Trending
Prev Story
Next Story

‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप-२०८३’ को उपाधि सोल्मालाई

Nagarik News •
November 22, 2026 • 01:46 AM
4
4 reads 0 reactions

शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले जितेको छ।

‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप-२०८३’ को उपाधि सोल्मालाई

शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले जितेको छ।

खार्मीस्थित शिखर स्पोर्टस क्लबको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सोल्माले उपाधि जितेको हो।

पहिलो संस्करणको उपाधि विजेता सोल्माले रु एक लाख ११ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष महेन्द्र राईले बताए।  उपविजेता बनेको खार्मीले रु ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल ट्राइब्रेकरमा  धकेलिएको थियो। प्रतियोगितामा सेमिफाइनलिस्ट बनेको केपिलासगढी गाउँपालिका–४ बाक्सिला र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माले जनही नगद रु २१ हजार १११ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका हेखाम राई उदीयमान खेलाडी, सोही ठाउँका नवीन पोखरेल उत्कृष्ट गोलरक्षक, खार्मीका सविन दाहाल उत्कृष्ट डिफेण्डर, सोल्माका विकास राई उत्कृष्ट मिडफिल्डर, सोल्माका प्रकाश राई उत्कृष्ट प्रशिक्षक, बाक्सिलाका सङ्गम राई सर्वाधिक गोलकर्ता र सोल्माका आशिष राई उत्कृष्ट खेलाडी चयन भएका छन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार ५५५ र अन्यलाई नगद रु तीन हजार ३३३ प्रदान गरिएको क्लबका अध्यक्ष राईले बताए।

त्यस्तै, प्रतियोगिता समापनका अवसरमा जिल्लामा क्रियाशील पत्रकार आत्मा राई ‘झमिनाक्क्षी’ लाई नगद रु पाँच हजार ५५५ राशिको ‘खेल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको आयोजकले जनाएको छ। विजेता वडा र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले पुरस्कार वितरण गरेका थिए।

यही मङ्सिर १ गतेदेखि सुरु भएको खुला अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ मा जिल्लाका विभिन्न स्थानीय तहका १० वडाले सहभागिता जनाएको थियो। नगरपालिकाको लगानीमा २०७५ सालमा निर्माण गरिएको खेलमैदानमा पहिलोपटक प्रतियोगिता आयोजना गरिएको हो।

नगरपालिकाको आर्थिक सहयोग तथा एक्सट्रिम इनर्जीले प्रायोजन गरेको प्रतियोगितामा करिब रु १५ लाख खर्च भएको क्लबका कोषाध्यक्ष विकाश राईले बताए। प्रतियोगिता सम्पन्न गर्न देश/विदेशमा रहेका शुभेच्छुकले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए।

प्रकाशित: ६ मंसिर २०८३ ०७:३१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
8h ago
प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

सुनसरी । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपा...

#उपाधि #क्लब #प्रथम
Compare →
Ekantipur
9h ago
ट्राइब्रेकरमा खार्मीलाई हराउँदै सोल्माले जित्यो फुटबल उपाधि

ट्राइब्रेकरमा खार्मीलाई हराउँदै सोल्माले जित्यो फुटबल उपाधि

शनिबार भएको फाइनलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सोल्माले उपाधि जितेको हो ।

#उपाधि #सोल्मा
Compare →
Bizshala
11h ago
मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी...

#उपाधि
Compare →
Arthasansar
12h ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#उपाधि
Compare →
Onlinekhabar
1d ago
कप्तानका रूपमा दीपेन्द्रको तेस्रो फ्रेन्चाइज उपाधि

कप्तानका रूपमा दीपेन्द्रको तेस्रो फ्रेन्चाइज उपाधि

५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेसँगै कप्तान दीपेन्द्रसिंह ऐरीको फ्रेन्चाइज क्रिकेट यात्रामा अर्को उपलब्धि थपिएको छ। सुदूरपश्चिमलाई पहिलो एनपीएल उपाधि दिलाएका दीपेन्द्रले कप्तानका रूपमा आफ्नो तेस्रो …

#उपाधि
Compare →

Related Stories

Sports
Build #2612