Trending
Prev Story
Next Story

अमेरिकाबाट देशनिकाला गरिएका २५ आप्रवासी लाइबेरिया पुगे

Ekantipur •
November 22, 2026 • 07:33 AM
3
3 reads 0 reactions

अमेरिकाबाट देशनिकाला गरिएका व्यक्तिहरूलाई स्वीकार गर्न सहमत हुने अफ्रिकी राष्ट्रहरूको सूचीमा लाइबेरिया पनि थपिएको छ

अमेरिकाबाट देशनिकाला गरिएका २५ आप्रवासी लाइबेरिया पुगे

अमेरिकाबाट देशनिकाला गरिएका व्यक्तिहरूलाई स्वीकार गर्न सहमत हुने अफ्रिकी राष्ट्रहरूको सूचीमा लाइबेरिया पनि थपिएको छ

मोनरोभिया — अमेरिकाबाट देशनिकाला (डिपोर्ट) गरिएका २५ जना आप्रवासी पश्चिम अफ्रिकी मुलुक लाइबेरिया आइपुगेका छन्। लाइबेरियास्थित एक सरकारी आयोगले शनिबार एएफपीलाई उक्त जानकारी दिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा र विवादास्पद आप्रवासन नीतिका कारण पछिल्लो चार महिनामा यस मुलुकमा आइपुग्ने यो पछिल्लो समूह हो। लाइबेरियाले हालै एक वर्षको अवधिमा १ हजार २ सय विदेशी नागरिकलाई आश्रय दिने घोषणा गरेको थियो।

लाइबेरियाको 'प्रत्यावर्तन, पुनर्स्थापना तथा पुनःएकीकरण आयोग' (एलआरआरआरसी) का एक प्रतिनिधिका अनुसार दुई महिलासहितको उक्त २५ सदस्यीय टोली शुक्रबार राति ९:३५ बजे (स्थानीय समयअनुसार) लाइबेरिया अवतरण गरेको हो। ती अधिकारीले समूहका अधिकांश व्यक्ति दक्षिण अमेरिकाबाट आएको बताए पनि विस्तृत विवरण भने दिएनन्।

अमेरिकाबाट देशनिकाला गरिएका व्यक्तिहरूलाई स्वीकार गर्न सहमत हुने अफ्रिकी राष्ट्रहरूको सूचीमा लाइबेरिया पनि थपिएको छ। यसअघि सियरा लियोन, इक्वेटोरियल गिनी, घाना, रुवान्डा, दक्षिण सुडान, क्यामरुन, इस्वाटिनी र प्रजातान्त्रिक गणतन्त्र कंगोले यस्ता आप्रवासी लिन सहमति जनाइसकेका छन्।

यस्ता सम्झौताहरूमा अमेरिकाको आर्थिक वा बन्दोबस्ती सहयोग समावेश रहेको बताइन्छ। यद्यपि, लाइबेरियाली सरकारले भने आप्रवासी स्थानान्तरणमा सहभागी हुन सहमति जनाएबापत कुनै क्षतिपूर्ति वा पुरस्कारको माग वा प्राप्त नगरेको दाबी गर्दै आएको छ।

तर, 'न्युयोर्क टाइम्स' का अनुसार आप्रवासी स्वीकार्ने लाइबेरियाको प्रतिबद्धताको बदलामा अमेरिकी विदेश मन्त्रालयको स्वीकृतिमा अमेरिकाले लाइबेरियालाई ५० लाख डलर भुक्तानी गरेको सरकारी कागजातहरूबाट खुलेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
अमेरिकामा २० महिनामा ६ हजार बढी भारतीय पक्राउ, २ हजार ३४९ जना देशनिकाला

अमेरिकामा २० महिनामा ६ हजार बढी भारतीय पक्राउ, २ हजार ३४९ जना देशनिकाला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी कारबाहीको असर भारतीय नागरिकमाथि परेको छ।

#अमेरिका #देशनिकाला
Compare →
Hamro Patro News
1d ago
अमेरिकामा नेपालीको एसाइलम आवेदन अस्वीकृत दर २६ वर्षयताकै उच्च

अमेरिकामा नेपालीको एसाइलम आवेदन अस्वीकृत दर २६ वर्षयताकै उच्च

अमेरिकामा नेपालीको एसाइलम आवेदन अस्वीकृत दर २६ वर्षयताकै उच्च सन् २००१ देखि २०२६ हालसम्मको तथ्यांकअनुसार २६ वर्षयता सबैभन्दा बढी एकै पटक ४ सय ५८ जना नेपालीको एसाइलम अस्वीकृत गरिएको छ । मंसिर ५, २...

#अमेरिका
Compare →
Onlinekhabar
1d ago
अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

४ मङ्सिर, तेहरान (रासस/एएनआई)। इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार …

#अमेरिका
Compare →
Bizshala
5d ago
अमेरिकाका प्रमुख बैंकमा किन आयो प्राविधिक समस्या ?

अमेरिकाका प्रमुख बैंकमा किन आयो प्राविधिक समस्या ?

काठमाडौं। अमेरिकाका प्रमुख बैंकहरूमा देखिएको प्राविधिक समस्याका कारण हजारौँ ग्राहकले बैंकिङ सेवा प्रयोग गर्न कठिनाइ...

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612