Trending
Prev Story
Next Story

ओटीटीमा रिलिज हुँदै ‘दृश्यम ३’

Ekantipur •
November 22, 2026 • 02:03 PM
6
6 reads 0 reactions

अजय देवगन र तब्बु अभिनित अभिषेक पाठक निर्देशित चलचित्र शुक्रबारदेखि नेटफ्लिक्समा उपलब्ध हुने भएको हो।

ओटीटीमा रिलिज हुँदै ‘दृश्यम ३’

अजय देवगन र तब्बु अभिनित अभिषेक पाठक निर्देशित चलचित्र शुक्रबारदेखि नेटफ्लिक्समा उपलब्ध हुने भएको हो।

काठमाडौँ — अजय देवगन र तब्बु अभिनित बलिउड चलचित्र ‘दृश्यम ३’ (दृश्यम : द कन्क्लुजन) अब ओटीटी प्लेटफर्ममा प्रदर्शन हुने भएको छ ।

गत अक्टोबर २ मा हलमा रिलिज भएको यो चलचित्र आगामी शुक्रबार, २७ नोभेम्बर २०२६ देखि नेटफ्लिक्समा स्ट्रिमिङ हुन लागेको हो । नेटफ्लिक्सले आफ्नो आधिकारिक क्याटलगमा समेत चलचित्रलाई समावेश गरिसकेको छ ।

अभिषेक पाठकको निर्देशनमा बनेको चलचित्रले ट्रेड एनालिस्ट ‘स्याकनिल्क’ का अनुसार विश्वव्यापी रूपमा ५ सय ८९ करोड ३३ लाख भारुको व्यापार गरेको छ ।

मलयालम सुपरस्टार मोहनलालको चलचित्रको रिमेकका रूपमा सुरु भएको ‘दृश्यम’ को हिन्दी फ्रेन्चाइजी तेस्रो भागसँगै टुङ्गिएको छ ।

मोहनलालको मलयालम ‘दृश्यम’ को चौथो भागको घोषणा भइसके पनि निर्देशक पाठकले हिन्दी संस्करणको यात्रालाई यहीँ टुंग्याउने निर्णय गरेका छन् ।

अघिल्ला दुई शृङ्खला रिमेक भए पनि ‘दृश्यम ३’ को कथा भने निर्देशक पाठक आफैँले मौलिक रूपमा लेखेका हुन् ।

Prev Swipe Story Next

Related Stories

Entertainment & Cinema
Build #2612