ ।

सभामुख डोलप्रसाद अर्यालको निर्णयअनुसार ४३ देशका लागि संसदीय मैत्री समूह गठन भएको हो ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका राष्ट्रका संसद र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदसँग संघीय संसदको प्रत्यक्ष सम्पर्क बढाइ पारस्परिक मैत्री तथा समझदारी अभिवृद्धि गर्दै आपसी मित्रता स्थापित गर्ने उद्देश्यले संघीय संसद्मा मैत्री समूह गठन गर्ने अभ्यास छ ।

संसदीय कूटनीतिको प्रभावकारिता अभिवृद्धि गर्ने उदेश्यसहित गठित मैत्री समूहले विदेश भ्रमण गर्न र विदेशी प्रतिनिधिमण्डललाई नेपाल भ्रमणको लागि आमन्त्रण गर्न सक्दछ ।

यीलगायतका कार्यलाई व्यवस्थित गर्ने गरी संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ३९ ले दिएको अधिकार प्रयोग गरी संसदीय मैत्री समूहको कार्यविधि २०८३ तयार पारिएको हो ।

यस्तो समूह नेपालसंग दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरू, नेपालमा राजदुताबास भएका राष्ट्रहरू, नेपालको कूटनीतिक उपस्थिति भएका राष्ट्रहरू, अन्तर व्यवस्थापिका संघका सदस्य राष्ट्रहरू, संसदीय कूटनीति प्रबर्द्धनका दृष्टिले रणनीतिक महत्त्व भएका राष्ट्रहरू र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदहरूका आधारमा गठन गर्ने गरिएको छ ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका २७५ र राष्ट्रिय समूहका ५९ जनालाई एकै ठाउँमा राखेर गत असार महिनामै मैत्री समूह गठन गरेको हो ।

अमेरिका, चीन र भारतसँगको मैत्री समूह संयोजकमा रास्वपाका सांसदहरू छन् ।

नेपाल–चीन मैत्री समूहको संयोजकमा गणेश पराजुली छन् । नेपाल–भारत मैत्री समूहको संयोजकको जिम्मेवारी विपीनकुमार आचार्य र नेपाल–अमेरिका मैत्री समूहको संयोजकमा निशा डाँगी रहेका छन् ।

नेपाल–बेलायत संसदीय मैत्री समूहको संयोजकमा मनिष झा, नेपाल–रुस संसदीय मैत्री समूहको संयोजकमा वर्षमान पुन, नेपाल–फ्रान्स संसदीय मैत्री समूहको संयोजकमा पदमा अर्याल, नेपाल–बंगलादेश संसदीय मैत्री समूहको संयोजकमा गीता गुरुङ, नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा बासना थापा, नेपाल–अस्ट्रिया संसदीय मैत्री समूहको संयोजकमा उर्मिला अर्याल छन् ।

नेपाल–आयरल्यान्ड संसदीय मैत्री समूहको संयोजकमा हर्कराज राई, नेपाल–अजरबैजान संसदीय मैत्री समूहको संयोजकमा डा. अर्जुनकुमार कार्की, नेपाल–बहराइन संसदीय मैत्री समूहको संयोजकमा तपेश्वर यादव छन् ।

‘संसदीय मैत्री समूहको कार्यविधि २०८३’ अनुुसार संसदीय मैत्री समूहको  संयोजकले आवश्यकतानुसार मैत्री समूहको बैठक बोलाउन सक्छन् । मैत्री समूहको कार्यावधि प्रतिनिधि सभाको कार्यकालभर हुनेछ ।

मैत्री समूहको काम, कर्तव्य र अधिकार अन्तर्गत पाँच वटा विषय राखिएका छन् ।

(क) दुई वा दुई भन्दा बढी राष्ट्रबीच एक आपसमा संसदीय सहकार्य अभिवृद्धि गर्ने,

(ख) विभिन्न देशका संसदीय पदाधिकारीहरूबीच सम्बन्ध विस्तारमार्फत संसदीय कूटनीति प्रवर्द्धन गर्ने,

(ग) नेपालको संसदीय प्रतिनिधिमण्डल र अन्तर्राष्ट्रिय संसदीय प्रतिनिधिमण्डलको विचमा संसदीय प्रक्रिया तथा अनुभवको आदान प्रदान गर्ने.

(घ) बहुपक्षीय/क्षेत्रीय संसदीय मञ्चहरूमा सहकार्य तथा सम्बन्ध विस्तार गर्ने,

(ड) मैत्री समूहबीच एकआपसमा समन्वय गर्ने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
नारा सुशासनको, विदेश भ्रमणमा मन्त्री-सांसदहरूको लर्को

नारा सुशासनको, विदेश भ्रमणमा मन्त्री-सांसदहरूको लर्को

काठमाडौं– पुरानो राजनीतिक संस्कार बदल्ने र राज्य सञ्चालनमा नयाँ थिति बसाल्ने उद्घोषसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा पुगेपछि आफैंले आलोचना गर्दै आएको राजनीतिक प्रवृत्ति दोहोर...

#भ्रमण #विदेश
Compare →
Nagarik News
18h ago
सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

#संसदीय #सभामुख
Compare →
Bizshala
35m ago
बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालले झन्डै साढे १७ अर्ब रुपैयाँ लागतको ग्यास...

#भ्रमण
Compare →
Ekantipur
1h ago
मटान कहाना इजरायलको सभामुख निर्वाचित

मटान कहाना इजरायलको सभामुख निर्वाचित

इजरायलमा मटान कहाना सभामुख निर्वाचित

#सभामुख
Compare →

Related Stories

Politics & Governance
Build #2612