Trending
Prev Story
Next Story

अमेरिकाबाट २५ जना आप्रवासीलाई लाइबेरिया पठाइयो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मङ्सिर, मनरोभिया (रासस/एएफपी)। अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी पश्चिम अफ्रिकी मुलुक लाइबेरिया पुगेका छन् । लाइबेरियाको स्वदेश फिर्ती, पुनर्वास तथा पुनःएकीकरण आयोगका प्रतिनिधिका अनुसार उनीहरू शुक्रबार स्थानीय समयअनुसार राति ९:३५ बजे लाइबेरिया पुगेका हुन्। निष्कासित …

अमेरिकाबाट २५ जना आप्रवासीलाई लाइबेरिया पठाइयो

६ मङ्सिर, मनरोभिया (रासस/एएफपी)। अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी पश्चिम अफ्रिकी मुलुक लाइबेरिया पुगेका छन् ।

लाइबेरियाको स्वदेश फिर्ती, पुनर्वास तथा पुनःएकीकरण आयोगका प्रतिनिधिका अनुसार उनीहरू शुक्रबार स्थानीय समयअनुसार राति ९:३५ बजे लाइबेरिया पुगेका हुन्। निष्कासित हुनेमा दुई महिलासमेत रहेका छन् ।

समूहका अधिकांश व्यक्ति दक्षिण अमेरिकी मुलुकका नागरिक रहेको आयोगका प्रतिनिधिले एएफपीलाई जानकारी दिएका छन् । यद्यपि उनीहरूको राष्ट्रियताबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नियन्त्रणसम्बन्धी नीतिअन्तर्गत पछिल्लो चार महिनायता लाइबेरियामा निष्कासित आप्रवासीहरू आइरहेका छन् ।

लाइबेरियाले एक वर्षको अवधिमा एक हजार २०० जनासम्म विदेशी नागरिकलाई आश्रय दिने घोषणा गरिसकेको छ ।

अमेरिकाबाट निष्कासित व्यक्तिहरूलाई स्वीकार गर्ने अफ्रिकी मुलुकहरूको सूचीमा लाइबेरियासँगै सियरा लियोन, इक्वेटोरियल गिनी, घाना, रुवान्डा, दक्षिण सुडान, क्यामरुन, इस्वाटिनी र प्रजातान्त्रिक गणतन्त्र कङ्गो रहेका छन् ।

यी सहमतिमा अमेरिकाले आर्थिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराएको बताइएको छ ।

लाइबेरिया सरकारले भने निष्कासित व्यक्तिहरूलाई स्वीकार गर्ने सहमतिबापत कुनै क्षतिपूर्ति वा पुरस्कारको आश्वासन नमागेको र प्राप्त नगरेको बताउँदै आएको छ ।

यद्यपि, द न्युयोर्क टाइम्स ले सार्वजनिक कागजातलाई उद्धृत गर्दै लाइबेरियाले आप्रवासीहरूलाई स्वीकार गर्ने विषयमा विचार गर्न सहमति जनाएपछि अमेरिकी विदेश मन्त्रालयको स्वीकृतिमा पाँच मिलियन अमेरिकी डलर उपलब्ध गराइएको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
4h ago
अमेरिकाबाट देशनिकाला गरिएका २५ आप्रवासी लाइबेरिया पुगे

अमेरिकाबाट देशनिकाला गरिएका २५ आप्रवासी लाइबेरिया पुगे

अमेरिकाबाट देशनिकाला गरिएका व्यक्तिहरूलाई स्वीकार गर्न सहमत हुने अफ्रिकी राष्ट्रहरूको सूचीमा लाइबेरिया पनि थपिएको छ

#लाइबेरिया #अमेरिका #आप्रवासी
Compare →
Hamro Patro News
1h ago
अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

वासिङ्टन, ६ मङ्सिर । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । घटनाबारे जानकार ए...

#अमेरिका
Compare →
Nagarik News
1h ago
अमेरिका युद्धमा पराजित देश हो, सर्त थोपर्ने विजेता होइन : इरान

अमेरिका युद्धमा पराजित देश हो, सर्त थोपर्ने विजेता होइन : इरान

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिका-इजरायलसँगको युद्धमा अमेरिकाको पराजय भएको दाबी गर्दै विश्व व्यवस्था परिवर्तन भइसकेको बताएका हुन्।

#अमेरिका
Compare →
Bizshala
5d ago
अमेरिकाका प्रमुख बैंकमा किन आयो प्राविधिक समस्या ?

अमेरिकाका प्रमुख बैंकमा किन आयो प्राविधिक समस्या ?

काठमाडौं। अमेरिकाका प्रमुख बैंकहरूमा देखिएको प्राविधिक समस्याका कारण हजारौँ ग्राहकले बैंकिङ सेवा प्रयोग गर्न कठिनाइ...

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612