Trending
Prev Story
Next Story

'गाजा पट्टीमा ३ लाख ५० हजार परिवार घरबारविहीन'

Ekantipur •
November 22, 2026 • 08:33 AM
2
2 reads 0 reactions

हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयका अनुसार गाजापट्टीका करिब ८० प्रतिशत भवनमा क्षति पुगेको छ

'गाजा पट्टीमा ३ लाख ५० हजार परिवार घरबारविहीन'

हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयका अनुसार गाजापट्टीका करिब ८० प्रतिशत भवनमा क्षति पुगेको छ

गाजा — गाजा पट्टीमा घर तथा भौतिक पूर्वाधारको व्यापक विनाशबीच ३ लाख ५० हजार परिवारलाई तत्काल आश्रयको खाँचो रहेको हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जनाएको छ।

एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले इजरायल–हमास द्वन्द्वका क्रममा करिब ४ लाख १० हजार आवासीय इकाइहरूमा क्षति पुगेको र तीमध्ये ३ लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएको तथा थप ७५ हजार बस्नै नहुने अवस्थामा रहेको उल्लेख गरेको छ।

‘यसको अर्थ गाजा पट्टीका करिब ८० प्रतिशत भवनमा क्षति पुगेको छ,’ मन्त्रालयले भनेको छ । उक्त क्षेत्रको करिब ९० प्रतिशत भौतिक पूर्वाधार नष्ट भएको उसले जनाएको छ।

मन्त्रालयले ३ लाख ५० हजार परिवारलाई तत्काल आश्रय आवश्यक रहेको जोड बताएको छ । तीमध्ये २ लाख ७० हजार परिवार विगत तीन वर्षभन्दा बढी समयदेखि सामान्य जीवनयापनका लागि आवश्यक न्यूनतम आधारभूत सुविधाबिनै पालमुनि बस्न बाध्य रहेको बताएको छ।

वर्षायाम सुरु भएसँगै ७ हजार ५ सय परिवार बाढीको जोखिममा रहेको र तीमध्ये २ हजार ५ सय परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको भन्दै मन्त्रालयले थप चेतावनीसमेत दिएको छ।

प्रतिकूल मौसम झन् जटिल बन्नुअघि करिब २ लाख जीर्ण पालहरू तत्काल प्रतिस्थापन गर्नुपर्ने अनुमान गर्दै मन्त्रालयले आश्रय सामग्री ढुवानीका लागि समर्पित मानवीय करिडोर स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा ८ अर्ब बढी लाग्ने अनुमान

गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा ८ अर्ब बढी लाग्ने अनुमान

यसमा निजी घर, जग्गा, व्यवसाय र कृषि क्षेत्रमा पुगेको क्षति नसमेटिएको गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

#क्षति #पुगे
Compare →
Onlinekhabar
1w ago
गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह

गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह

२९ कात्तिक, काठमाडौं । युरोपेली संघ (ईयू) ले गाजामा हालै परेको भारी वर्षा र आएको बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन इजरायलसँग आग्रह गरेको छ । ईयूले शनिबार इजरायललाई राहत तथा मानवीय सहायता संस्थाहरूलाई कुनै …

#गाजा
Compare →
Hamro Patro News
1w ago
गाजाको अस्पतालमा इजरायली आ*क्र'मण, चिकित्सकसहित ६ जनाको मृ *त्यु

गाजाको अस्पतालमा इजरायली आ*क्र'मण, चिकित्सकसहित ६ जनाको मृ *त्यु

काठमाडौं - दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा बिहीबार बिहान इजरायली सेनाले गरेको आक्रमणमा एक चिकित्सकसहित ६ जनाको ज्यान गएको छ। आक्रमणमा परी बिरामी र कुरुवासहित कम्तीमा २७ जना ...

#गाजा
Compare →

Related Stories

World News
Build #2612