प्रतियोगिताको खुला विधामा पुरुषतर्फ १० किमि दूरी ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै तीर्थकुमार पुन र महिलातर्फ १० किमि दूरी ३९ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै राज्य रावल प्रथम भएको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौँ — गरिमा विकास बैंकले २०औं वार्षिकोत्सवको अवसरमा रोड रेस आयोजना गरेको छ ।
प्रतियोगिताको तेस्रो संस्करणमा खुला र कर्पोरेट गरी कुल २ विधामा महिला र पुरुष गरी कुल ४ प्रतियोगिता आयोजना गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिताको खुला विधामा पुरुषतर्फ १० किमि दूरी ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै तीर्थकुमार पुन र महिलातर्फ १० किमि दूरी ३९ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै राज्य रावल प्रथम भएको विज्ञप्तिमा जनाइएको छ ।
कर्पोरेट विधामा पुरुषतर्फ ५ किमि दूरी १९ मिनेट २८ सेकेन्डमा पूरा गर्दै ईश्वर बुढाथोकी र महिलातर्फ ५ किमि दूरी २६ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै दिव्या विष्ट प्रथम भएको बैंकले बताएको छ ।
वार्षिकोत्सवका अवसरमा देशका विझिन्न ९ स्थानमा बृहत रक्तदान कार्यत्रम साथै विभिन्न संस्थागत सामाजिक उक्तरदायित्वका कार्यत्रमसमेत आयोजना गरिएको बैंकको भनाइ छ ।