संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
जनकपुर — मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार प्रदेश प्रमुखको कार्यालयलमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सपथ खुवाएका हुन् । शनिबार यादवलाई उनले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्शपछि ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएका यादवले ३० दिनभित्र बहुमत साबित गर्न विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । जसपा नेपालका नेता यादव दोस्रो कार्यकालमा मधेश प्रदेशको पहिलो मुख्यमन्त्री भइसकेका छन् । उनी पहिलो कार्यकालमा मधेश प्रदेशका सभामुख थिए ।
अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।