Trending
Prev Story
Next Story

बी लेभल ब्याडमिन्टन प्रतियोगिताको उपाधि जुम्लालाई, भेट्रान्सको कालीकोटलाई

Nagarik News •
November 22, 2026 • 07:30 AM
2
2 reads 0 reactions

कर्णाली प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत बी लेभल पुरुष डबल र भेट्रान्स पुरुष डबल विधाका खेल सम्पन्न भएका छन्।

बी लेभल ब्याडमिन्टन प्रतियोगिताको उपाधि जुम्लालाई, भेट्रान्सको कालीकोटलाई

कर्णाली प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत बी लेभल पुरुष डबल र भेट्रान्स पुरुष डबल विधाका खेल सम्पन्न भएका छन्।

कर्णाली प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत बी लेभल पुरुष डबलको उपाधि जुम्लाले जितेको छ भने भेट्रान्स पुरुष डबलको उपाधि कालीकोटले हात पारेको हो।

प्रतियोगिताको बी लेभल पुरुष डबलतर्फ जुम्लाका प्रकाश देवकोटा र शरद खड्काको जोडी प्रथम भएको छ।

प्रथम हुने जोडीले ४४ हजार ४४४ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै, कालीकोटका कालीप्रसाद चौलागाईं र विकास बमको जोडी द्वितीय भएको छ। उक्त जोडीले २२ हजार २२२ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

तृतीय स्थानमा कालीकोटका विनय पाण्डे र विनोद शाही तथा वीरेन्द्र शाही र भूपेन्द्र मल्लको जोडी संयुक्त रूपमा रहेका छन्। दुवै जोडीले जनही ५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

भेट्रान्स पुरुष डबलतर्फ कालीकोटका बजुरे खड्का र धिरेन्द्र शाहीको जोडी प्रथम भएको छ। प्रथम हुने जोडीले २२ हजार २२२ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

भेट्रान्सतर्फ सुर्खेतका दिलबहादुर गौतम र देवप्रसाद मुलेलको जोडी द्वितीय भएको छ। उक्त जोडीले ११ हजार १११ रुपैयाँसहित कप र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै, अक्कल शाही र हर्क बम तथा दीपक शाही र जङ्ग रावतको जोडीले संयुक्त रूपमा तृतीय स्थान हासिल गरेका छन्। दुवै जोडीले जनही ५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिता सञ्चालनका लागि नरहरिनाथ गाउँपालिका र महावै गाउँपालिकाले आर्थिक सहयोग गरेका थिए। प्रतियोगिताअन्तर्गत बी लेभल पुरुष डबलतर्फ १६ र भेट्रान्स पुरुष डबलतर्फ चार गरी कुल २० टोलीले सहभागिता जनाएका थिए।

समापन कार्यक्रममा नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानका लागि पालिकाले आवश्यक सहयोग र सहकार्य जारी राख्ने बताए।

स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्न गाउँपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो।

जिल्लामा ब्याडमिन्टन खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा प्रदेश स्तरमा खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला ब्याडमिन्टन संघ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिए।

प्रतियोगिताले कर्णाली प्रदेशमा ब्याडमिन्टन खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा जिल्लाबीच खेलकुद सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले खेलकुदले युवाको प्रतिभा पहिचान, अनुशासन र स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

उनले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्दै खेलाडीलाई प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्नुपर्नेमा  जोड दिइन्।

प्रकाशित: ६ मंसिर २०८३ १३:१५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5d ago
आईसीसीले सार्वजनिक गर्‍यो सन् २०३५ सम्मका प्रमुख प्रतियोगिताको तालिका

आईसीसीले सार्वजनिक गर्‍यो सन् २०३५ सम्मका प्रमुख प्रतियोगिताको तालिका

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०३५ सम्म आयोजना हुने प्रमुख पुरुष प्रतियोगिताहरूको समयतालिका र खेल्ने ढाँचा स्वीकृत गरेको छ । इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठक...

#पुरुष #प्रतियोगिताको
Compare →

Related Stories

Sports
Build #2612