Trending
Prev Story
Next Story

कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख

Ekantipur •
November 22, 2026 • 05:02 AM
3
3 reads 0 reactions

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी संकलन भएको हो ।

कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी संकलन भएको हो ।

ताप्लेजुङ — ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी संकलन भएको हो ।

कात्तिक महिना मात्र पाथीभरामा ६४ हजार १०६ जना दर्शनार्थी पाथीभरा मन्दिरको दर्शनका लागि आएका थिए । त्यतै असोज महिनामा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको थियो भने भदौमा २३ लाख ६७ हजार रुपैँया भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क रहेको छ पाथीभरा क्षेत्र विकास समितिले संकलित भएको भेटीमध्ये हरेक महिना गणना भएको रकम सार्वजनिक गर्दै आइरहेको छ ।

पाथीभरामा कात्तिक २८ गते शनिबार विगत वर्ष यताकै एकै दिन धेरै दर्शनार्थी आएका थिए । पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि प्रमुख सन्तोष पुर्कुटीका अनुसार उक्त दिन ११ हजार २७२ जनाले मन्दिरको दर्शन गरेका थिए । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धाम पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ ।

सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडक रहेको छ । त्यस्तै काठमाडौं—सुकेटार हावाईमार्ग समेत प्रयोग गर्न सकिने छ । क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा श्रद्धालुहरूका लागि यात्रा विशेष बन्ने गरेको छ । पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
कात्तिकमा पाथीभरामा ६४ हजारभन्दा बढी दर्शनार्थी, ५० लाख भेटी संकलन

कात्तिकमा पाथीभरामा ६४ हजारभन्दा बढी दर्शनार्थी, ५० लाख भेटी संकलन

ताप्लेजुङ- ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ...

#पाथीभरा #भेटी #कात्तिक
Compare →
Nagarik News
4d ago
कात्तिक महिनामा पाथीभराबाट उठ्यो ५० लाख भेटी

कात्तिक महिनामा पाथीभराबाट उठ्यो ५० लाख भेटी

ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ।

#पाथीभरा #भेटी #कात्तिक
Compare →
Bizshala
2d ago
वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।...

#कात्तिक #संकलन
Compare →
Onlinekhabar
3d ago
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी

वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी

३ मंसिर, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । सो महिनामा १७ अर्ब …

#कात्तिक #संकलन
Compare →

Related Stories

Technology
Build #2612