Trending
Prev Story
Next Story

वीरगञ्जको नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्युपछि तनाव

Onlinekhabar •
November 18, 2026 • 10:31 AM
2
2 reads 0 reactions

२ मंसिर, जनकपुरधाम । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनको नवजात शिशुको मृत्यु भएपछि प्रदर्शन भएको छ । उपचारको क्रममा मंगलबार दिउँसो बाराको कलैया उपमहानगरपालिका–२२ निवासी सन्दीप साहको १८ दिनको छोराको मृत्यु भएको …

वीरगञ्जको नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्युपछि तनाव

२ मंसिर, जनकपुरधाम । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनको नवजात शिशुको मृत्यु भएपछि प्रदर्शन भएको छ । उपचारको क्रममा मंगलबार दिउँसो बाराको कलैया उपमहानगरपालिका–२२ निवासी सन्दीप साहको १८ दिनको छोराको मृत्यु भएको थियो ।

मृत्युुपछि आफन्त र स्थानीयको प्रदर्शनले अस्पताल तनावग्रस्त बनेको हो ।

शिशुलाई जण्डिस भएपछि गत शनिबार अस्पताल भर्ना गरिएको थियो । परिवारले अस्पतालका चिकित्सकमाथि लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित भएपछि लफडा भएको हो ।

शिशुको मृत्युको वास्तविक कारणबारे जानकारी माग्दै परिवारले अस्पतालसँग सीसीटीभी फुटेज उपलब्ध गराउन माग गर्दै प्रदर्शन गर्दै आएका छन् । आज पनि प्रदर्शन जारी छ ।

मृतक शिशुको हजुरबुबा पर्ने नरेश साहले स्वास्थ्यमा सुधार भएर डिस्चार्ज गर्ने भनिरहेको बेला स्टाफ नर्सले सुइ लगाएपछि पाँच मिनेटमै बच्चाको मृत्यु भएको दाबी गरेका छन् ।

‘उपचारमा लापरबाहीकै कारण बच्चाको मृत्यु भएको छ । अस्पतालले सीसीटीभी फुटेज उपलब्ध गराओस् । घटनाको निष्पक्ष छानबिन होस्,’ उनले भने ।

शिशुकी आमा नमिता साह चिकित्सकको लापरबाहीका कारण आफूले सन्तान गुमाउनुपरेको आरोप लगाएकी छन् ।

चार वर्षसम्म सन्तानको प्रतीक्षा गरेर पहिलोपटक मातृत्वको खुसी पाएकी नमिताले अहिले आफ्नो काख रित्तिएको पीडा व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेकी छन् ।

घटना पश्चात् मृतक परिवारले अहिलेसम्म शिशुको शव बुझेका छैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
मुगु दुर्घटना : घाइते अन्जु थापाको उपचारका क्रममा मृ'त्यु

मुगु दुर्घटना : घाइते अन्जु थापाको उपचारका क्रममा मृ'त्यु

मुगुको रारा ताल घुम्न जाने क्रममा भएको गाडी दुर्घटनामा घाइते भएकी अन्जु थापाको उपचारका क्रममा मृत्यु भएको छ।

#उपचार #क्रम
Compare →
Hamro Patro News
2d ago
मेडिकल कलेजको माग राख्दै मुख्यमन्त्री कार्यालयमा आमरण अनशन सुरु

मेडिकल कलेजको माग राख्दै मुख्यमन्त्री कार्यालयमा आमरण अनशन सुरु

विराटनगर । ओखलढुङ्गाको मानभञ्ज्याङ्ग गाउँपालिका वडा नम्बर ७ मा प्रदेश सरकारले मेडिकल कलेज नबनाएको भन्दै स्थानीयले आमरण अनशन सुरु गरेका छन् । प्रदेश सरकारले घोषणा गरेको मेडिकल कलेजसहितको १५० बेडको ...

#मेडिकल #कलेज
Compare →

Related Stories

Education & Youth
Build #2612