Trending
Prev Story
Next Story

दिल्लीमा प्रधानमन्त्रीको पहिलो दिन: जयशंकरसँग २५ मिनेट संवाद, भोलि मोदीसँग ‘वन अन वन’

Nagarik News •
November 22, 2026 • 03:20 PM
2
2 reads 0 reactions

दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पहिलो दिन भारतका विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

दिल्लीमा प्रधानमन्त्रीको पहिलो दिन: जयशंकरसँग २५ मिनेट संवाद, भोलि मोदीसँग ‘वन अन वन’

दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पहिलो दिन भारतका विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

नयाँदिल्लीस्थित होटल ताज महलमा आइतबार साँझ ६ बजेर १५ मिनेटमा सुरु भएको उक्त भेटवार्ता करिब २५ मिनेट चलेको थियो। भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ,’ सचिवालयले आइतबार साँझ जारी गरेको प्रेस नोटमा भनिएको छ।

यसअघि ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका थिए।

प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदिश खरेलले बिदाइ गरेका थिए।

विगतको परम्परा तोड्दै प्रधानमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष (भीभीआईपी) मा ‘गार्ड अफ अनर’ तथा सलामी लिएनन्। उनले गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाँदा पनि गार्ड अफ अनर लिएका थिएनन्।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई भारतका वाणिज्य तथा उद्योगमन्त्री जितिन प्रसाद र भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायतले स्वागत गरेका थिए। विमानस्थलबाट उनी सिधै होटल ताज महल पुगेका थिए।

शाह नयाँदिल्ली पुगेलगत्तै भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भ्रमणको स्वागत गरेको थियो। ‘यो भ्रमणले भारत र नेपालबीचको चिरस्थायी तथा बहुआयामिक साझेदारीलाई सुदृढ पार्ने अवसर प्रदान गर्दछ,’ भारतीय विदेश मन्त्रालयले लेखेको थियो।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन्।

टोलीमा मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङलगायत छन्।

भ्रमणको दोस्रो दिन सोमबार बिहान ११ बजेर १५ मिनेटमा हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वन अन वन’ भेटवार्ता हुने कार्यक्रम छ। त्यसपछि दुवै प्रधानमन्त्री नेपाल-भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्।

द्विपक्षीय बैठक सकिएपछि नेपाल र भारतबीच शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार तथा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनालगायत क्षेत्रमा आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।

हस्ताक्षर कार्यक्रमपछि दुवै देशका प्रधानमन्त्री संयुक्त प्रेस ब्रिफिङमा सहभागी हुनेछन्। त्यसपछि प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले उनको सम्मानमा आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन्।

सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ।

राष्ट्रपतिसँगको भेटपछि उनी दिउँसो ४ बजेर ५० मिनेटमा नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गरी सोमबार साँझ करिब ६ बजेर ४५ मिनेटमा स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ६ मंसिर २०८३ २१:०५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2h ago
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीमा भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीमा भेटवार्ता

प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकबीच आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो ।

#भेटवार्ता #आइतबार #दिल्ली
Compare →
Bizshala
1h ago
प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न  होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाण्डौ । दुईदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्न भारतीय...

#बालेन-शाह #भेटवार्ता #जयशंकर
Compare →
Hamro Patro News
1h ago
बालेनलाई भेटेलगत्तै जयशंकरले भने- भोलिको प्रतीक्षामा छु !

बालेनलाई भेटेलगत्तै जयशंकरले भने- भोलिको प्रतीक्षामा छु !

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष महत्व दिएको बताएका छन् ।

#बालेन-शाह #जयशंकर
Compare →
Arthasansar
9h ago
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

#बालेन-शाह #दिल्ली
Compare →

Related Stories

Politics & Governance
Build #2612