Trending
Prev Story
Next Story

सडक किनारमा रोकिराखेको ट्रकमा क्रुजर ठोक्किँदा एकै परिवारका ९ जनाको मृ*त्यु

Nagarik News •
November 22, 2026 • 04:24 AM
3
3 reads 0 reactions

उनीहरू खाटूश्यामजीको दर्शन गरेर महाराष्ट्र फर्किंदै थिए। दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको पनि उनले जानकारी दिए।

सडक किनारमा रोकिराखेको ट्रकमा क्रुजर ठोक्किँदा एकै परिवारका ९ जनाको मृ*त्यु

भारतको राजस्थानस्थित कोटामा सडक किनारमा रोकिराखेको ट्रकमा तीर्थयात्री बोकेको एउटा क्रुजर गाडी ठोक्किँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही घाइते भएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार श्रद्धालु बोकेको गाडी ट्रकमा ठोक्किएर दुर्घटना भएको हो।

कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार शम्भुपुरानजिकै मध्यरातको समयमा १६ जना सवार गाडी ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा ९ जनाको ज्यान गएको हो।

उनका अनुसार दुर्घटनामा परेका सबै महाराष्ट्रका बासिन्दा हुन्। उनीहरू खाटूश्यामजीको दर्शन गरेर महाराष्ट्र फर्किंदै थिए। मृतक सबै एउटै परिवारका सदस्य रहेको बताइएको छ।

राजेश जोशीले घाइतेहरूलाई गुणस्तरीय उपचार उपलब्ध गराउनु अहिलेको प्राथमिकता रहेको बताए। दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको पनि उनले जानकारी दिए।

प्रकाशित: ६ मंसिर २०८३ १०:०९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

६ मंसिर, काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने …

#दुर्घटना #गाडी #एकै
Compare →
Ekantipur
2d ago
धादिङको रुवीभ्यालीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

धादिङको रुवीभ्यालीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

रुवीभ्याली गाउँपालिकाको बोराङमा राति साढे एक बजे भएको दुर्घटनामा घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

#दुर्घटना #गाडी #त्यु
Compare →
Hamro Patro News
2d ago
भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरकी २५ वर्षीया अनुसा ...

#दुर्घटना #जनाको #त्यु
Compare →
Bizshala
1d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#जनाको #त्यु
Compare →

Related Stories

World News
Build #2612